News

  • Home
  • News
  • दोश्रो विज्ञ सम्मेलनको तयारीका बारेमा बिबिध कार्यक्रम

दोश्रो विज्ञ सम्मेलनको तयारीका बारेमा बिबिध कार्यक्रम



·      १७ जनवरी २०२० का दिन परराष्ट्र मन्त्रालयमा परराष्ट्र सचिवको अध्यक्षतामा दोश्रो विज्ञ सम्मेलनको पूर्व तयारी बारे बैठक सम्पन्न । यस बैठकमा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरु र गैरआवासीय नेपली संघका अध्यक्ष लगायतका अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
·         २१ जनवरी २०२० का दिन संघका पदाधिकारी लगायतका प्रतिनिधहरुले त्रिभुवन विश्वविद्यलय, विभिन्न शिक्षण संस्थानका विज्ञहरुसंग भेटघाट गरी दोश्रो विज्ञ सम्मेलन बारे जानकारी गराएको थियो ।
·         २२ जनवरी २०२० का दिन संघका पदाधिकारीहरु र काठमाडौं विश्व विद्यालयका विज्ञहरु वीच दोश्रो विज्ञ सम्मेलनको तयारी बारे छलफल भएको थियो । यस छलफल कार्यक्रममा संघका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
·           २२ जनवरी २०२० का दिन संघका पदाधिकारीहरु र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका विज्ञहरु वीच दोश्रो विज्ञ सम्मेलनको तयारी बारे छलफल भएको थियो ।
·         २३ जनवरी २०२० का दिन संघका पदाधिकारीहरु र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु वीच दोश्रो विज्ञ सम्मेलनको तयारी बारे छलफल भएको थियो । यस बैठकमा संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो । साथै गैरआवासीय नेपाली संघ र त्रिभुवन विश्वविद्यालयका पूर्व विज्ञहरु वीच दोश्रो विज्ञ सम्मेलन बारे छलफल । यस बैठकमा संघका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो ।