News

  • Home
  • News
  • प्रथम एनआरएन राष्ट्रिय कराते प्रतियोगिता

प्रथम एनआरएन राष्ट्रिय कराते प्रतियोगिता



प्रथम एनआरएन राष्ट्रिय कराते प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने भएको छ । कराते खेलको विकास, विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहभागिता वृद्धि गरी खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न र उदयमान कराँते खेलाडी उत्पादन गर्दै वर्तमान खेलाडीलाई प्रतियोगिताको माध्यमबाट आफ्नो क्षमता प्रदर्शनमा हौसला प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

 

सातदोबाटो स्थित कराते हलमा संचालन हुने यस दुई दिने प्रतियोगितामा पुरुष तर्फ ५० केजी, ५५ -केजी, ६० केजी, ६७ केजी., ७५ केजी. ८४ केजी र ८४ केजीभन्दा माथि तौल समुह, महिला तर्फ ४५ केजी, ५० केजी, ५३ केजी, ६१ केजी., ६८ केजी र ६८ केजीभन्दा माथि तौल समुह तौल समुह लगायत महिला तथा पुरुष एकल कांता, टिम कांता र टिम कुमुतेमा प्रतिष्पर्धा हुनेछ ।

 

नेपाल ईन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक र मेघा बैंक लगायतका निकायहरुको सहयोगमा आयोजना हुन लागेको यस प्रतियोगितामा बिभिन्न सात वटा प्रदेश, बिभागीय टिमहरु त्रिभुवन आर्मी क्लब, नेपाली प्रहरी, नेपाल एपिएफ र एनआरएनसहित ११ टिमका करिव ३ सय १० खेलाडीहरुले भाग लिने यस प्रतियोगितामा प्रत्येक वजन समुहमा प्रथम हुने खेलाडीलाई १५ द्वितीयलाई १० र तृतीय हुने २ जना खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कारको साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुका गरिनेछ । महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिनेछ ।

 

प्रतियोगिता सुचारु रुपले संचालन गर्न गठन गरिएको बिभिन्न कमिटीहरुमा मुल आयोजक कमिटीमा हिमाल गुरुङ्ग, रोशन थापा र राज रेग्मी, सचिवालयमा धर्मराज गिरी, व्यवस्थापनमा जीवन सेन, प्राबिधिक र प्रचार प्रसारमा स्वयम्भुराज डंगोल, प्रतियोगिता संयोजकमा रबी शाही, समारोह तथा खेल व्यवस्थापनमा राजन खत्री, सुरक्षामा प्रबिणकाजी श्रेष्ठ, खाना तथा बसोवासमा सुर्य गिरी, स्वास्थ्यमा राजेश श्रेष्ठ र आर्थिक संयोजकमा राजु सिंह रहेका छन् । प्रतियोगिताको अनुमानित बजेट रकम ४१ लाख रुपैयाँ रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

 

खेलकुद प्रतिष्ठान

गैरआवासीय नेपाली संघ ।

 

मितिः १७ अगष्ट २०२२