News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका महासचिव र कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत बीच भेट

गैरआवासीय नेपाली संघका महासचिव र कर्मचारी सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत बीच भेट



मिति ३२ जेष्ठमा गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले कर्मचारी सञ्चय कोषका कार्यकारी अधिकृत कृष्ण प्रसाद आचार्यसंग भेट गरी वैदेशिक रोजगारीमा गएकाहरुलाई बचत गर्ने बानीको बिकास गरी कर्मचारी सञ्चय कोषमा कसरी आवद्ध गर्न सकिन्छ भन्ने बिषयमा बिचारबिमर्श गर्‍यो । सो अवसरमा महासचिवले संघका गतिविधिहरुका वारेमा जानकारी गराउँदै वैदेशिक रोजगारमा गएकाहरुको आम्दानीको केहि हिस्सा बचत गरी आय आर्जनको क्षेत्रमा लगानी गर्ने योजना संघको सातौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा गैरआवासीय नेपाली विश्व सम्मेलनको घोषणा पत्रमा मध्य पूर्वमा वैदेशिक रोजगारीमा गएकाहरुबाटनै अनुरोध भए अनुसार समायोजन गरिएको वताउँदै यसलाई मूर्त रुप दिन संघले हजारे अभियानको रुपमा एक कार्यदलको स्थापना गरेको जानकारी दिनु भयो ।

 

यस कार्यमा कर्मचारी सञ्चय कोषसंग आवद्ध हुन पाए यसको बिश्वासन्यता बृद्धि हुनुका साथै कार्यान्वयनमा समेत सहजता आउने महासचिवले औंलाउँदै यस बिषयमा संघको अवधारण राख्नु भयो । उहाँले सकिन्छ भने कर्मचारी सञ्चय कोषका प्रतिनिधिलाई आगामी जुलाईको २२ र २३ गते हुने मध्य पूर्व क्षेत्रिय बैठकमा आÏना अवधारण राख्नको लागि समेत आमन्त्रण गर्नु भयो । प्रति उत्तरमा प्रमुख कार्यकारी अधिकृतले ऐन संसोधनको अवस्थामा रहेको र संसोधन भए पश्च्यात कर्मचारी सञ्चय कोषमा वैदेशिक रोजगारमा गएकाहरुलाई समेत समायोजन गर्न ढोका खुल्ने वताउँदै यस बिषयको प्रारम्भिक अध्ययन समेत आरम्भ गरिएको जानकारी दिनु भयो । उहाँले यस कार्यमा गैरआवासीय नेपाली संघ जस्तो वैदेशिक रोजगारीमा गएकाहरुको हकहितमा काम गर्ने संस्था सित सहकार्य गर्न पाएमा अझ बढी फलदायी हुने र कोषले संचालन गरेको प्रारम्भिक अध्ययन टोलीमा समेत संघको प्रतिनिधिलाई समावेश गर्न सकिने वताउनु भयो । कार्यकारी अधिकृतले कोषले तयार पार्दै गरेको प्रारम्भिक अध्ययन प्रतिवेदन संघका प्रतिनिधि माझ आगामी जुनको १६ गते प्रस्तुत गर्न सकिने जानकारी दिंदै आगामी जुलाईको २२ र २३ गते हुने मध्य पूर्व क्षेत्रिय बैठकमा आÏना अवधारण राख्नको लागि गरिएको आमन्त्रण स्वीकार्नु भयो । अन्तमा, संघका महासचिवले छोटो समयमा आÏनो व्यस्थताको वावजुत पनि समय दिनु भएकोमा कार्यकारी प्रमुखलाई धन्यवाद दिंदै यस बिषयमा कोषको प्रारम्भिक अध्ययन प्रतिवेदन माथि छलफल र बिचारबिमर्श गर्न संघ इच्छुक रहेको जानकारी दिनु भयो । सो अन्तरक्रिया कार्यक्रममा संघका यूवा उपसंयोजक लोक राज शर्मा, हजारे अभियान कार्यदलका सदस्यहरु, संघका कार्यकारी निर्देशकका साथसाथै कर्मचारी सञ्चय कोषका विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय

काठमाण्डौं ।