News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ र टिबिआई ग्रुप (BB Holdings) वीच पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे सहमति पत्रमा हस्ताक्षरः

गैरआवासीय नेपाली संघ र टिबिआई ग्रुप (BB Holdings) वीच पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे सहमति पत्रमा हस्ताक्षरः



आज एक समारोह वीच गैरआवासीय नेपाली संघ र टिबिआइ ग्रुप (BB Holdings) को ३ वटा प्रतिष्ठानहरु बिबि होलीडेज प्राली, धुलीखेल माउण्टेन रिसोर्ट तथा टिबिआई पब्लिकेशन वीच गैरआवासीय नेपाली संघले जारी गरेको परिचय पत्र भएका सदस्यहरुलाई सुविधा दिने सम्बन्धमा वेग्ला वेग्लै सहमती पत्रमा हस्ताक्षर भएको छ ।

 

गैरआवासीय नेपाली संघ एवं टिबिआइ ग्रुपका अध्यक्ष भवन भट्ट एवं गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार टिबिआइ ग्रुपका ३ वटा प्रतिष्ठानहरुले गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई विशेष छुट दिने भएका छन् । अब उपरान्त गैरआवासीय नेपाली संघले प्रदान गरेको परिचय पत्र भएका व्यक्तिहरुले धुलिखेल माउण्टेन रिजोर्टको कोठामा २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत, टिबिआइ पब्लिकेशनको प्रकाशनको विज्ञापनमा ३० प्रतिशत र ग्राहक बन्दा २० प्रतिशत छुट पाउने भएका छन् । साथै BB Holidays ले त्यस्तो परिचय पत्र बाहकहरुलाई विशेष सहुलियती सेवा दिने भएको छ । गैरआवासीय नेपाली संघले पंजिकृत सदस्यहरुको लागि Readable Quick Response (QR) Code सहितका कार्ड वितरण गरिरहेको छ ।

 

सहमतिपत्र हस्ताक्षर समारोहमा बोल्नु हुँदै संघका अध्यक्ष भवन भट्टले संघ र टिबिआइ ग्रुप वीचको सहमतिबाट दुवै संस्था उद्देश्य प्राप्तिमा सहयोग मिल्ने धारणा राख्नु भयो । उहाँले आफू अध्यक्ष रहेको दुवै संस्थाहरु वीच औपचारिक सहकार्य सुरु भएकोमा खुशी व्यक्त गर्नु भयो ।  उहाँले भविष्यमा यी बाहेक संचालनमा आउने BB Holdings का कम्पनिहरुबाट पनि यस्तै प्रकारको सहुलियत तथा सेवाहरु उपलब्ध गराइने जानकारी गराउनु भयो ।
समारोहमा बोल्नु हुँदै संघकी उपाध्यक्ष सपिला राजभण्डारीले संघले पंजिकृत सदस्यहरुलाई QR Code सहितको परिचय पत्र उपलब्ध गराउन थालेको र ति परिचयपत्र बाहकहरुले नेपाल र विदेशमा कार्यरत विभन्न फर्म तथा कम्पनीका वस्तु र सेवामा सहुलियत प्राप्त गर्दा संघको सदस्यता अभियानलाई समेत सहयोग पुग्ने कुरा बताउनु भयो । उहाँले सदस्यहरुलाई सुविधा प्रदान गर्ने अभियानको सोच पहिले देखी नै भएको तर विविधकारणले गर्दा त्यसताका सुरुवात गर्न नसकेको तर यस कार्यकालमा एक उपसमिति बनाइ अभियानलाई तिव्रता दिएको बताउनु भयो । उहाँले हाल सम्म ७८ वटा मुलुकमा संघको संजाल स्थापित भइसकेको र हाल ७० हजार पंजिकृत सदस्यहरु रहेको बताउनु भयो । उहाँले सबै पंजिकृत सदस्यहरुको लागि ग्लोबल परिपत्र उपलब्ध गराउने कार्य भईरहेको र कतिपय एनसिसिहरुका पंजिकृत सदस्यहरुले ग्लोबल परिपत्र प्राप्त गरिसकेका र अन्य एनसिसिहरुको परिचय पत्र तयारीका क्रममा रहेको जानकारी दिंदै यस कार्यबाट भविष्यमा पंजिकृत सदस्यहरुको संख्यामा उल्लेखनिय बृद्धि हुने विश्वास प्रकट गर्नु भयो ।
सहमति पत्रमा संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र टिबिआइ ग्रुप (BB Holdings) का तर्फबाट प्रबन्ध निर्देशक  शिशिर भट्टले हस्ताक्षर गर्नु भएको थियो । सहमति पत्र हस्ताक्षर भएपछि उहाँहरुले आज भएको यस सहमतीबाट दुवै संस्था वीचको सम्बन्ध विस्तार भएको र यसले गैरआवासीय नेपाली अभियानमा थप योगदान पुग्ने विचार प्रकट गर्दै खुशी व्यक्त गर्नु भएको थियो ।
समारोहमा काठमाडौंमा रहनु भएका गैरआवासीय नेपालीहरु तथा टिबिआइ ग्रुपका प्रतिनिधिहरुको एवं पत्रकारहरुको उपस्थिति थियो ।
गैरआवासीय नेपाली संघ ।
१८ मई २०१८ शुक्रवार ।