News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघद्वारा हावाहुरी पीडित ५ सय परिवारलाई सहयोग

गैरआवासीय नेपाली संघद्वारा हावाहुरी पीडित ५ सय परिवारलाई सहयोग



गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गत आइतबार बारा र पर्सामा आएको भीषण हावाहुरीबाट पीडित ५ सय घर परिवारलाई राहत वितरण गरेको छ । संघका उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा गएको टोलीले बाराको तेलगाई, परशुरामपुल दर्दिया, रामपूर्वा लगायतका स्थानमा पुगी राहत सामाग्री वितरण गरेको हो । प्रति परिवार २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल वितरण गरिएको हो । बारा र पर्सामा गत आइतबार आएको भीषण हावाहुरीका कारण झण्डै २ हजार घरहरु नष्ट भएको जिल्ला प्रशासन कार्यलय बाराको प्रारम्भिक तथ्याङ्क छ । यस राहत वितरण कार्यक्रममा उपाध्यक्ष पन्त, प्रवक्ता भूषण घिमिरे, आइसिसि सदस्यहरु रंजीत महतो र डिल्लीराम भट्टराई, अमेरिकाज्का पूर्व क्षेत्रीय संयोजक सोनाम लामा, सल्लाहकार रामेश्वर शाह, पूर्व महासचिव रतन झा,TIPN का सह-संयोजक अनल भट्टराई, जर्मनीका उपाध्यक्ष मिलन राज पन्त लगायत विभिन्न मुलुकका गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।

 

 

यसै गरी ३ अप्रिलका दिन गैरआवासीय नेपाली संघको तर्फबाट मध्यपुर्ब र मलेसियामा रहेका गैरआवासी नेपालीहरुको सहयोगमा बाराको विभिन्न गाउँका हावाहुरी प्रभावितलाई राहत वितरण गरिएको छ । एनआरएन आईसिसी सचिब डिबी क्षेत्री र मध्यपूर्वका संयोजक आर.के शर्मा सहितको नेतृत्वमा गएको टोलीमा मध्यपूर्व उपसंयोजक प्रविण गुरुङ, एनआरएन आइसिसी सदस्य मनोज गोर्खाली, एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, एनआरएन मलेसियाबाट सन्तोष कार्की, राजेश श्रेष्ठ, एनआरएन पूर्व मध्यपूर्व उपसंयोजक धर्मराज गिरी, एनआरएन पुर्व एसिया प्यासिफिक उपसंयोजक रोविन्द प्रसाद श्रेष्ठ लगायतको उपस्थितिमा बारामा राहत वितरण गरिएको थियो ।

 

उक्त टोलीले स्थानीय सरकार, राजनैतिकदलहरु, सशस्त्र प्रहरी बल तथा स्थानीय समुदायको सहकार्यमा बाराको शुभर्ण गाउँपालिका हार्दियाको दलित टोल, फेटा तथा भर्वालियामा हावाहुरी प्रभावीत ५०० घर परिवारलाई टेण्ट झुल र गर्मीमा समेत ओड्न मिल्ने कम्बल राहत वितरण गरेको थियो । हर्दिया ज्यादै पिछिडिएको दलितहरु बस्ती हो जहां यो टोली जाँदा कोही पनि राहतका लागि पुगेका थिएनन । यस वस्तीमा करीव २०० जना छात्राहरु गरिबीको कारणले शिक्षाबाट बंचित रहेका छन् । यस तर्फ ध्यान दिनु अत्यन्त जरुरी देखिन्छ ।

 

संघका विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुबाट सहयोगहरु प्राप्त हुने क्रम जारी छ । यस प्रति गैरआवासीय संघ सबैमा हार्दिक आभार प्रकट गर्दछ ।