News

  • Home
  • News
  • त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई अर्थोपेडिक ईमप्लान्ट हस्तान्तरण

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई अर्थोपेडिक ईमप्लान्ट हस्तान्तरण



राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोगार्थ प्रदान गरेको करीव यूएसडी एक लाख वरावरको अर्थोपेडिक ईमप्लान्ट आज संघका अध्यक्षले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. मेघलाल श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो । सो अवसरमा अध्यक्ष घलेले भूकम्प पिडितहरुका लागि गैरआवसीय नेपालीहरुले स्वस्फूर्त सहयोग गरेका र विभिन्न देशहरुमा स्वयमसेवकहरु परिचालन गरी राहातको लागि नगद तथा जिन्सी समानहरु संकलन गर्ने प्रसंशनिय कार्य गरेको जानकारी गराउँदै धेरै गैरआवासीय नेपालीहरु नेपाल आई स्वयमसेवकका रुपमा घटना स्थल पुगी राहात वितरण गर्नुका साथै स्वास्थ शिविरहरु संचालन गरेको वताउनु भयो ।
उहाँले संघले प्रदान गरेका समाग्रीहरु यस अस्पताल मार्फत विपन्न वर्गको उपचारमा उपयोग हुने विश्वस व्यक्त गर्दै संघ तथा गैरआवासीय नेपालीहरुका तर्फबाट यस अस्पताललाई पहिलो सहयोग मात्र नभई थप सहयोगका लागि मार्ग प्रशस्त गरेको समेत औंलाउनु भयो ।

 

यस हस्तान्तरण समारोहमा यस सहयोगको लागि अहम भूमिका निभाउन हुने अष्ट्रेलियाका एन आर एन डा. कुश श्रेष्ठले यस उपकरणहरुका लागि आर्थिक सहयोग पुराएकोमा राष्ट्रिय समन्वय परिषद अष्ट्रेलिया प्रति कृतज्ञता प्रकट गर्दै सौलियत दरमा उपकरणहरु प्रदान गर्ने अष्टोफिक्स कम्पनीलाई समेत धन्यवाद व्यक्त गर्नु भयो ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. विनयलाल श्रेष्ठले यस अमूल्य सहयोगका लागि गैरआवासीय नेपाली संघ तथा यस सहयोग कार्यक्रम संग जोडिएका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद दिनु भयो । उहाँले शिक्षण अस्पताल विपन्न वर्गको सेवार्थ खटिएकोले यस सहयोगको फाईदा विपन्न वर्ग सम्म पुग्न कुराको दुविधामा नरहन संघ तथा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई जानकारी गराउन चहान्छु भन्नु भयो । भविष्यमा पनि यस अस्पताललाई संघ तथा गैरआवासीय नेपालीहरुको निरन्तर सहयोग हुनेमा आफू आशावादि रहेको जानकारी समेत गराउनु भयो ।
गैरआवसीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।
मिति: ७ जुन, २०१५ ।