News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ र जानकी मन्दिर छुट गुठी वीच समझदारी पत्रमा हस्ताक्षर

गैरआवासीय नेपाली संघ र जानकी मन्दिर छुट गुठी वीच समझदारी पत्रमा हस्ताक्षर



९ जुलाई २०१८ का दिन जानकी मन्दिरको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्वलाई ह्दयंगम गरी मन्दिरलाई आधुनिक विद्युतिय प्रकाश मार्फत प्रज्ज्वलित गर्ने र यसबाट मन्दिर परिसरको शोभा र आकर्षण बढाउने उद्देश्यले गैरआवासीय नेपाली संघ र जानकी मन्दिर गुठी वीच विद्युतिय प्रकाश मार्फत मन्दिर परिसरको प्रज्ज्वलन गर्ने सम्बन्धमा एक समझदारी पत्रमा हस्क्षर भएको छ ।

 

प्रदेश नम्वर २ का मुख्य मन्त्री माननीय लालबाबु राउत, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतको समुपस्थितिमा एक समारोह वीच उक्त समझदारी पत्रमा संघको तर्फबाट अध्यक्ष भवन भट्ट र जानकी मन्दीर छुट गुठीको तर्फबाट गुठी प्रमुख रामतपेश्वर दासले हस्ताक्षर गर्नु भएको थियो ।

 

 

कार्यक्रममा प्रदेश नम्वर २ का मुख्य मन्त्री लालबाबु राउतले जानकी मन्दिर देशकै ऐतिहासिक सांस्कृतिक र धार्मिक धरोहरका रुपमा रहेको र यसको सौन्दर्यीकरण गर्नको लागि गैरआवासीय नेपाली संघले सहयोग गरेकोमा संघ प्रति हार्दिक आभार प्रकट गर्दै यस प्रदेश नम्वर २ सरकारले मन्दिरको सरसफाइका साथै जनकपुरलाई एक धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्न  सक्दो सहयोग गर्ने बताउनु भयो ।

 

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले जानकी मन्दीरलाई सजाउने अभिप्रायले गरिएको सम्झौताले जनकपुरधाम अझै सुन्दर र आकर्षक पर्यटकी स्थलको रुपमा विकसित हुने बताउनु भयो साथै उहाँले देश बनाउने जिम्मा हामी नेपालकी कै भएको हुनाले आफ्नो ठाउँबाट इमान्दारीका साथ अगाडी बढ्न पनि आग्रह गर्नु भयो ।

 

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले ऐतिहासिक, साँस्कृतिक र धार्मिक धरोहर रुपमा परिचित जनकपुरधामलाई पर्यटकीय स्थलको रुपमा आकर्षित गर्नको लागि विद्युतीयकरणबाट सुन्दर पार्ने प्रयास भएको बताउनु भयो । जानकी मन्दीर परिसरमा प्रकाश प्रज्वलित गर्न गैरआवासीय नेपाली संघले विस्तृत योजना तयार पार्न लागेको जानकारी दिनु हुँदै र मन्दिरमा गरिने विद्युतियकरण सौर्य उर्जाबाट संचालित हुने पनि प्रष्ट्याउनु भयो ।

 

 

गैरआवासीय नेपाली संघ द्वारा जानकी मन्दिर परिसर भित्र अत्याधुनिक विद्युतिय प्रकाश मार्फत मन्दिर परिसर प्रज्वलित गरिने, मन्दिर परिसरमा प्रकाश प्रज्वलित गर्नका लागि संघले एक विस्तृत योजना तयारी गरी गुठीलाई प्रस्तुत गर्ने र परिसरको विद्युतियकरण गर्दा लाग्ने तार, उपकरण, बत्ति लगायतको जडानका लागि लाग्ने खर्च गैरआवासीय नेपाली संघले  बेहोर्ने लगायतको विषय सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

 

जनकपुर उपमहानगरपालिकाको प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा जनकपुर उपमहानगरपालिकाको उपप्रमुख रिता झा, प्रदेश २ उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह,  गैरआवासीय नेपाली संघका सल्लाहकार रामेश्वर शाह, मानार्थ समितिका सदस्य सुवास अधिकार, गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी एवं जानकी मन्दिर छुट गुठीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

गैरआवासीय नेपाली संघ ।