News

  • Home
  • News
  • नेपालको पर्यटन प्रवद्र्धन गर्न एनआरएनएको ’नमस्ते क्याम्पेन’

नेपालको पर्यटन प्रवद्र्धन गर्न एनआरएनएको ’नमस्ते क्याम्पेन’



नेपाल भ्रमण वर्ष सन् २०२० लाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सघाउने भएको छ । यसका लागि संघले २०१९ लाई ‘टुरिजम प्रमोसन इयर’ का रूपमा मनाउने भएको हो । सरकारले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका मनाउने र २० लाख पर्यटक भित्र्याउने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।

नेपाल पर्यटन बोर्ड र एनआरएनद्वारा ८ अक्टोबर २०१८ आयोजित नेपालको पर्यटनका दीर्घकालीन रणनीति विकासमा एनआरएनएको भूमिका विषय अन्तरकृयामा बोल्दै संघका अध्यक्ष भवन भट्टले सन् २०१९ मा विश्वका ८० देशमा टुरिजम प्रमोसन कार्यक्रम गरिने बताउनुभयो ।उहा“ले भनुभयो, विश्वभर नेपाली छरिएर रहेका छन्, जहा“नेपाली बसोबास गरिरहेका छन् यहा“ संघको सञ्जालबाट सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउन संघ लागिपरेको छ । संघको सहकार्यमा र विश्वभर बसोबास गरिरहेको नेपालीबाट नेपाल भ्रमण वर्षलाई सहयोग गर्न अभियान नै चलाउने अध्यक्ष भट्टले बताउनुभयो ।

नेपालमा पर्यटक भित्र्याउनको लागि ‘अतिथि देवो भवः’ अभियानलाई निरन्तरता दि“दै आएको र नेपाल आउने पर्यटकलाई लक्षित गरी ‘नमस्ते क्याम्पियन’को समेत शुरुवात गरिएको उहा“ले जानकारी गराउनुभएको थियो । नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसारको लागि ‘तीन जना साथीलाई नेपाल पठाऊ’ अभियान समेत सञ्चालन गरिरहेको जानकारी दि“दै यस अभियानबाट नेपालको प्रचार प्रसारमा ठूलो टेवा पुग्ने अध्यक्ष भट्टले बताउनुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विगतमा पनि बोर्डले एनआरएनएस“ग सहकार्य गर्दै नेपालको पर्यटन प्रचार प्रसारमा महत्वपुर्ण भूमिका रहेको र आगामी दिनमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र विभिन्न देशमा रहेका नेपालीले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन विदेशमा रहेका पर्यटन क्षेत्रका संघसंस्थास“ग समन्वय गरी कार्यक्रम सञ्चालन गर्दै आएको एनआरएनएका उपाध्यक्ष सपिला राजभण्डारीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै एक्सपिरेन्स नेपाल अभियानका संयोजक दिपेशमान शाक्यले सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन एनआरएनएले विश्वभर प्रर्वद्धन कार्यक्रम गर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न आइसीसी र एनसीसीका प्रतिनिधीको उपस्थिती रहेको थियो ।