News

  • Home
  • News
  • गैरआवासीय नेपाली संघका अध्यक्ष र धितो पत्र बोर्डका अध्यक्ष बीच भेट ।

गैरआवासीय नेपाली संघका अध्यक्ष र धितो पत्र बोर्डका अध्यक्ष बीच भेट ।



२१ फेब्रुअरी २०२१ ।

गैरआवासीय नेपाली संघका अध्यक्षकुमार पन्तर धितो पत्र बोर्डका अध्यक्षभिष्म ढुङ्गानाबीच गैरआवासीय नेपालीहरुले स्थापना गर्न लागेको N.R.N. Development Fund Limited बारे छलफल भयो । अध्यक्ष पन्तले यस बिषयमा संघले भएगरेका प्रगतिहरु बारे अवगत गराउनु भयो । सो अवसरमा संघका परामर्शदाताअनलराज भट्राईलेकम्पनी स्थापना गर्दानै केहि कानूनी प्रावधानहरु बोर्डको तर्फबाट व्यवस्था गरिदिन पर्ने बिषय बारेमा बोर्डका अध्यक्षलाई अनुरोध गर्दै यी व्यवस्थाहरुमा छिट्टै स्वीकृति प्राप्त भएमा गैरआवासीय नेपालीहरुको लगानी नेपाल भित्र्याउन सहज हुनुका साथै उनीहरुलाई नेपालमा लगानी गर्न थप प्रेणा मिल्ने औंल्याउनु भयो । उहांले कम्पनीको शेयर गैरआवासीय नेपालीहरु माझ छिटो Initial Public Offering (IPO) मा लानको लागि आवश्यक वातावरणको व्यवस्था गरिदिनुका साथै IPO मार्फत प्राप्त हुने सम्पूर्ण रकम बराबरको शेयर जारी गर्न अनुमति प्रदान गर्न समेत अनुरोध गर्नु भयो र शेयर आवेदन दिनको लागि जीम्याट खाताको व्यवस्थाका लागि पहलहरु समेत भई रहेको जानकारी दिनु भयो ।

बोर्डका अध्यक्ष ढुङ्गानाले धेरै पहिले देखि नै संघले अघि सार्दै आएको योजनाले मुर्त रुप लिन लागेकोमा बधाई दिंदै धितो पत्र बोर्डको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै Private Equity Venture Capital (PEVC) मोडलको रुपमा यसलाई अघि बढाउंदा काम गर्न अझ सहज हुने राय व्यक्त गर्नु भयो । गैरआवासीय नेपालीहरुलाई यस प्रकारको सामूहिक लागानी भित्र्याउन आवश्यक कानूनी व्यवस्थाहरु के के छन् त्यसको पहिचान गरी सम्बन्धित मन्त्रालय संग सम्झौता गर्न सुझाव समेत दिनु भयो । उहांले धितो पत्र बोर्डको तर्फबाट गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न प्रोत्सहान गर्ने हर प्रकारको स्कीमहरु कार्यान्वयनमा ल्याईने जानकारी गराउंदै उदाहरणको रुपमा प्रवर्धक लागानीकर्ताहरुका लागि तीन बर्षको लकडाउन समयलाई घटाउन सकिने वताउनु भयो । सो भेटको अवसरमा संघका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछानेउपाध्यक्षहरु डा. बद्री केसीसोनाम लामा र रविना थापाकोषाध्यक्ष महेशकुमार श्रेष्ठ र संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।