News

  • Home
  • News
  • पत्रकार महासंघ कास्कीलाई एनआरएनएद्वारा १ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग

पत्रकार महासंघ कास्कीलाई एनआरएनएद्वारा १ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग



गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल पत्रकार महासंघ कास्कीलाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ।

एनआरएनएका अध्यक्ष रविना थापा, सचिव टीका गुरुङ र सहकोषाध्यक्ष अमृता थापाले महासंघ जिल्ला अध्यक्ष विमला भण्डारीलाई ९ हजार थान मास्क र ५० थान कोभिड किट्स गरी १ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेका हुन्।

सो अवसरमा एनआरएनएका नवनिर्वाचित पदाधिकारी तीनै जनालाई अध्यक्ष भण्डारीले बधाईसहित दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् । जहाँ रहे पनि नेपाल र नेपाली माटोप्रतिको घनिष्टता नघटाउन अध्यक्ष भण्डारीको आग्रह थियो।

एनआरएनए अध्यक्ष थापाले आगामी दिनमा पत्रकारसँग हातेमालो गर्दै अघि बढ्ने बताइन् । महिला पत्रकारको हकहितका लागि एनआरएनएले सक्दो प्रयास गर्ने उनको प्रतिबद्धता थियो । आफूहरु तीनै जना गण्डकी प्रदेशकै भएकाले प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि सक्दो पहल गर्ने उनले बताइन् । पत्रकार महासंघ कास्कीको भवनमा बन्ने पुस्तकालयका लागि सहयोगको पहल गर्ने उनले जनाइन्।