News

  • Home
  • News
  • गैरआवसीय नेपाली संघ र काठमाडौँ महानगरपालिका बीच सुविधा समपन्न शौचालय निर्माण गर्नको लागि सहमति

गैरआवसीय नेपाली संघ र काठमाडौँ महानगरपालिका बीच सुविधा समपन्न शौचालय निर्माण गर्नको लागि सहमति



गैरआवासीय नेपाली संघ र काठमाडौँ महानगरपालिका बीच काठमाडौँ वडा नं ३१४ र ३२ गरी जम्मा ४  ठाउँमा अत्याधुनिक शौचालय निर्माण गरि ५ वर्ष सम्म व्यवस्थापन गर्ने जस्ता १५ प्रावधान राखी  एक सहमति पत्रमा हस्ताक्षर भएको  छ  । सहमति पत्र अनुसार संघले महानगरपालिकाले तोकेको मापदण्डको अधिनमा रही शौचालय निर्माण संचालन गर्ने छ । उक्त सहमति पत्रमा गैरआवासीय नेपाली संघका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी र भौतिक संरचना विकाश तथा कार्यान्वयन समितिका संयोजक ई. अमन मास्के  तथा  काठमाडौँ महानगरपालिकाको तर्फबाट सहसचिव राजेश्वोर ज्ञवाली र वातावरण व्यवस्थापन विभाग प्रमुख हरि कुमार श्रेष्ठले हस्ताक्षर गर्नु भयो ।
उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै  गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृतले गैरआवासीय नेपाली संघले विभिन्न परोपकारी कार्य गर्दै आएको र हालमा काठमाडौँ महानगरपालिकामा सुविधा सम्पन्न शौचालयको  अभाव रहेकोले सो अभाव केहि मात्रामा भएपनि पुरा गर्न लागि परेकोले काठमाडौँ नगरपालिकासंग सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो । महानगर उपप्रमुख खड्गीले गैरआवासीय नेपाली संघको यस पहलले राम्रो संदेश दिने कुरा जनाउदै गैरआवासीय नेपाली संघलाई हार्दिक धन्यवाद दिनु भयो ।
यस कार्यक्रममा काठमाडौँ महानगरबाट उपप्रमुख हरि प्रभ खड्गीवातावरण विभाग ई. निर्मल बराल, ई. निशा कोइराला र उप निर्देशक गंगाधर गौतम र गैरआवासीय नेपाली संघको तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पुरुषोत्तम बोहरासहायक निर्देशक संगीता अवाले र सहायक कार्यक्रम अधिकृत कुनाल मिश्राको सहभागिता थियो ।
सचिवालय
गैरआवासीय नेपाली संघ
६ फेब्रुवरी २०२०