News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ र नेपाल उद्योग वाणिज्य महासंघ बीच भेटवार्ता

गैरआवासीय नेपाली संघ र नेपाल उद्योग वाणिज्य महासंघ बीच भेटवार्ता



२७ नोभेम्बर २०१९ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा वीच भेटवार्ता भयो । मुख्यतया तल उल्लेखित निम्न विषयहरुमा छलफल भएको थियो ।

 

  • मुलुकको लागि आवश्यक जनशक्ति विकासमा आपसी सहकार्य गर्ने,
  • प्रादेशिक तहमा संयुक्त रूपमा लगानी सम्मेलन गर्न पहल गर्ने,
  • महासंघको मुलुक भित्र रहेको संजाल र गैरआवासीय नेपाली संघको विदेशमा रहेको संजालको भरपुर उपयोग गर्दै स्वदेशभित्र बाह्य लगानी, प्रविधि, शीपको आकर्षण मार्फत उद्योग व्यवसायको विकासमा सहकार्य गर्ने ।

संघका अध्यक्ष कुमार पन्तले गैरआवासीय नेपाली संघले अगाडी बढाएको १० अर्वको म्यूचियल फण्डलाई संघ,  नेपाल सरकार र  महासंघ समेतको सहकार्यमा अगाडी बढाउनुपर्नेमा जोड दिनु भयो ।

यसरी नै अध्यक्ष पन्तले  आगामी सन् २०२० को अक्टोवरमा आयोजना गरिने विश्व ज्ञान सम्मेलन  (Global Knowledge Conference)     बारे जानकारी गराउनु भएको थियो । अहिलेसम्म गैरआवासीय नेपालीहरूबाट पूँजी आकर्षणका विषयमा मात्र जोड दिइदै आएको तर मुलुकका लागि यतिखेर पूंजीका अलावा विदेशमा बसेका नेपालीहरूले सिकेको ज्ञान र शीप समेत आवश्क भएकाले ज्ञान र शीप आकर्षण गर्ने खालका कार्यक्रम विकास गर्न सबै सरोकारवालाहरु संग सहकार्य र समन्वय गर्ने बारे बताउनु भयो ।

यसका साथै उहाँले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, सुरक्षित र व्यवस्थित गर्नका लागि संघले गरेका गतिविधिहरुका साथै अन्य सरोकारका विषयमा जानकारी गराउनु भएको थियो ।

यसरी नै उहाँले गैरआवासीय नेपाली संघको अभियानमा महासंघले गरेको सहयोग प्रति धन्यवाद प्रकट गर्दै यस सम्बन्धी सहयोग र सहकार्यको निरन्तरता भविष्यमा पनि रहिरहने विश्वास दिलाउनु भयो ।

यसरी नै महासंघका अध्यक्ष भवानी राणाले नेपाल आर्थिक विकास र अन्य सरोकारका विषयमा  महासंघको सदैव सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै उहाँले नवनिर्वाचित अध्यक्ष पन्तलाई सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो ।

यस भेट वार्तामा संघ र महासंघका अध्यक्ष लगायत महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, संघका प्रवक्ता डिबि क्षेत्री, अर्थिविद अनल भट्टराई, एशिया क्षेत्रका पूर्व क्षेत्रीय महिला उपसंयोजक जुनु गुरुङ, महासंघका महानिर्देशक र गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारि अधिकृत लगायत अन्य प्रतिनिधिहरुको सहभागिता थियो ।

 

सचिवालय

गैरआवासीय नेपाली संघ ।