News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह

गैरआवासीय नेपाली संघले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह



गैरआवासीय नेपाली संघ (एनआएनए) ले विदेशमा अप्ठेरोमा परेका नेपालीलाई विना भेदभाव उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

भाद्र ११ का दिन प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले आयोजना गरेको भर्चुअल बैठकमा एनआएनएका प्रवक्ता डिबी क्षेत्रीले सरकारले उद्धार गर्दा भेदभाव गर्न नहुने बताउनु भएको थियो ।

‘अब राज्यले श्रम गरेर आएका र नआएका नभनेर नेपाल फर्काइदिनु पर्यो’, उनले भने, ‘इलिगल (अवैधानिक रुपमा बसोबास गरेका) हरुलाई सरकारले उद्धार र राहतमा पारेन । जे भए पनि ती नेपाली हुन् ।’

प्रवक्ता क्षेत्रीले विदेशमा अप्ठेरोमा परेका नेपालीको उद्धार गर्न आर्थिक हिसाब किताब गर्न नहुने बताए । ‘नेपाली फर्काउँदा १ अर्ब पनि खर्च हुँदैन । यो सरकारले गर्नुपर्छ । राज्यलाई रेमिटेयान्स दिलाएर देश धान्नेहरु सीमामा गएर लड्ने भन्दा कम हुँदैनन्’ उनले भने ।

विदेशमा घरेलु कामदारका रुपमा रहेका महिलाहरु समस्यामा रहेको भन्दै पहिलो प्राथमकिता उनीहरुलाई दिनुपर्ने क्षेत्रीले बताए । ‘सबै महिलाहरु सम्पर्कमा आउन सक्ने अवस्था छैन । संक्रमित भएकाहरु पनि हुन सक्छन् । घरमा संक्रमित हुँदा कामदारहरु पनि संक्रमित भएका हुन्छन्’ उनले भने ।

नेपाल फर्किएपछि पनि उनीहरुलाई मनोपरामर्श दिनुपर्ने क्षेत्रीले बताउनु भयो । विदेशबाट फर्किएका सबैले कोरोना लिएर आएको जस्तो गरी दुव्र्यवहार गर्न नहुने पनि उहाँले बताउनु भयो ।