News

  • Home
  • News
  • जापानमा नेपाल फेस्टिवल २०१७ भव्य रुपमा सम्पन्न

जापानमा नेपाल फेस्टिवल २०१७ भव्य रुपमा सम्पन्न



गैरआवासीय नेपाली संघ जापानको आयोजनामा नेपाली राजदुतावास टोकियो ,पररास्ट्र मन्त्रालय जापानको बिशेष सहयोगमा साथै जापान स्थित संघ संस्थाहरुको सह-आयोजनामा यहि २०१७ अगस्त २६ र २७ तारिख टोकियोको उएनो पार्कमा आयोजना भएको नेपाल फेस्टिवल २०१७ भव्य, सभ्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ । उक्त गरिमामय फेस्टिवल एनआरएनए जापानका तदर्थ समिति अध्यक्ष सुदन थापाको सभापतित्तो रहेको कार्यक्रममा प्रमुख अतिथिमा जापानका लागि नेपाली महामहिम राजदूत प्रतिभा राणा ज्यू   बिशेष अतिथि गैरआवासीय नेपाली संघ आईसिसि उपाध्यक्ष भवन भट्टज्यू , संसद सदस्य उएदा रीएकोज्यू, परराष्ट्र मन्त्रालय जापानका प्रमुख, गैरआवासीय नेपाली संघ आईसिसि एशिया प्यासिफिक संयोजक किरण बिक्रम थापा ज्यू, अतिथिहरु उपसंयोजक गोबिन्द श्रेष्ठ आईसिसि सदस्यहरु ओम गुरुङ, भुषण घिमिरे,पारसमणि पोख्रेल, कपिल देव थापा, तुलसी राम खरेल, विभिन्न राजनितिक दलका भातृ संगठनका प्रमुखहरु,पत्रकारहरु, बिभिन्न संघ संस्थाका प्रमुखहरु को उपस्थिति रहेको थियो ।

 २ दिन सम्म संचालन भएको नेपाल फेस्टिवलमा २० वोटा नेपाली खानाको स्टल र २६ वोटा कर्पोरेट स्टल रहेको थियो जसमा नेपाली भाषाको स्टल, नेपाल प्रमोसन, स्वास्थ्य परामर्श लगायतका स्टल समेत रहेको फेस्टिवलमा ३ लाख भन्दा बढी अबलोकन कर्ताहरुले अबलोकन गरेका छन्  । 

अथिति देबो भब : को नारा राखेर आयोजना गरिएको नेपाल फेस्टिवलमा संस्कृतिक झाकी हरु ,टिपिकल नेपाली गोल घर जापानी बीच बिशेष आकर्षणका केन्द्र बिन्दु बनेका थिए l यस्ता किसिमका कार्यक्रमले अझ नेपालमा पर्यटन प्रबर्धन गर्न बिशेष भूमिका खेल्ने छ भन्ने बिश्वाश लिएका छौ l 

 

एनसिसि जापान ।