News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघद्वारा लालपूर्जा सहित लाभग्राहिहरुलाई अधिकारिक रुपमा लाप्राक नमूना बस्ती हस्तान्तरण ।

गैरआवासीय नेपाली संघद्वारा लालपूर्जा सहित लाभग्राहिहरुलाई अधिकारिक रुपमा लाप्राक नमूना बस्ती हस्तान्तरण ।



आज गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोह वीच लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जा सहित धार्चे गाउंपलिकाका लाभग्राहिहरुलाई एक समाहरो बीच हस्तान्तरण गर्नु भएको छ । साथै उहांहरुले दाताहरुको नाम भएको शिलापत्रको अनावरण गर्नु भयो ।

 

२०७३ साल बैशाख १२ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा नेपाल सरकार सहरी विकास मन्त्रालयराष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ वीच त्रिपक्षिय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको थियो ।विसं २०७२ साल वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउंपालिका वडा नम्बर ४ मा  गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा नीजि आवास निर्माण सम्पन्न भएको हो ।

 

आजको हस्तान्तरण समारोहमा धार्चे गाउपालिका वडा नं. ४ का अध्यक्ष राजु गुरुङले सहभागीहरुको सम्मानमा स्वागत मन्तब्य दिनु भयो ।आजक प्रमुख अतिथि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नमूना वस्ती हस्तान्तरण गर्न पाएकोमा नेपाल सरकारको तर्फबाट संघ तथा सहयोग गर्न हुने सम्पूर्ण गैरआवासीय नेपाली तथा संघ संस्थाहरु प्रति आभार प्रकट गर्नु भयो । उहांले पूर्वधार बिकासको लागि प्राधिकरणले प्रति घर चार लाख अथवा २३ करोड रकम उपलब्ध गराउने वताउनु भयो ।

संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ति निर्माण भई आज हस्तान्तरण गर्न पाउंदा अत्यन्त खुशी लागेको बताउंदै निर्माण गर्न भन्दा त्यसको सम्भार गर्न अझ कठिन र महत्वपूर्ण रहेको औंल्याउनु भयो । उहांले बस्ती निर्माणमा सहयोग गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणशहरी बिकास मन्त्रालयगैरआवासीय नेपालीहरुकेयर नेपालनेपाली सेनालाभग्राहिहरु र गाउंपालिका तथा बडा कार्यालय लगायत अन्य संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । यसै गरि उहांले प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेसंरक्षक तथा निवर्तमान अध्यक्ष भवन भट्ट र सल्लाहकार जमुना गुरुङ साथै परियोजना सह संयोजक श्याम तामाङ्गलाई  पनि बिषेश धन्यवाद दिनु भयो ।

 

संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झण्डै ५७,६६,०४,८३६।४९ रुपिंयाको लागतमा निर्माण भएको सो बस्तीको लागि आर्थिक सहयोग गर्ने विश्वभर छरिएका गैरआवासीय नेपालीहरुसंघसंस्थाहरु लगायत नेपाल सरकारस्थानीय सरकारसम्पूर्ण दाता एवं अन्य रुपमा सहयोग गर्ने सहयोगी सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नु भयो ।

 

तीन नम्बर गणका गणपतिसाहयक रथीकुमार बाबु थापाले नेपाली सेना यस पुनर्निमाण कार्यमा सहभागी हुने अवसर पाएकोमा गौरवान्वीत भएको वताउंदै नेपाली सेनाले राष्ट्रिय निर्माणका विभिन्न काममा सहभागी रहँदै आएको जानकारी गराउनु भयो ।

कार्यक्रममा धार्चे गाउंपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले धन्यवाद मन्तब्य दिनुका साथै सहभागीहरुलाई मायाको चिनो दिनु भएको थियो । जग्गा धनिपूर्जा सहित नमूना बस्तीका घरहरु हस्तान्तरण गरेकोमा उहांले नेपाल सरकार र गैरअवासीय नेपाली संघलाई हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।

 

आज यस कार्यक्रममा माननीय हरिराज अधिकारीराष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरुगाउंपालिकाका उपाध्यक्षपूल माया गुरुङसल्लाहकार एसि शेर्पाउपाध्यक्षहरु डा. बद्री केसी र रवीना थापासचिव गौरीराज जोशीयुवा संयोजक हिमाल गुरुङएशिया प्रशान्तका क्षेत्रीय उपसंयोजक खगेन्द्र न्यौपानेअमेरिकाजका क्षेत्रीय उपसंयोज राम चन्द्र पोखरेलयुरोपका क्षेत्रीय उपसंयोजक कृष्ण तिमिल्सिनाआइसिसि सदस्य चिन्तामणि सापकोटा, परियोजना सह संयोजक श्याम तामाङ्ग, तमूधि यूके प्रतिनिधिकृष्ण गुरुङ लगायत विभिन्न मुलुकबाट आउनु भएका गैरआवासीय नेपालीहरुसंचारकर्मीहरुस्थानीय जनप्रतिनिधिहरुलाभग्राहीहरु लगायत स्थानीय जनताहरुको सहभागीता रहेको थियो ।

 

 

गैरआवासीय नेपाली संघ सचिवालय ।

२०७८ बैशाख ९ तदानुसार २२ अप्रिल २०२१ विहिवार ।