News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघ ओसेनिया क्षेत्रीय बैठक सम्पन्नः

गैरआवासीय नेपाली संघ ओसेनिया क्षेत्रीय बैठक सम्पन्नः



गैरआवासीय नेपाली संघ तेस्रो ओसेनिया क्षेत्रीय बैठक २०१९ मे ११ र १२ का दिन अस्ट्रेलियाको सिड्नीमा नेपाल सरकारका न्याय, कानुन तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यता र अस्ट्रेलियन सरकारका केन्द्रिय अध्यागमन मन्त्री डेभिड कोलमनको बिशेष उपस्तिथिमा सम्पन्न भयो । अस्ट्रेलियाका सिनेटर क्लेयर मुर, नेपालका प्रदेश सांसद माननीय बिष्णु पन्थी, संघका अध्यक्ष भवन भट्ट, निबर्तमान अध्यक्ष डा. शेष घले संघका पधादिकारी तथा मानार्थ समिति सदस्यहरु सहित १४ राष्ट्रका ३०० भन्दा बढीको सहभागितामा सम्पन्न बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ।

 

 

 

गैरआवासीय नेपाली संघ ओसेनिया क्षेत्रीय बैठकका निर्णयहरु

१. गैरआवासीय नेपालीहरुको सामुहिक लगानीलाई नेपालको समृद्धीमा सहयोग पुग्ने गरी परिचालन गर्न स्थापित हुने सामुहिक लगानी फण्ड, जलविद्युत लगायतका परियोजनाहरुमा यस क्षेत्रबाट पनि सक्दो लगानी गर्ने प्रतिबद्धता यो बैठक गर्दछ ।
२. नेपाल सरकारद्वारा घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई सफल बनाउन गैरआवासीय नेपाली संघले अघि सारेको ‘नेपाल प्रबर्दन बर्ष २०१९’ अभियानलाई बिभिन्न प्रबर्धनात्मक कार्यक्रम संचालन गरि भ्रमण वर्ष २०२० लाई सफल बनाउने निर्णय गरियो ।
३. महिला शशक्तिकरण अभियानको थालनी र महिला उद्यमशिलतालाई प्रोत्साहन दिन कार्ययोजना अगाडी बढाउने निर्णय गरियो । स्वदेश तथा विदेशमा हुने घरेलु हिंसा विरुद्ध जन चेतना अभियान संचालन गर्दै गैरआवासीय नेपाली अभियानको मुलधारमा महिला सहभागिताको सुनिश्चितता गराउने निर्णय गरियो ।
४. गैरआवासीय नेपाली संघले Knowledge City र Academy को प्रस्ताबलाई आत्मसाथ गरि कार्यान्यन गर्न प्रमुख भूमिका खेल्ने र विदेशमा रहेका नेपाली ज्ञाताहरुको सिप, ज्ञान र प्रविधिलाई नेपालको बिकाशमा लगानी गर्ने वातावारण बनाउने निर्णय गरियो ।
५. नेपाल र अस्ट्रेलिया बीचमा आपसी सहयोग सद्भावलाई कायम Aussie Med Foundation Australia र Nepal Science Foundation, NRNA बीचमा सहकार्य गर्ने निर्णय गर्दै आपसी सम्झौतामा हस्ताक्षर सम्पन्न भयो ।
६. ओसेनिया क्षेत्रमा बसोबास गर्ने युवा तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्न उनीहरुका निम्ति उपयोगी र आकर्षण गर्न सकिने कार्यक्रमहरु तय हुनु पर्ने महसुश गरि आगामी दिनमा यस तर्फ बिशेष ध्यान दिनुका साथै यस क्षेत्रका गैरअवासीय नेपाली बालबालिकालाई नेपाली भाषा संस्कार संस्कृति सिकाउने कार्यक्रमहरु तय गर्ने निर्णय गरियो ।
७. आवश्यक कानुन निर्माण गरी तत्काल गैरआवासीय नेपाली नागरीकता वितरण गर्न र नागरिकता प्राप्त व्यक्तिले अन्य सम्पूर्ण अधिकार प्रयोग गर्न सक्ने गरीको सम्पूर्ण ब्यबस्था ऐन मै गर्न यो बैठक सम्बन्धित निकायलाई अनुरोध गर्दछ ।
८. अस्ट्रेलियन सरकार तथा राजनीतिक दलहरुको नेपाली समाज संग सहयोग र सहकार्य गर्ने प्रतिबद्धताको यो बैठक स्वागत गर्दछ ।
९. यो बैठक सफलता पुर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अस्ट्रेलिया सरकार, अस्ट्रेलिया स्थित नेपाली दुतावास, सम्पूर्ण एनसिसिहरु आयोजक राष्ट्र अस्ट्रेलिया र प्रायोजकहरु स्वयंमसेवी, पत्रकार, कलाकार सबै पक्षलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।

धर्मराज अधिकारी
ओसिनिया क्षेत्रीय संयोजक, गैरआवासीय नेपाली संघ

मितिः १२ मे, २०१९