News

  • Home
  • News
  • पोखरामा २० लाखको ब्लड कोल्ड रुम स्थापना गर्ने

पोखरामा २० लाखको ब्लड कोल्ड रुम स्थापना गर्ने



गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुमको स्थापना हुने भएको छ ।  नेपाल रेडक्रस सोसाइटी काश्की जिल्ला शाखा पोखराको निमार्णधीन भवनमा २० लाख रुपैयाँको खर्चेर सो रुम बनाउन लागेको हो ।

विरामीहरुका लागि संकलित ब्लडको ल्याव टेस्टपछि निश्चित समयसम्मको मानइनस् ४६ डिग्रीसम्मको कोल्ड रुममा अनिवार्य रुपमा राख्नुपर्ने भएकाले सो कोल्डस्टोरको आवश्यक रहेको नेपाल रेडक्रस सोसाइटी कास्कीले जनाएको छ ।

यसैबीच गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाको विषेश उपस्थितिमा एनआरएनए जापान र नेपाल रेडक्रस सोसाइटी काश्की जिल्ला शाखा पोखराबीच गतसाता एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै एनआरएनए कार्यकारी अध्यक्ष रविना थापाले गैरआवासीय नेपाली संघले ७ वटै प्रदेशमा ब्लड बस बैंकको स्थापना गर्न लागेको जानकारी दिनु भयो । उहाँले संघ रेडक्रस जस्ता अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी कास्कीले पोखरा, चितवन, काठमाडौंलगायत देशका बिभिन्न शहरमा आवश्यक परेको बेला विरामीको उपचारको लागि ब्लड उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटीका सचिव धर्मराज अधिकारीले जानकारी दिनु भयो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानका अध्यक्ष शिवप्रसाद पौडेल, आइसीसी सदस्य लक्ष्मण बानियाँ,  गैरआवासीय नेपाली अभियान्ता नारायण थापा लगायतको उपस्थिति थियो ।