News

  • Home
  • News
  • पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग भेट

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग भेट



मिति २३ अक्टोवरका दिन गैरआवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष कुमार पन्तको नेतृत्वमा संघका पदाधिकारीहरुले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासंग भेट गर्यो । सो अवसरमा देउवाले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो ।
संघका अध्यक्ष पन्तले संघको निर्वाचनको समयमा हुने गरेको राजनीतिक हस्तक्षेप प्रति संघ चिन्तीत रहेको र यस प्रकारको हस्तक्षेपबाट संघलाई मुक्त गरिदिन आग्रह गर्नु भयो । उहाँले पूर्व प्रधानमन्त्रीलाई संघले आह्वान गरेको दश अरब रुपियाँको लगानी सम्बन्धी परियोजनाको बारेमा अवगत गराउँदै संघले बैदेशिक रोजगारीमा रहेकाहरुको लागी स्थापना गरेको कोष सम्बन्धी जानकारी गराउनु भयो । उहाँले बिप्रेष्णका रुपमा प्राप्त हुने रकमको केहि अंश सो कोषमा जम्मा गर्न सके बैदेशिक रोजगारीमा गएकाहरुको धेरै रहात हुने सुझाव समेत पेश गर्नु भयो ।
भेटघाट कार्यक्रममा संघका उपध्यक्ष डा. बद्री केसी, अर्जुन कुमार श्रेष्ठ र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठका साथै कार्यसमतिका अन्य पदाधिकारीहरुको समेत सहभागीता थियो ।