News

  • Home
  • News
  • प्रतिनिधि तथा प्रदेशसभाका नव–निर्वाचित सांसद्ज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना ।

प्रतिनिधि तथा प्रदेशसभाका नव–निर्वाचित सांसद्ज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना ।



नेपालको संविधानअनुसार हालै सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक प्रणालीतर्फ निर्वाचित सम्पूर्ण माननीय सांसद्ज्यूहरुलाई गैरआवासीय नेपाली संघ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

गैरआवासीय नेपाली संघले एक पटकको नेपाली सधैँको नेपाली भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै विश्वका ८५ वटा मुलुकहरुमा राष्ट्रिय समन्वय परिषद् गठन गरी आफ्नो सञ्जालमा विस्तार गरिसकेको छ ।  यस सञ्जालको माध्यमबाट संघले विश्वभरि फैलिएर रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँध्नुका साथैनेपालको सामाजिक र आर्थिक रुपान्तरणमा समेत जोड्न सफल भएको छ ।

विदेशमा बस्ने नेपाली भौतिक रुपमा मात्रै टाढा छन्तर भावानात्मक रुपमा मातृभूमि  प्रति सधै उदारजिम्मेवार र संवेदनशील छन् भन्ने शाश्वत सत्यलाई स्थापित गर्दै संघले नेपालको आर्थिकसामाजिक तथा सांस्कृतिक क्षेत्रमा आफ्नो उपस्थिति बढाउँदै आएको छ ।

नेपालमा महाभूकम्प आएको बेला होस् वा बाढीपहिरोको कहरले आक्रान्त नेपाली जनजनलाई मल्हम लगाउन अनि कोभिड१९ को महामारीको विषम् परिस्थितिमाझ विदेशमा रहेका नेपालीहरुले यथाशक्य सहयोग गर्दै आएको विदितै छ 

नेपाल सरकारको समन्वयसहकार्य तथा लगानीसहित नेपालभित्र करीब १० अर्ब बराबरको लगानी कोष भएको एन.आर.एन नेपाल डेभलपमेण्ट कम्पनी दर्ता गरी हाल आवश्यक कामहरु अगाडी बढीरहेको छ । वैदेशिक रोजगारी तथा आप्रवासनलाई सुरक्षितव्यवस्थित तथा मर्यादित बनाउनको लागि संघले नेपाल सरकारसँग समन्वय तथा सहकार्य गरिरहेको छ । हजारे अभियानको रुपमा स्थापित गरेको सामाजिक सुरक्षा कोषको अवधारणाकै विस्तृत योजनाका रुपमा भर्खरै मात्रै सरकारले ल्याएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि२०७९’ लाई संघले महत्वपूर्ण उपलब्धि ठानेको छ 

संघले स्थापनाकालदेखि नै उठाउदै आएको गैरआवासीय नेपाली नागरिकताको विषय संविधानले सम्बोधन गरिसकेको ज्ञात नै छ । संविधानको मुल मर्म अनुरुप नै सो व्यवस्था छिट्टै कार्यान्वयन हुनेमा संघ विश्वस्त छ । गैरआवासीय नेपालीलाई विदेशबाटै मताधिकारको व्यवस्थाका लागि संघले गरिरहेको पहलले सकारात्मक रुप लिएको छ । यस विषयमा पनि सरकारले सम्बोधन गर्ने संघको विश्वास छ । 

यसै सन्दर्भमाअब बन्ने सरकारप्रतिनिधि तथा प्रदेशसभाका सदस्य समेतले निम्न विषयमा सम्बोधन गर्न आवश्यक पहलकदमी  र सहयोगका लागि संघ अनुरोध गर्दछ ।

 

  • –गैरआवासीय नेपाली नागरिकता समेत समावेश नागरिकता विधेयकलाई मूर्तरुप दिन आवश्यक सहयोग गर्न । 
  •  
  • –गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरलसहज र अनुकूल वातावरण निर्माण गर्नुका साथै कानूनी बाधा अड्चनलाई संशोधन गर्न । 
  •  
  • –नेपालमा रोजगारी सिर्जनाउद्यमशिलता तथा पूर्वाधार विकास र नेपालीको जीवनस्तर उकास्न सहयोग हुने गरी समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीहरुको लगानी प्रोत्साहित गर्न ।
  •  
  • –एकातर्फ दैनिक रुपमा १५०० को दरले बैदेशिक रोजगारमा जाने युबाहरु अधिकांस अदक्ष्य कामदार हुने भएकोले उनीहरुको आम्दानी निम्न छ ।  अर्कोतर्फ  स्वदेसमा दक्ष्य कामदारको कमीले अधिकांस प्राबिधिक कामको लागि बिदेशी कामदारहरु भित्रीने गरेका छन् । यसैले नेपाली युबाहरुलाई सक्षम तथा दक्ष बनाउने कार्यक्रम तथा नीति सातै प्रदेशमा यथासक्दो छिटो शुरु गर्न।
  •  
  • –नेपाली धितो पत्र बोर्डले जारी गर्ने शेयरमा वैदेशिक रोजगारमा गएकाहरुलाई हाल १० प्रतिशत कोटा राखिएकोमा सो दायरा विस्तार गरि Work Permit नलिइ व्यापार गरिरहेका तथा NRN कार्ड लिएका र नेपालमा रेमिट्रयान्स खाता भएका सबैलाइ समेट्ने।  
  •  
  • –गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने थाईल्याण्डम्यानमारमलेसियाफिजी लगायतका देशहरुमा पुस्तौँदेखि बसोबास गरी आएका नेपाली मूलका सबैलाई सहज रुपमा नेपालसँग जोड्न तथा सामाजिकसाँस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली परिचय पत्र प्रदान गर्ने सम्बन्धी व्यवस्था ऐनमा संशोधन गर्न र  हालसम्म परिचपत्र लिएका नेपालीहरुलाई पनि गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्था गर्न । 
  •  
  • –गैरआवासीय नेपाली सम्बन्धी कानूलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संघले नेपाल कानुन आयोग संग विभिन्न चरणमा छलफल गरी दिएका सुझावहरुलाई संबोधन गरी कानून ल्याउनको लागि पहल गर्न । जसअनुसार कुनै पेशा, व्यवसाय, वा रोजगारी वा अध्ययनमा रहि कम्तिमा एक वर्षमा १८३ दिन लगातार विदेशी मुलुकमा बसोबास गरिरहेकोलाई नेपाली नागरिक सम्झनु पर्छ भनेर गैरआवासीय नेपाली सम्बन्धी ऐनको परिभाषामा समावेशका लागि पहल गर्न। 
  •  
  • –नेपाल सरकारको सहकार्यमा र गैरआवासीय नेपाली संघको आयोजनामा सम्पन्न भएको पहिलो र दोश्रो विश्व विज्ञ सम्मेलनका सुझावहरुलाई कार्यान्वयमा ल्याउन पहल गर्न ।
  •  
  • –दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुहरुलाई अध्ययनरोजगारीखेलकुद तथा अन्य माध्यमबाट नेपालसँग आबद्ध गराउनका लागि आवश्यक व्यवस्था र उनीहरुलाई नेपाली भाषाको ज्ञान दिन पाठ्य पुस्तकको प्रबन्धका साथै अन्य सिकाईका कार्यक्रमको व्यवस्था गर्न । 
  •  
  • –नेपालमा उत्पादित वस्तुको विश्व बजारमा निर्यात तथा बजारीकरणका लागि नीति र भौतिक पूर्वाधारको व्यवस्था गर्न । 
  •  
  • –वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको ज्ञानसीपपूँजीलाई स्थानीय तहमार्फत परिचालन तथा नीतिगत रुपमा सहयोग उपलब्ध गराउन ।
  •  
  • –विदेशमा रहेका नेपालीहरुलाई नेपालको पर्यटन प्रवर्धनमा सहभागी गराउने उद्देश्यले एनआरएन सप्ताह आयोजना गर्न ।
  •  
  • –विभिन्न विषयमा विज्ञता हासिल गरी विदेशमा कार्यरत विज्ञ  र सरकारका तीनै तहका प्रतिनिधिबीच समृद्ध मुलुक अभियानको लागि ज्ञान सीप आदानप्रदान कार्यक्रम आयोजना गर्न ।
  •  
  • –गैरआवासीय नेपाली लक्षित विप्रेषण तथा लगानीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउन तथा पुरस्कार र सम्मानको व्यवस्था गर्न ।
  •  
  • –गैरआवासीय नेपालीहरुलाई पर्यटन दूतमा नियुक्ति गरी नेपालको पर्यटन प्रवर्धनमा सहयोगको लागि प्रोत्साहन गर्न ।

 

नेपाल सरकारले हालसम्म गैरआवासीय नेपालीका मागलाई आफ्नो नीतितथा कार्यक्रम र बजेट समेतमा सम्बोधन गरेकोप्रति कृतज्ञता व्यक्त गर्दछ । यसका साथैनेपालको आर्थिकसामाजिकसांस्कृतिक लगायतका विविध क्षेत्रको समृद्धिकोलागि सरकार तथा सरोकारवालाहसँग हातेमालो गर्दै सहकार्यका लागि तत्पर र प्रतिबद्धता जनाउँदछ । 

अन्त्यमानेपाललाई सम्पूर्ण रुपमा समृद्ध बनाउन यहाँहरुको कार्यकाल फलदायी हुने विश्वासका साथ संघ पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ ।

रविना थापा                                                         डाबद्री के.सी.                                     कुल आचार्य

कार्यकारी अध्यक्ष                                               अध्यक्ष                                                  अध्यक्ष