News

  • Home
  • News
  • नेपाल क्लिक २०१९ फोटो प्रतियोगिताबारे जानकारी

नेपाल क्लिक २०१९ फोटो प्रतियोगिताबारे जानकारी



गैरआवासीय नेपाली संघ नेपाल पर्यटन प्रवर्धन उपसमितिले नेपालको पर्यटन प्रवर्धनको लागि नेपाल सरकार तथा सरोकारवाला संघ संस्थाहरुसँग समन्वय तथा सहकार्य गर्दै आएको छ । नेपाल सरकारले घोषणा गरेको भिजिट २०२० को लक्ष्य पूरा गर्नका लागि समेत यस उपसमितिले सहकार्य गर्दै आएको सर्वविदितै छ । सोही क्रममा सन् २०१८ मा नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्दै ग्लोबल भिडियो प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको छ । उक्त प्रतियोगितामा उत्कृष्ट ३ उत्कृष्ट प्रतियोगिहरुलाई पुरस्कृत गरिएको थियो ।

सोही क्रमलाई निरन्तरता दिँदै पर्यटन प्रवर्धन उपसमितिले नेपाल सरकारले मनाउन गइरहेको नेपाल भ्रमण वर्ष २०२० मा थप टेवा पुर्याउनको लागि नेपाल क्लिक प्रतियोगिता आयोजना गर्न गइरहेको छ । यस प्रतियोगितामा नेपालको कला संस्कृति, भाषा, मौलिक भेष–भुषा पर्यटकीय स्थलहरु, स्थानीय तहमा प्रचलित परिकार, चाडपर्व लगायतका मौलिक विषयवस्तुमा आधारित रहेर फोटोहरु समावेश गर्नुपर्नेछ । यस प्रतियोगिताको मूल शिर्षक Life Time Experiences तय गरिएको छ । यस प्रतियोगिताको सुरुवात नेपाल पर्यटन बोर्डको २०औं वार्षिक उत्सवमा माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारीले विधिवत रुपमा गर्न भयो ।

यस प्रतियोगितामा पहिलो पुरस्कार नगद रु. ५० हजार, दोश्रो पुरस्कार नगद रु. ३० हजार र तेश्रो पुरस्कार नगद रु. २० हजार व्यवस्था गरिएको छ । यसका साथै गैरआवासीय नेपाली संघ र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा प्रकाशित गर्ने फोटो म्यागजिनमा समेत सो प्रतियोगिताका विजेताहरुको नाम सहित उनीहरुले खिचेका फोटो प्रकाशित गरिने छ ।
प्रतियोगितामा भाग लिने सहभागीहरुले नेपालको पर्यटन प्रवर्धन एवं मौलिकता झल्काउने किसिमका फोटोहरु तल उल्लेख गरिएको वेभ लिंकमा पठाउन हुनको लागि अनुरोध गरिन्छ ।

 

http://experiencenepal.welcomenepal.com/travel-memory/share-your-memory