News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ वेल्जियमद्वारा सहयोग हस्तान्तरण

गैरआवासीय नेपाली संघ वेल्जियमद्वारा सहयोग हस्तान्तरण



गैरआवासीय नेपाली संघ वेल्जियमद्वारा सहयोग हस्तान्तरण

आज सन् १३ नोभेम्वर २०१७ का दिन गैरआवासीय नेपाली संघ वेल्जियम (२०१५-०१७) कार्यकालले संकलन गरेको रु. ४ लाख रकम गैरआवासीय नेपाली संघ वेल्जियमका निवर्तामान अध्यक्ष गंगाधर गौंतमले सुर्खेत गुर्वाकोट नगरपालिका १३ का दिपा रानालाई कृत्रीम खुट्टा खरिदको लागि सहयोग स्वरुप हस्तान्तरण गर्नु भयो ।  यसै कार्यक्रम वीच जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले आफ्नो संस्थाको तर्फबाट रु. ५० हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

रानाले तीन महिनाको उमेरमा नै २ वटै खुट्टा गुमाउनु भएको र कृत्रीम खुट्टा हाल्नको लागि करीव ६ लाख ७४ हजार पर्ने बताउनु भयो । सहयोग उपलब्ध गराउनु भएकोमा उहाँले गैरआवासीय नेपाली संघ वेल्जियम प्रति आभार प्रकट गर्नु भयो ।

साना विकास बैंकका मुख्य प्रबन्धक झलेन्द्र भट्टराई र अर्थोपेड डा. ज्ञानेन्द्र श्रेष्ठले रानाको व्यक्तित्व बारे प्रकाश पार्नु भएको थियो । त्यसरी नै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष सपीला राजभण्डारी, महासचिव डा. बद्री के.सी, सचिव जानकी गुरुङ्ग, महिला संयोजक रजनी प्रधान, संघका पूर्व सल्लाहकार युवराज गुरुङ्गले पनि संघले गरेका परोपकारी सहयोग बारे मन्तव्य व्यक्त गर्नु भयो ।कार्यक्रमको संचालन साना कृषि विकास बैंकका प्रबन्धक कृष्णा शर्माले गर्नु भएको थियो । यस कार्यक्रममा गैरआवासीय नेपाल संघ बेल्जियमका प्रथम उपाध्यक्ष गोविन्द सिंह अधिकारीको पनि उपस्थिति रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय ।