News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका अध्यक्षको अर्थ मन्त्रीसँग भेट

गैरआवासीय नेपाली संघका अध्यक्षको अर्थ मन्त्रीसँग भेट



मिति ९ सेप्टेम्वरका दिन गैरआवासीय नेपाली संघका अध्यक्ष र अर्थमन्त्री माननीय डा. रामशरण महत बीच भेटवार्ता भयो । भेटमा अध्यक्ष घलेले आगामी अक्टोवर महिनाको १६ र १७ तारिक नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजना हुनगई रहेको गैरआवासीय नेपाली विश्व सम्मेलन तथा त्यस अवसरमा संचालन गरिने बिभिन्न अन्तक्रिया कार्यक्रमहरुबारे जानकारी गराउँदै लगानी सम्बन्धि कार्यक्रमको अध्यक्षताको लागि अनुरोध गर्नु भयो । यसै गरी अध्यक्ष घलेले संघको पुनर्निर्माण सम्बन्धि कार्ययोजनाहरुबारे अवगत गराउँदै नेपाल सरकारबाट निर्माणको लागि आवश्य स्विकृति प्राप्त गर्न भएको विलम्ब प्रति मन्त्रीन्यूको ध्यानाकष्र्ण गराउँदै छिट्टै नै पूनर्निर्माण प्राधिकरणको गठन गरी यसको समाधान गरिनेमा आफू बिश्वस्थ रहेको वताउनु भयो ।

 

उहाँले नेपाल सरकारले आफूालाई दिएको विषेश दूतको जिम्मेवारी पनि संगसंगै निभाईरहेको यस जिम्मेवारी पूरा गर्न पनि बिभिन्न दात्री निकायहरुसंग भेटघाट र छलफल तिव्र वनाएको वताउँदै छलफलका क्रममा दात्री निकायहरुले देखाएका प्रतिव्धताले आफू निकै उत्साहित भएको वताउनु भयो । माननीय अर्थ मन्त्रीज्यूले गैरआवासीय नेपालीहरुले मात्रिभूमि प्रति भवना र व्यवहारमा देखाउको सदभाव र यसलाई समग्रमा एकिकृत गर्न गैरआवासीय नेपाली संघले खेलेको नेतृत्वदायी भूमिकाले गैरआवासीय नेपाली र संघको छविमा निकै सकारात्मक प्रभाव परेको र आगामी दिनमा यसको गरीमालाई कायम राख्दै अझ उचाईमा पुराउन संघका अध्यक्षलाई शुभकामना दिंदै आगामी गैरआवासीय नेपाली विश्व सम्मेलनमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने वताउनु भयो । गैरआवासीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।

मिति: २४ भाद्र, २०७२ ।