News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ र सुरक्षित आप्रवासनका लागी राष्ट्रिय सञ्जालका प्रतिनिधि वीच छलफल

गैरआवासीय नेपाली संघ र सुरक्षित आप्रवासनका लागी राष्ट्रिय सञ्जालका प्रतिनिधि वीच छलफल



२१ अक्टोवर २०२२

आज गैरआवासीय नेपाली संघको कार्यालयमा सुरक्षित आप्रवासनका लागी राष्ट्रिय सञ्जालका प्रतिनिधि वीच एक छलफल कार्यक्रम आयोजना भयो । यस कार्यक्रममा सञ्जालका प्रतिनिधिहरु चिरञ्जिवि बराल, कृष्ण प्रसाद न्यौपाने, अशोक राणा, अरुण श्रेष्ठ र संघको तर्फबाट अध्यक्ष डा बद्री केसी, प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारी र अधिकृत कुनाल मिश्राको उहभागीता रहेको थियो ।

संजालका प्रतिनिधिहरुले संजालले गरेका गतिविधिहरु बारे जानकारी गराएका थिए । यसरी नै संघका अध्यक्ष डा बद्री केसीले संघले वैदेशिक रोजगारमा भएका र भईरहेका गतिविधिहरु बारे जानकारी गराउनु भएको थियो । संघका पदाधिकारी र सदस्यहरुको संस्थागत क्षमता अभिबृद्धि गर्ने आवश्यक्ता बमोजिम आइएलओको आर्थिक सहयोगमा सुरक्षित आप्रवासनका लागि राष्ट्रिय संजलाको संयोजनमा क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गर्ने बारे छलफल भयो । साथै कार्यक्रममा दिर्घकालीन साझेदारीको रुपमा कार्य अघि बढाउन संघ र संजाल वीच एक सम्झौता गरी कार्य अघि बढाउन सकिने कुरा जानकारी गराईयो ।

तालिम कार्यक्रम अन्तर्गत विभन्न शिर्षकका २५ वटा सत्रहरु आगामी जनवरी देखी सुरु गर्ने र श्रोत व्यक्तिहरु उत्पादन गरी सुरक्षित, मर्यादित वैदेशिक रोजगार तथा आप्रवासन सम्बन्धी ज्ञान सीप र धारणाहरु अभिबृद्धि गर्ने लक्ष्य समेत राखियो ।