News

  • Home
  • News
  • पोखरा महानगरपालिकालाई सुरक्षा सम्बन्धी स्वास्थ्य सामाग्री हस्तान्तरण

पोखरा महानगरपालिकालाई सुरक्षा सम्बन्धी स्वास्थ्य सामाग्री हस्तान्तरण



गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले पोखरा महानगरपालिकालाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  पोखरा महानगरपालिकामा आयोजित एक कार्यक्रमका बीच कार्यवाहक महानगर प्रमुख मान्जु कुमारी गुरूङलाई आईसीसी अध्यक्षद्वय डा. बद्री केसी र रबिना थापाले ७५ हजार थान माक्स संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो ।
 
हस्तान्तरण कार्यक्रममा आइसिसी उपाध्यक्ष भूषण घिमिरे, उपमहासचिव ओम गुरुङ, सचिव टिका गुरुङ, महिला सहकोषाध्यक्ष अमृता थापा (कञ्चन) र एनआरएनए हङकङ अध्यक्ष गोकर्ण ढकाललगायत एनआरएन अभियन्ताको सहभागिता थियो । यस्तै उक्त कार्यक्रम संघका नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाले सम्मान गरेको थियो ।
 
त्यस्तै, एनआरएनए हङकङले यसअघि पनि माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ र ३ पनि एक/एक थान अक्सीजन कन्सट्रेटर मेसिन र ६ हजार पिस माक्स गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरूङलाई हस्तान्तरण गरेको थियो । कोभिडको समयमा एनसिसी हङकङबाट नेपालमा ४ करोड बढीको सहयोग गरिएको थियो ।
 
१३ अप्रिल २०२२