News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे सहमति पत्रमा हस्ताक्षरः

गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे सहमति पत्रमा हस्ताक्षरः



सानिमा लाइफ इन्सुरेन्स र गैरआवासीय नेपाली संघ वीच सहमती पत्रमा हस्ताक्षरः

गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे गैरआवासीय नेपाली संघ र सानिमा लाइफ इन्सुरेन्स वीच एक सहमती पत्रमा हस्ताक्षर भएको थियो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार सानिमा लाइफ इन्सुरेन्सले संघको सदस्यहरु र तिनको परिवारलाई जिवन विमा वापत प्रिमियममा ५ प्रतिशत छुट र जीवन विमा सम्बन्धी अन्य सेवाहरुमा विशेष सहुलियत दिने भएको छ । यसरी नै गैरआवासीय नेपाली संघले सानिमा लाइफ इन्सुरेन्सको लोगो आफ्नो वेभसाइटमा राख्ने भएको छ ।

हस्ताक्षर समारोहमा बोल्नु हुँदै संघकी उपाध्यक्ष सपिला राजभण्डारीले संघले पंजिकृत सदस्यहरुलाई QR Code सहितको परिचय पत्र उपलब्ध गराउन थालेको र ति परिचयपत्र बाहकहरुले नेपाल र विदेशमा कार्यरत विभन्न फर्म तथा कम्पनीका वस्तु र सेवामा सहुलियत प्राप्त गर्दा संघको सदस्यता अभियानलाई समेत सहयोग पुग्ने कुरा बताउनु भयो । उहाँले सानिमा लाइफ इन्सुरेन्स प्रति धन्यवाद व्यक्त गर्नु हुँदै उहाँले आगामी दिनमा अरु फर्म तथा कम्पनीसंग पनि यस्तै प्रकारको सहमति गरिने बताउनु भयो । यसरी नै सानिमा लाइफ इन्सुरेन्सका उपमहाप्रबन्धक केशव राज केसीले आजको सम्झौता बाट दुवै संस्थाको सम्बन्ध विस्तार भएको बताउनु भएको थियो ।

सहमति पत्रमा संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र सानिमा  तर्फबाट उपमहाप्रबन्धक केशव राज केसीले हस्ताक्षर गर्नु भएको थियो । समारोहमा काठमाडौंमा रहनु भएका गैरआवासीय नेपालीहरु तथा सानिमा लाइफ इन्सुरेन्सका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

नेपाल क्यान्सर अस्पताल र गैरआवासीय नेपाली संघ वीच सहमती पत्रमा हस्ताक्षरः
गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे गैरआवासीय नेपाली संघ र नेपाल क्यान्सर अस्पताल वीच एक सहमती पत्रमा हस्ताक्षर भएको भयो । गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार नेपाल क्यान्सर अस्पतालले गैरआवासीय नेपाली संघको परिचय पत्र प्राप्त पंजिकृत सदस्य र उनीहरुका परिवारलाई आफूले प्रदान गर्ने विभिन्न सेवाहरुमा ५ देखी १५ प्रतिशत सम्म छुट दिने भएको छ ।
समारोहमा बोल्नु हुँदै संघकी उपाध्यक्ष सपिला राजभण्डारीले नेपाललाई विश्वव्यापी रुपमा नै स्वास्थ्य सेवाको केन्द्रको रुपमा विकास गर्न सकिने र नेपालमा उत्कृष्ट प्रकारको सेवा दिन स्वास्थ्य संस्थाहरुको विकास भइरहरहेकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले यस सहमतीबाट गैरआवासीय नेपाली र तिनका परिवारलाई नेपालमै उपचार गर्न प्रेरणा मिल्ने धारणा राख्नु भयो । उहाँले नेपाल क्यान्सर अस्पताल प्रति धन्यवाद व्यक्त गर्नु हुँदै उहाँले आगामी दिनमा अरु फर्म तथा कम्पनीसंग पनि यस्तै प्रकारको सहमति गरिने बताउनु भयो । यसरी नै अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले सम्झौता बाट दुवै संस्था वीच सम्बन्ध विस्तार भएको र भविष्यमा यसलाइ सुदृढ पार्दै लैजाने बताउनु भयो । उहाँले अस्पताल स्थापनाको इतिहासको जानकारी दिनु हुँदै नेपाल भित्र नै उत्कृष्ट सेवा दिने अस्पताल स्थापना गर्न सकेकोमा खुशी व्यक्ति गर्नु भयो ।
सहमति पत्रमा संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र नेपाल क्यान्सर अस्पतालको  तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो । समारोहमा काठमाडौंमा रहनु भएका गैरआवासीय नेपालीहरु तथा सानिमा लाइफ इन्सुरेन्सका प्रतिनिधिहरु एवं पत्रकारहरुको उपस्थिति थियो ।
स्वर्णिम बुटिक होटल प्रालि र गैरआवासीय नेपाली संघ वीच सहमती पत्रमा हस्ताक्षरः
गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई सहुलियत दिने बारे गैरआवासीय नेपाली संघ र  स्वर्णिम बुटिक होटल प्रालि वीच एक सहमती पत्रमा हस्ताक्षर भएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार स्वर्णिम बुटिक होटल प्रालिले गैरआवासीय नेपाली संघको परिचय पत्र प्राप्त पंजिकृत सदस्यहरुलाई होटेल र बारको बिलमा १५ प्रतिशत र बस्ने कोठामा २० प्रतिशत सम्म छुट दिने भएको छ ।
सहमति पत्रमा संघको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडी र स्वर्णिम बुटिक होटल प्रालिका प्रबन्ध निर्देशक संदेश श्रेष्ठले हस्ताक्षर गर्नु भएको थियो । समारोहमा काठमाडौंमा रहनु भएका गैरआवासीय नेपालीहरु तथा बुटिक होटलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ ।