News

  • Home
  • News
  • नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन उच्चस्तरीय आयोजक समितिको माईनुट

नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन उच्चस्तरीय आयोजक समितिको माईनुट



नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन उच्चस्तरीय आयोजक समितिको माईनुट

आज मिति २०७६/ ०६/ १६ गते बिहिबारका दिन ११:३० बजे परराष्ट्र मन्त्रालयको सभाकक्षामा माननीय परराष्ट्र मन्त्री तथा नवौं गैरवासीय नेपाली विश्व सम्मेलन उच्चस्तरीय आयोजक समितिका अध्यक्ष माननीय प्रदीप कुमार ज्ञवालीज्युको अध्यक्षतामा यही असोज २८ देखि ३० ( अक्टोबर, १५-१७, २०१९ ) काठमाडौँमा आयोजना हुने गैरआवासीय विश्व सम्मेलन तयारीका सम्बन्धमा निम्न बमोजिमका सदस्यहरुको उपस्थितिमा बैठक बसी विभिन्न विषयमा छलफल भई निर्णय गरियो ।

उपस्थिति पद

१) माननीय परराष्ट्र मन्त्री श्री प्रदिप कुमार ज्ञवाली अध्यक्ष

२) माननीय उपाध्यक्ष राष्ट्रिय आयोजना आयोग श्री पुष्प राज कंडेल सदस्य

३) श्री शंकर प्रसाद बैरागी, परराष्ट्रपर सचिव सदस्य

४) श्री कृष्ण नेपाल, सह- सचिव, अर्थ मन्त्रालय प्रतिनिधि

५) श्री बिनोद के. सी., सचिव, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय सदस्य

६) श्री महाप्रसाद अधिकारी, प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड सदस्य

७) श्री चिन्तामणि शिवाकोटी, डेपुटी गभर्नरज्यू, नेपाल राष्ट्र बैंक सदस्य

८) श्री सुयश खनाल, नि. कार्यकरी निर्देशकज्यू, व्यपार निकासी प्रवर्द्धन केन्द्र सदस्य

९) श्री हिमाल न्यौपाने, निर्देशक, नेपाल उद्योग परिसंघ सदस्य

१०) श्री नरेश श्रेष्ठ, उपाध्यक्ष, चम्बर अफ कमर्स प्रतिनिधि

११) श्री कुमार खरेल, सह सचिव , परराष्ट्र मन्त्रालय सदस्य

१२) श्री रामचन्द्र ढकाल, सह-सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सदस्य

१३) डा. हेमन्त दवाडी, प्रमुख कार्यकारी अधिकृत, गैरआवासीय नेपाली संघ सदस्य सचिव

१४) श्री सपिला राजभण्डारी, उपाध्यक्ष, गैरआवासीय नेपाली संघ प्रतिनिधि

 

बैठकको शुरुमा उपस्थित सबै महानुभवको स्वागत गर्नुहुँदै परराष्ट्र मन्त्रालयका सह-सचिव श्री कुमार खरेलले उच्चस्तरीय आयोजक समितिको गठन बारे जानकारी गराउनु भयो र माननीय परराष्ट्र मन्त्रज्यूलाई वैठकको अध्यक्षता गरिदिन आग्रह गर्नु भयो ।

माननीय परराष्ट्र मन्त्रीज्यूले उपस्थिति सबैको स्वागत गर्नुहुदै गैरआवासीय नेपाली संघको पहलमा नै सम्मेलन हुँदै आएको र यस वर्षको सम्मेलनको मुख्य कार्य पनि संघबाट नै भईरहेको जानकारी दिनु भयो ।

अध्यक्षको अनुमतिबाट सदस्य सचिव डा. हेमन्त दवाडीले हालसम्म भएका तयारी र प्रस्तावित कार्यक्रम वारे प्रश्तुति गर्नु भएको थियो । तत्पश्चात वैठकका कार्यक्रमहरु व्यापक छलफल भएको थियो । छलफलको क्रममा परराष्ट्र सचिव कार्यक्रमलाई छरितो बनाउन र धेरै बुंदाहरु नराख्न आग्रह गर्नुभयो । साथै वहाले प्रत्येक छलफलमा गैरआवासीय संघ र नेपालको निजि संस्थाको प्रतिनिधि हुने व्यवस्था गर्न सुझाव दिनु भयो ।

प्रश्तुति पश्चात विभिन्न विषयमा छलफल भई निम्न निर्णय गरियो ।

१) गैरआवासीय नेपाली संघले प्रश्तुत गरेको लोगोमा परिमार्जन गरि स्वीकृत गर्ने ।

२) गैरआवासीय नेपाली संघले प्रश्तुत गरेको कार्यक्रमलाई वैठकमा सुझावहरु समावेश गरी इमेल मार्फत सबै समिति सदस्यहरुलाई उपलब्ध गराउने ।

३) उद्घाटन सत्रमा सम्माननीय राष्ट्रपतिज्यू र समापन सत्रमा सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिका लागि पहल गर्ने ।

४) उद्घाटन र समापन सत्रहरुमा नेपाल सरकार र संघ विच हुने सहमति वाहेक अन्य हालसाल कार्यक्रमहरु नराख्ने ।

५) कार्यक्रममा वक्ताहरु सक्के\सम्म सिमित गर्ने ।

६) आश्विन २५ गतेको दिन भोजको आयोजना नेपाल सरकार परराष्ट्र मन्त्रालयले गर्ने ।

७) सम्मेलनमलाई सफल पार्न आफ्नो तर्फबाट सबैले सहयोग गर्ने ।

वैठकको अन्त्यमा मा. परराष्ट्र मन्त्रीज्यूले सचिवालयलाई सम्मेलनको तयारी बढाउन निर्देशन दिनुहुदै वैठकमा आएका सुझावहरुलाई समेत समावेश गरि कार्यक्रम गर्न निर्देशन दिनुभयो । अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिनुहुदै उहाले सम्मेलन सफल पार्न सबैका सहयोगको आग्रह गर्नुभयो ।