News

  • Home
  • News
  • नेपाल फेस्टिभल सिड्नी भब्यताका साथ सम्पन्न

नेपाल फेस्टिभल सिड्नी भब्यताका साथ सम्पन्न



अस्ट्रेलियाको ठुलो र प्रमुख ब्यापारिक शहर सिड्नीमा नेपाल फेस्टिभल सिड्नी हिजो २६ नोभेम्वरका दिन भब्यताका साथ सम्पन्न भएको छ । सन् २००६ देखि प्रत्येक २/२ बर्षमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभलको यो छैठौ संस्करण हो । नेपाल सरकारका माननिय परराष्ट्र मन्त्री प्रकाश शरण महतको प्रमुख अतित्थता, एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घले बिशेष अतिथि, उपाध्यक्ष कुमार पन्त, संरक्षक इन्द्रा बन, आइसिसि सदस्यहरु, क्षेत्रीय संयोजकहरु, केन्द्रिय सल्लाहकारको उपस्थितिमा सम्पन्न यस महोत्सबमा अस्ट्रेलियन सरकार र राजनीतिक पार्टीका उच्च तहका प्रतिनिधिहरुको उपस्थिति थियो । फेस्टिभलको उद्घाटन परराष्ट्रमन्त्रि महतले सबै अतिथिहरुको उपस्थितिमा पनाशमा बत्ति बालेर गर्नु भएको थियो ।

 

पर्यटकीय दृष्टिकोणले समेत अति महत्वपूर्ण मानिने सिड्नीको डार्लिङ हर्बरमा प्रभात फेरिबाट सुरु भएको कार्यक्रम तोम्बोलन पार्कमा पुगी नेपाल फेस्टिभलमा परिणत भएको थियो । अस्ट्रेलियन सिनेटर श्याम डयस्ट्रि, मल्टि कल्चर छायाँ मन्त्रि सोफी कोट्सिस, संसद डेभिड कोल्मायन लगायतका अस्ट्रेलियन सरकार र राजनीतिक पार्टीका प्रतिनिधिहरु, स्थानीय काउन्सिलका काउन्सिलरहरु उपस्थित उक्त कार्यक्रममा अस्ट्रेलियन अतिथिहरुले आजको यो सबैको उपस्थिति नेपाली काला संस्कृति झल्कने बिबिध प्रस्तुतिहरु र खान पिनले अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा अर्को एउटा महत्व पूर्ण आयाम थपेको र यो नै अस्ट्रेलियाको बहु संस्कृतिक समुदायको गहना भएको बताएका थिए।

 

 

 

एनआरएनएका केन्द्रिय अध्यक्ष शेष घलेले अस्ट्रेलियाको बहु संस्कृतिक समुदायमा नेपाल पुराएको योगदान महत्व पूर्ण रहेको बताउदै आजको हाम्रो यो उपस्थितिले नेपाल समुदाय पनि अस्ट्रेलियाको एउटा महत्व पूर्ण समुदाय रहेको संदेश सबैमा जाने बिश्वास व्यक्त गर्नु भयो । यसै गरी आफ्नो मातृभुमी प्रती पनि अझै बढी कर्तब्य निस्ठ हुनु पर्ने भन्दै भुम्कम्पीडितहरुको नियती २ बर्ष सम्म पनि उस्तै रहेकाले एनआरएन तदारुकताका साथ पुनर्निर्माण मा जुट्नु पर्ने बताउनु भयो । एनआरएनले प्रतिबधध्ता गरेको १००० घर निर्माणका लागी निर्माणको क्षेत्र मा अनुभव भएका गैरआवासीय नेपालीहरुलाई सहयोगको लागी अनुरोध समेत गर्नु भयो । आफुले भर्खेर लाप्राक को भ्रमण गरेको अनुभव सुनाउँदै पीडितहरुको मुहारमा खुशी ल्याउन एनआरएनले कुनै कसर बाँकी नराख्ने बताउनु भयो । नेपाल फेस्टिबलको प्रमुख आकर्षण बनेको नेपाल हाउस को अबलोकनको क्रममा उहाँले एनआरएनए वोमन फोरम नारी निकुन्ज अष्ट्रेलिया को काम को प्रशम्शा गर्दै आफ्ना कार्यहरुलाई निरन्तरता दिनको लागी निकुन्जलाई अझै सकृय हुन आग्रह गर्नु भएको थियो । प्रमुख अतिथि माननिय मन्त्रि महतले नेपालीहरु जहाँ रहे पनि देश सँग जसरि पनि कुनै न कुनै माध्यमबाट जोडी रहनु पर्ने बताउदै यहाँ सिकेको शिप, ज्ञान र अर्थलाई आफुलाई पायक पर्ने सुबिधा हुने किसिमले जुनसुकै माध्यमबाट भए पनि देशमा लगानी गर्न अनुरोध गर्नु भयो । मन्तब्यका क्रममा महतले देशले राजनीतिक उतार चढाव बट पार गरि बिकाश निर्माणमा अगाडी बढ्दै गरेकोले पनि विदेशमा बसेका नेपालीहरुको ठुलो योगदान रहने बताउनु भयो । एक पटकको नेपाली सधैको नेपाली भन्ने गैर आबासीय नेपालीहरुको चाहानालाई आफु आन्तरिम संबिधान देखि संबिधान मस्यौदा हुँदै हालको नेपालको संबिधानमा समेत समेट्न सफल भएको, यसमा आफु आबद्द पार्टी र सरकार सधै सकारात्मक रहेको बताउदै कानुन बनि सके पश्चात रहेका सबै अन्यौल समाप्त हुने बताउनु भयो ।

 

 

 

 

कार्यक्रमलाई अस्ट्रेलियन सिनेटर श्याम डयस्ट्रि, मल्टि कल्चर छायाँ मन्त्रि सोफी कोट्सिस लगायतका अस्ट्रेलियन सरकार र राजनीतिक पार्टीका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए भने अस्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदुत, महाबाणिज्य दुतहरु, उपाध्यक्ष कुमार पन्त, स्थानीय नेपाली समुदायका प्रतिनिधिहरु, एनआरएनए अस्ट्रेलियाका पदाधिकारीहरुले सम्बोधन गर्दै यति भब्य कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा प्रशन्नता ब्यक्त गरेका थिए । औपचारिक कार्यक्रमको समाप्ति पश्चात नेपलबाट आएको कन्दरा ब्याण्ड, गायिका अन्जु पन्त, गायक सुगम पोख्रेल, गायिका मन्जु पौडेल लगायतको बिशेष सांगेतिक प्रस्तुति सहित स्थानीय कलाकारहरुले उपस्थित हजारौको भिडलाई मनोरंजन दिएका थिए । नेपाली र अस्ट्रेलियन राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रम अतिशबाजी सहित समाप्त भएको थियो ।
धन्यवाद

 

रन्जु वाग्ले थापा
प्रबक्ता
अन्तर्राष्ट्रिय समन्वय परिषद्
गैरआवासीय नेपाली संघ ।