News

  • Home
  • News
  • नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत संग भेटघाटः

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत संग भेटघाटः



गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसंग भेटघाट गर्नु भयो । भेटमा युएसएका आइसिसि सदस्य प्रकाश सापकोटाको सहभागिता थियो ।सर्वप्रथम संघका उपाध्यक्ष राजभण्डारीले इटालीको रोममा आयोजना हुन गइरहेको १२औ युरोप क्षेत्रीय भेला र म्यानमारमा हुन लागिरहेको ७औं एशिया प्रशान्त बैठकका बारेमा जानकारी गराउनु भयो ।

गैरआवासीय नेपाली संघले नेपाल भ्रमण वर्षलाई थप सहयोग गर्नको लागि युरोप क्षेत्रीय बैठकको मूल विषयमा नेपाल प्रबर्द्धनलाई राखिएको बताउनु भयो । यसैमा आधारीत भएर विभिन्न शत्रहरुमा व्यापक छलफल हुने बारे अवगत गराउनु भयो । सोही अवसरमा उहाँले प्रमुख कार्यकारी अधिकृत जोशीलाई सो बैठकमा विशेष अतिथिका रुपमा सहभागीताका लागि निमन्त्रणा पत्र दिनु भयो । साथै उपाध्यक्ष राजभण्डारीले इटाली र युरोपका अन्य दुइ तीन मुलुकका स्थानीय समुदायलाई नेपाल भ्रमणको लागि आकर्षित गर्न त्यहाँ Road Show को आयोजनाका लागि अनुरोध गर्दै यस कार्यमा संघले सघाउने समेत जानकारी गराउनु भयो ।

उपाध्यक्ष राजभ्डारीले लाप्राक नमूना वस्तीका घरहरुको निर्माण सम्पन्न भइसकेको र केही कामहरु अन्तीम चरणमा रहेको जानकारी गराउँदै चाडैनै यसको हस्तान्तरण गरिने बताउनु भयो । उहाँले त्यहाँ निर्माण भएका ५७३ वटा घरहरुको एउटा कोठा Home Stay को लागि प्रयोग गर्न सकिने छ र यसका लागि त्यहाँका बासिन्दालाइ Capacity Building Training दिनको लागि आग्रह गर्नु भयो । साथै उहाँले उक्त ठाउँ पर्यटकीय क्षेत्रको हिसाबले ज्यादै महत्वपूर्ण रहेको र त्यसलाइ पर्यटकी गन्तब्य स्थलको रुपमा विकास गर्नको लागि अनुरोध गर्नु भयो । उहाँले संघको केवल घर मात्र हस्तान्तरण गर्ने उद्देश्य नभएर त्यहाका लाभग्राहीहरुलाइ शिपमूलक तालिम उपलब्ध गराएर उनीहरुलाइ आर्थिक रुपमा स्वालम्बी बनाउने हो । यसका लागि नेपाल पर्यटन बोर्ड संग सहयोगको लागि समेत अनुरोध गर्नु भयो । साथै उहाँले लाप्राक नमूना वस्तिको समुदघाटन कार्यक्रममा सहभागीताको लागि श्री जोशीलाइ हार्दिक आमन्त्रण गर्नु भयो । सो अवसरमा युएसएबाट प्रतिनिधित्व गर्नु हुने आइसिसि सदस्य प्रकाश सापकोटाले लाप्राक नमूना वस्तीमा भएका गतिविधिहरुलाइ नेपाल पर्यटन बोर्डले प्रकाशित गर्ने न्युजलेटर तथा वेभसाइटमा राखी सबै माझ जानकारी गराउनको लागि आग्रह गर्नु भयो ।

यसैगरी श्री जोशीले युरोप क्षेत्रीय बैठको निमन्त्रणा उपलब्ध गराएकोमा युरोप क्षेत्री बैठकका आयोजक समितिका साथै गैरआवासीय नेपाली संघ प्रति धन्यवाद प्रकट गर्नु भयो । यसरी नै उहाँले Visit Nepal 2020 को Launch इटालीमा हुने क्षेत्रीय बैठकमा गर्न सकिने जानकारी गराउँदै यस सम्बन्धमा सहयोग गर्न आग्रह गर्नु भयो । यसका साथै उहाँले लाप्रक नमूना वस्तिलाइ एक पर्यटकीय क्षेत्रको रुपमा सहयोग गर्नको लागि सक्दो सहयोग गर्ने बताउनु भयो । अन्त्यमा उहाँले गैरआवासीय नेपाली संघले नेपाल भ्रमण वर्षको लागि गरिरहेका कार्यको प्रशंसा गर्दै आगामी वर्षका लागि नेपाल सरकारले प्रस्तुत गर्न लागि रहेको बजेटमा नेपालको पर्यटन प्रबर्द्धनको लागि छुट्याईने रकमबाट केही रकम गैरआवासीय नेपाली संघलाइ उपलब्ध गराउनको लागि नेपाल पर्यटन बोर्डको बजेटमा समावेश गरिने समेत जानकारी गराउनु भयो ।

                                                                                                                                                                         गैरआवासीय नेपाली संघ