News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघको क्षेत्रीय बैठकहरु हुदै:

गैरआवासीय नेपाली संघको क्षेत्रीय बैठकहरु हुदै:



गैरआवासीय नेपाली संघको अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक आगामी सेप्टेम्बर ४,५ र ६, २०२० मा:

जुम प्रबिधिबाट गरिन लागिएको सो बैठकमा विभिन्न फोरमहरु संचालन हुँदैछन। इमिग्रेशन फोरम, महिला फोरम, राजनैतिक फोरम, युवा तथा दोश्रो पुस्ता फोरम, संघका गतिबिधि र नयाँ नीतिहरु, एनसीसीहरुको गतिबिधिको प्रस्तुति, बिज्ञ सम्मेलन इत्यादि हुनेछन।

बैठकको दोश्रो दिन, सेप्टेम्बर ५, शनिबार दिनको १:०० बजे देखि २:०० बजे सम्म इमिग्रेशन फोरम संचालन गरिने छ। सो फोरममा इमिग्रेशनसँग संबन्धित प्रश्न, जिज्ञासा, समस्या जे जे छन् स्वयं जुममा उपस्थित भएर सोध्न सकिने छ।

ओसेनिया क्षेत्रको क्षेत्रीय बैठक र विज्ञ सम्मेलन सेप्टेम्बरमा:

यही आउने सेप्टेम्बर १२-१३ सम्म ओसेनिया क्षेत्रको क्षेत्रीय बैठक र क्षेत्रीय विज्ञ सम्मेलन अनलाइन माध्यमबाट आयोजना गरिने भएको छ । उक्त क्षेत्रीय बैठकमा निम्न विषयहरुमा छलफल हुने छः

  • ओसेनिया क्षेत्रमा रहेका एनसिसिहरुको कार्य विवरण सहितको प्रस्तुतिकरण
  • क्षेत्र भित्र विद्यमान रहेका समस्याहरु
  • गैरआवासीय नेपाली संघको अभियानलाइ मजबुत बनाउने सम्बन्धमा
  • कोभिड १९ का गतिविधिहरु
  • अन्य सरोकारका विषयहरु

 

यसैगरी सो समयमा क्षेत्रीय विज्ञ सम्मेलनमा देहायका विषयहरुमा छलफल हुने छः

  • स्वास्थ्य
  • आर्थिक
  • शिक्षा
  • प्रविधिका साथै अन्य विषयहरुमा छलफल हुने भएको छ ।

एशिया प्रशान्त क्षेत्रीय बैठक र विज्ञ सम्मेलन २६२७ सेप्टेम्बरमाः

एशिया प्रशान्त क्षेत्रीय बैठक र विज्ञ सम्मेलन अनलाईन मार्फत २६-२७ सेप्टेम्बरमा आयोजना हुने भएको छ । क्षेत्रीय बैठकको मूल विषय :आप्रवासी नेपाली कामदर : स्वदेश फिर्ता, पुनः एकिकरण र रोजगार” रहेको छ । यस विषयमा आधारित भएर विभिन्न शत्रहरु संचालन हुने छ । यसका साथै एशिया क्षेत्र भित्र भएका गतिविधिहरु, कोभिड १९ कारण उत्पन्न भएका समस्याहरुका साथै अन्य समसामियक विषयमा छलफल हुने छ । यसरी नै क्षेत्रीय विज्ञ सम्मेलनमा विभिन्न महत्वपूर्ण विधाहरुमा  छलफल हुने छ ।

 

१३औ युरोपियन क्षेत्रीय बैठक र विज्ञ सम्मेलन आगामी ३४ अक्टोवरमाः

१३औ युरोपियन क्षेत्रीय बैठक र विज्ञ सम्मेलन आगामी ३ देखी ४ अक्टोवर सम्म अनलाइन माध्यम बाट संचालन हुने भएको छ । उक्त बैठकमा युरोप क्षेत्र भित्र भएका गतिविधिहरु, कोभिड १९ कारण उत्पन्न भएका समस्याहरुका साथै अन्य समसामियक विषयमा छलफल हुने छ । यसरी नै क्षेत्रीय विज्ञ सम्मेलनमा स्वास्थ्य, शिक्षा, प्रविधि, आर्थिक सामाजिक तथा अन्य महत्वपूर्ण विधाहरुमा छलफल हुने छ ।