News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ द्वारा सुदूरपश्चिम प्रदेशकाका लागि Covid-19 Detection Test Kit र RNA Extraction Kit नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

गैरआवासीय नेपाली संघ द्वारा सुदूरपश्चिम प्रदेशकाका लागि Covid-19 Detection Test Kit र RNA Extraction Kit नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण



२० जुन २०२० का दिन गैरआवासीय नेपाली संघले २५०० Covid-19 Detection PCR Test Kit र २५०० RNA Extraction Kit  सुदुर पश्चिम प्रदेशका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्‍यो । उक्त सामाग्रीहरु गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश राणाले स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको रोहवरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गर्नु भयो ।

मन्त्री भट्टले गैरआवासीय नेपाली संघबाट प्राप्त सामाग्रीहरुमा  सरकारका तर्फबाट थप किट थपेर आइतबारसम्म सुदूरपश्चिम पठाउने जानकारी दिनु भयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार सुदूरपश्चिममा भारतबाट ठूलो संख्याका नेपाली भित्रिए पनि परीक्षण हुन नपाई लामो समय क्वारेन्टिनमै कष्टपूर्ण तवरले बस्नुपरे पछि संघले सो सहयोग गरेको हो ।  उहाँले कोरोना परिक्षणको लागि सुदुर पश्चिम प्रदेशले किटको अभाव समेत झेल्नुपरेको अवस्थामा थियो ।

पन्तका अनुसार संघले सुदूरपश्चिमका पहाडी जिल्लालाई लक्षित गरी डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर प्रयोगशालामा गैरआवासीय नेपालीको सहयोग रहने भएको छ ।

गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सकृयतामा गैरआवासीय नेपाली संघले सुदूरपश्चिम प्रदेशका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टमार्फत् २ हजार ५ सय  Covid-19 Detection PCR Test Kit र सोही संख्यामा RNA Extraction Kit हस्तान्तरण गरेको हो ।

सचिवालय

गैरआवासीय नेपाली संघ ।