News

  • Home
  • News
  • टर्कीका भूकम्पपीडितलाई एनआरएनएकाे सहयाेग

टर्कीका भूकम्पपीडितलाई एनआरएनएकाे सहयाेग



टर्कीमा गएको विनासकारी भूकम्पका पीडितका लागि एनसीसी टर्कीले गरिरहेको सामाजिक कार्यमा ऐक्यबद्धता र समर्थन जनाउँदै गैरआवासीय नेपाली संघले ५ हजार डलर आर्थिक सहयोग गरेको छ । यसअघि संघको आइसीसी बैठकले टर्कीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । संघले १२ मार्च, २०२३, आइतबार एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङलाई सो रकम हस्तान्तरण गरेको हो । ]यसैबीच ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर १२ मार्च, २०२३, आइतबारमा आयोजित कार्यक्रममा ४ हजार १ सय १९ डलर १९ सेन्ट आर्थिक सहयोग हस्तान्तर गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको महिला विभागद्धारा आयोजित कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरिएको हो । एनआरएनए टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङलाई उपसभामुख इन्दिरा रानामार्फत सो रकम हस्तान्तरण गरिएको हो । आर्थिक संकलनको लागि एनआरएनए मिडिया समितिकी सहसंयोजक बाबा राजेश्वरी थापाले विशेष पहलकदमी लिनुभएको थियो ।