News

  • Home
  • News
  • गैरआवासीय संघ र शिक्षा मन्त्रालयबीच शिक्षा क्षेत्रमा सहकार्य गर्ने सहमति

गैरआवासीय संघ र शिक्षा मन्त्रालयबीच शिक्षा क्षेत्रमा सहकार्य गर्ने सहमति



नेपालको शिक्षा क्षेत्रमा गैरआवासीय नेपालीहरुको संलग्नता अभिवृद्धिका लागि शिक्षा मन्त्रालय र गैरआवासीय नेपाली संघबीच बुधबार (२०७५ पौष, २५ ) सहमती भएको छ । सिंहदरबार स्थित मन्त्रालयमा माननीय शिक्षा मन्त्री श्री गिरिराजमणि पोखरेलज्यूको रोहवरमा  आयोजित एक कार्यक्रमका बीच संघका अध्यक्ष भवन भट्ट र मन्त्रालयका तर्फबाट सचिव खगराज बरालले ६ बुदे सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सहमतिपत्रमा मन्त्रालयले सहयोग आवश्यक भएको विद्यार्थी संख्या र ति विद्यार्थी रहेका स्थान र स्थानीय निकायको विवरण गैरआवासीय नेपाली संघलाई उपलब्ध गराउने र सो विवरणका आधारमा संघले सहयोग परिचालन गर्ने, मन्त्रालयले तयार पारेको संयन्त्रमार्फत सहयोग उपलब्ध गराउने, आवश्यकता अनुसार आपसी समझादारीमा कार्यक्रमको पुनरावलोकन एवं सहयोग परिचालन परिमार्जन गर्ने  उल्लेख छ

 

 

यसैगरी नेपाल सरकारको साक्षर नेपाल वर्ष, (२०७६) अभियान सञ्चालनका लागि संघले आवश्यक सहयोग र सहकार्य गर्न सक्ने , नेपालको ज्ञान, सीप, अनुभवको उपभोग गर्ने सम्बन्धमा संघले गरेका पहलको जानकारी मन्त्रालयलाई उपलब्ध गराउने र सहभागिता सुनिश्चित गर्ने र संयुक्त रुपमा कार्यक्रमहरु आयोजना गर्ने र आफूले आयोजना गरेको कार्यक्रममा सम्बन्धित अर्को पक्षलाई सहभागी गराउने सहमति भएको छ ।

गैरआवासीय नेपाली संघ

९ जनवरी २०१९ ।