News

  • Home
  • News
  • गैरआवसीय नेपाली संघ तथा श्रम तथा रोजगार मन्त्रालय बिच ऐन संशोधन सम्वन्धमा छलफल

गैरआवसीय नेपाली संघ तथा श्रम तथा रोजगार मन्त्रालय बिच ऐन संशोधन सम्वन्धमा छलफल



गैरआवसीय नेपाली संघ तथा श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधिहरु बिच वैदेशिक रोजगार ऐन २०६४ संशोधन सम्वन्धमा मिति ७ जेष्ठ मा सिंहदरवारमा छलफल भयो । सो अवसरमा माननीय श्रम तथा रोजगार मन्त्री दीपक बोहराले वैदेशिक रोजगार ऐन २०६४ संसोधन समितिका बिज्ञ मधुबिलास पण्डितलाई प्रस्तावित संशोधनका बारेमा प्रकाश पार्न अनुरोध गर्नु भयो ।

 

बिज्ञ पण्डितले धरौटीको सिमा, नविकरण, स्वामित्व तथा दायित्व हस्तान्तरण, पारिश्रमिक, कामदार वर्गिकरण, कानुनी तथा संस्थागत सुधार, श्रम सम्झौता, विधुतीय प्रमाणीकरण, श्रम सहचारी, घरेलु कामदार आदीका बारेमा तयार पारिएका संशोधनका प्रस्तावहरु प्रस्तुत गर्नु भयो । सो अवसरमा अध्यक्ष घलेले वैदेशिक रोजगारी नेपालको लागि एक साँचै नै ठूलो उद्योगमा परिणत भई सकेको तथा यसलाई व्यवस्थित वनाउनको लागि गरिएको संशोधनका प्रयासहरुको सरहाना गर्दै यसलाई नवयुगको दासतामा परिणत हुन सक्ने खतराप्रति चनाखो रहि विश्वका यस क्षेत्रमा दक्षता हासिल गरेका देशहरु जस्तै फिलिपिन्स् आदीले अपनाएका नीति तथा कार्यविधिको अनुकरण गर्न सुझाव दिनु भयो । अध्यक्ष घलेले विश्वभर फैलिएको गैरआवासीय नेपाली संघको संजालको सदुपयोग गर्न पर्ने धारणा राख्दै वैदेशिक रोजगारीमा गएकाहरुको हकहितमा संघका स्वयंसेवकहरु प्रिचालित हुन तयार रहेका तथा यसलाई अब हुने ऐन संशोधनमा समावेश गर्न सके उनिहरुलाई थप प्रेरणा मिल्नुका साथै आधिकारीक समेत हुने बिचार व्यक्त गर्नु भयो । गैरआवसीय नेपाली संघका वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याणकारी समितिका सभापति धरम केसी तथा यूएईका महिला संयोजक कल्पना राईले संघको तर्फबाट आ–आÏना सुझावहरु राख्नु भयो । संघका सल्लाहकार डा. गणेश गुरुङ्गले वैदेशिक रोजगारीमा आधिकारीक रुपमा नगएका श्रमिकहरुलाई पनि यस ऐनले संवोधन गर्न पर्ने राय व्यक्त गर्नु भयो । अन्त्यमा माननीय मन्त्री दीपक बोहराले मन्त्रालयले तयार पारेका संशोधनका बुँदाहरु संघका प्रतिनिधिहरुलाई उपलब्ध गराइने तथा यसमा संघका तर्फबाट बँुदागत रुपमा सुझावहरु पेश गर्न अनुरोध गर्दै मन्त्रालय संघसंग संस्थागत रुपमा सहकार्य गर्न तयार रहेको जानकारी दिनु भयो । उहाँले मन्त्रालयको कार्यप्रणलीलाई प्रविधियुक्त तथा आधुनिकारण गर्न संघलाई सहयोग गर्न समेत अनुरोध गर्नु भयो ।

रञ्जु थापा,

प्रवक्ता,

अन्तर्राष्ट्रिय समन्वय परिषद्,

गैरआवासीय नेपाली संघ ।

मिति: ७ जेष्ठ, २०७३ ।