News

  • Home
  • News
  • परराष्ट्र मन्त्रीसंग भेटघाटः

परराष्ट्र मन्त्रीसंग भेटघाटः



संघका उपाध्यक्ष कुमार पन्तको नेतृत्वको गैरआवासीय नेपाली संघको एक प्रतिनिधि मंडलले माननीय परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसंग भेट गर्‍यो । संघका पदाधिकारीहरुले मुख्यतया गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा भएका पहलहरु बारे जानकारी गराउनु भयो । यसका साथै बन्न लागेको गैरआवासीय नेपाली नागरिकताको प्रावधान र संविधानको भावना अनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन लगायत अन्य ऐनमा पनि संशोधन हुनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । साथै गैरआवासीय नेपालीहरुका विदेशी पत्नी वा पतिलाई नेपाल आउंदा रहनको लागि एक प्रकारको गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउनको लागि अनुरोध गरियो । यस प्रकारको सुविधाले गर्दा उनीहरुको नेपाल प्रतिको लगाव रहिरहने र नेपालमा लगानी भित्र्याउनका साथै उनीहरुको संलग्नता बढाउन पनि ठूलो सहयोग पुग्ने धारणा पदाधिकारीहरुले राख्नु भएको थियो ।

 

 

यसरी नै माननीय परराष्ट्र मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली नागरिकता विधेयक हाल राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको र चाडैनै संसदमा पेश भई लागु हुने जानकारी गराउनु भयो । उहाँले संघले दिएका सुझावहरु अति महत्वपूर्ण रहेको र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ यस बारेमा पनि छलफल भइरहहेको जानकारी दिनु भयो ।

यस भेटघाटमा संघका उपाध्यक्षहरु कुमार पन्त, कूल आचार्य, सपीला राजभण्डारी, महासचिव डा. बद्री केसी र संरक्षक रामप्रताप थापाको सहभागीता रहेको थियो ।

गैरआवासीय नेपाली संघ ।