News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक परियोजनाका संयोजक सोनाम लामा, र लाभग्राहिहरु बीच छलफल ।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक परियोजनाका संयोजक सोनाम लामा, र लाभग्राहिहरु बीच छलफल ।



गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक परियोजनाका संयोजक, सोनाम लामाको, नेतृत्वमा एक प्रतिनिधि मण्डलले मिति १ देखि ३ फेब्रुवरी, २०२१ सम्म लाप्राक नमूना बस्ती परियोजनाको स्थलगत भ्रमण गरी धार्चे गाउँपालिकाका अध्यक्ष, सन्तोस गुरुङ्ग, वडा न. ४ का वडा अध्यक्ष, राज  गुरुङ्ग, तथा लाभग्राहिहरुसंग बाँकी काठको काम र शौचालय निर्माण सम्बन्धि काम छिटो सम्पन्न गरी आधिकारीक रुपमा बस्ती हस्तान्तरण गर्ने सम्बन्धमा छलफल भयो ।

कोभिड १९ को कहर पछि लाभग्राहिहरुकै अनुरोधमा आफ्नो घर आफैं बनाउ भन्ने भावनाको साथ हरेक कामको लागि निश्चित रकम तोकि लाभग्राहिहरुलाई जिम्मा दिएको काम सन्तोषजनक नभएकोले संघले पटक पटक समयसिमा थप गर्दा समेत अपेक्षित रुपमा काम सम्पन्न हुन नसकेकोमा दु:ख प्रकट गर्दै परियोजना संयोजक लामाले संघले योजनाबद्ध रुपमा बस्तीको नक्शा तयार पारी निर्माण गरेको र यस्तो ५७३ वटा एकै प्रकारका घरहरु सहितको एककृति बस्ती नेपालकै पहिलो नमूना वस्ती भएकोले सबै लाभग्राहिहरु यस प्रति गौरवान्वीत हुन पर्ने बताउँदै छिटो काम सम्पन्न गर्न लाभग्राहिहरु, गाउँपालिका तथा वडा कार्यालयको सहयोग र सहकार्य आवश्यक रहेको औंलाउनु भयो । उहाँले समयमा बस्ती हस्तानन्तरण हुन नसकेमा एकीकृत बस्तीलाई आवश्यक पूर्वाधारका लागि राष्ट्रिय पूनर्निर्माण प्रधिकरणबाट प्राप्त हुने प्रति लाभग्राहि रु. चार लाख बराबरको रकम गुम्न सक्ने खतरा भएकोले छिटो बस्ती निर्माण गर्नुको कुनै विकल्प नरहेको जानकारी गराउँनु भयो ।

उहाँले आधिकारीक रुपमा बस्ती हस्तान्नतरणको समयमा लाभग्राहिरुलाई जग्गा धनिपूर्जा समेत दिन संघको पहलमा जग्गा नापी कित्ताकाट गर्ने काम सम्पन्न भएकोमा जग्गा धनिपूर्जाका लागि अवश्यक प्रकृया पूरा गर्न नापी कार्यालय गोरखाका प्रमुख अमृत पाण्डेलाई भेटि अनुरोध समेत गरेको जानकारी गराउँनु भयो । छिटो काम सम्पन्न गर्न गाउँपालिका समेत अग्रसर हुन पर्ने बताउँदै आधिकारीक रुपमा बस्ती हस्तान्तरणका लागि उपयुक्त मिति चयन गर्न समेत अनुरोध गर्नु भयो ।

 

धार्चे गाउँपालिकाका अध्यक्ष, सन्तोष गुरुङ्गले, तोकिएको समयमा काम सम्पन्न गर्न सबैलाई अनुरोध गर्दै समयमा काम सम्पन्न नगर्ने लाभग्राहिहरुलाई के कस्ता करवाहि गर्ने भन्ने बिषयमा गाउँपालिका र वडा कार्यालय बीच बैठक बसी छिटै निणर्य गर्ने जानकारी गराउनु भयो । उहाँले बस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा गैरआवासीय नेपालीहरु प्रति अभार प्रकट गर्दै लाभग्राहिहरुका तर्फबाट यस बस्तीका बासिन्दाहरु प्रति गैरआवासीय नेपालीहरुले सधैं माया गर्ने र लाभग्राहिहरु खुला दिलले गैरआवासीय नेपालीहरुलाई स्वागत गर्न आतुर रहेको समेत बताउनु भयो ।

उहाँले संघकै अग्रसरतामा राष्ट्रिय प्रसारण लाईनबाट बस्तीसम्म विधुतिकरणको काम अन्तिम चरणमा पुगेको र बस्ती भित्र पोल गाड्ने काम सम्पन्न भएकोमा नेपाल सरकार प्रति आभार प्रकट गर्नु भयो । गाउँपालिका अध्यक्षले लाभग्राहिहरुमा उद्यमशिलता बिकास गरी जिवनयापनको लागि आवश्यक पहल गरिदिन हुन समेत गैरआवासीय नेपालहरुलाई आह्वान गर्नु भयो र अधिकारीक रुपमा बस्ती हस्तान्नतरण गर्न वैशाख १२, २०७८ नै उपयुक्त भएको सुझाव समेत दिनु भयो ।

यस अवसरमा वडा अध्यक्षले लाभग्राहिहरुले गरेको काम वापतको रकम सिधै लाभग्राहिहरुलाई नै भुक्तानी गर्न अनुरोध गर्दै यस्तो कठिन भौगोलिक अवस्थाका वाबजुत पनि सम्यम र धैर्यताका साथ आफ्नो योजना अघि बढाई एउटा नमूनानै स्थापित गर्न सफल भएकोमा शब्दले मात्रै यसको प्रशंसा गर्न न्यायोचित नहुने बताउँनु भयो ।

परियोजना सह संयोजक, श्याम तामाङ्गले, निमार्ण सम्बन्धि भएका प्रगतिहरुका विवरण पेश गर्दै अव समयमै सम्पूर्ण कामहरु सम्मपन्न हुने विश्वास व्यक्त गर्दै उपस्थित सम्पूर्ण लाभग्राहिहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । सचिवालयका कार्यकारी निर्देशकले लाभग्राहिहरुलाई गरेको कामको भुक्तानी सम्बन्धि आवश्यक प्रकृयाहरुका बारेमा जानकारी गराए ।

गैरआवासीय नेपाल संघ, सचिवालय ।

मिति: ३ फेब्रुवरी, २०२१ ।