News

  • Home
  • News
  • गैरअवासीय नेपाली संघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) वीच भेटघाट र छलफलः

गैरअवासीय नेपाली संघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) वीच भेटघाट र छलफलः



हिजो सन् २०१८ जनवरी २९ का दिन गैरआवासीय नेपाली संघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सक्रियतामा आर्थिक पत्रकारहरुसंग एक भेटघाटको कार्यक्रम आयोजना गर्यो । यस कार्यक्रमको मुख्य उद्देश्य संघका गतिविधिहरुमा सुरुदेखी नै दुई संस्था वीच कायम रहेको सहकार्यलाई निरन्तरता दिने रहेको थियो ।हिजो सन् २०१८ जनवरी २९ का दिन गैरआवासीय नेपाली संघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सक्रियतामा आर्थिक पत्रकारहरुसंग एक भेटघाटको कार्यक्रम आयोजना गर्यो । यस कार्यक्रमको मुख्य उद्देश्य संघका गतिविधिहरुमा सुरुदेखी नै दुई संस्था वीच कायम रहेको सहकार्यलाई निरन्तरता दिने रहेको थियो ।

कार्यक्रमको सुरुमा संघका प्रवक्ता भूषण घिमिरेले सहभागीहरुलाई स्वागत गर्दै संघले नयां कार्यकालमा गरेका गतिविधिहरु र भावी कार्यक्रमहरु बारे जानकारी गराउनुका साथै संघले गरेका गतिविधिहरुलाई विश्वभर जानकारी गराउनको लागी सेजनसंगको सहकार्य महत्वपूर्ण हुने बताउनु भयो । साथै उहाँले नेपालका संचारकर्मीहरुले सदैव गैरआवासीय नेपालीहरुका चासोका विषयहरुलाई आफ्नो संचार माध्यममा प्राथमिकता दिएकोमा आभार प्रकट गर्नु भयो ।

संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघका परियोजनाहरुमा भएका कामको साथै संघका हालका क्रियाकलापहरु र भर्खरै बेलायतमा सम्पन्न भएको लगानी सम्बन्धी गोष्ठी बारे अवगत गराउनु भयो । उहाँले नेपालको लगानीमा प्रवर्धन गर्नको लागी नेपालमा एक लगानी कोष खडा गर्ने र यस कोषमा करीव १० अरव रकम जम्मा हुने लक्ष्य राखेको  जानकारी गराउनु भएको थियो । यसका साथै उहाँले छोटो समयमा कार्यक्रमको आयोजना गरिएको भएता पनि आफ्नो अमुल्य समय दिएर सहभागीता हुनु भएकोमा हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।

लगानी विशेषज्ञ अनल भट्टराईले गैरआवासीय नेपाली संघको पहलमा खडा गर्न लागिएको १० अर्वको लगानी कोषको स्थापनाका लागि सरकारका निकायहरुसंग भएको पहल र संभावित प्रकृया बारे जानकारी गराउनु भएको थियो ।

सहभागी हुनु भएका संचारकर्मीहरुले संघले गरेका गतिविधिहरु बारे विभिन्न जिज्ञासा राखेका थिए । जसमा प्रायजसो संचारकर्मीहरुले विगतमा संघ र संचारकर्मीहरु वीच संवादमा कमी आएको गुनासा गरेका थिए । यसका साथै उहाँहरुले नेपालको संचार जगत नेपालको उन्नती र प्रगतीमा संघले गर्ने पहलमा साथ दिन सदैव तत्पर रहेको जानकारी गराउनु भएको थियो ।

यस कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, प्रवक्ता भूषण घिमिरे, एशिया प्रशान्तका क्षेत्रीय संयोजक किरणविक्रम थापा, युकेका पूर्व आइसिसि सदस्य सुवाष अधिकारी, आर्थिक क्षेत्रका विशेषज्ञ अनल भट्टराई, सेजनका अध्यक्ष पुष्पराज आचार्य लगायतका पदाधिकारी तथा सदस्यहरु र सचिवालयका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीको सहभागीता रहेको थियो ।

आजको कार्यक्रममा सहभागीहरुलाई संघले ३ महिने कार्यकालमा गरेका गितविधिहरु बारे एक प्रेस नोट वितरण गरेको थियो । प्रेस नोट यसै साथ संलग्न गरिएको छ ।

प्रेस नोटः

गैरआवासीय नेपाली संघको वर्तमा अन्तर्राष्ट्रिय समन्वय परिषद्ले कार्यभार सम्हालेको लगभग १०० दिन पुरा भएको छ । संसारभर छरिएर रहेको र दिनानुदिन विस्तार हुँदै गैरहेको हाम्रो गैरआवासीय नेपाली अभियान र संघले गर्नु पर्ने काम एवं विधानत समन्वय परिषद्ले गर्नु पर्ने पदपूर्ति, विभिन्न समिति तथा टास्क फोर्सहरुको निर्माण र नेपालस्थित सचिवालयलाई बढी भन्दा बढी सक्षम र चुस्त बनाउनु लगायतका आन्तरिक कामहरुमा हाम्रो यो अवधिको बढी समय खर्चेका छौं ।

पूर्व कार्यकालमा अधुरो रहेका लाप्राक नमुना बस्ती, संघको सचिवालय भवन तथा संखमुल पार्क निर्माणमा हामीले विशेष जोड दिएका छौं । संघको पहिलो प्रत्यक्ष्य बैठकमा नै ती आयोजनाहरुका ठेकेदार, परामर्शदाता सहित सम्बन्धित पक्षलाई निम्त्याएर तीन वटै आयोजनाहरुका गतिबिधि अध्ययन गरिएको थियो । यी तीनवटै आयोजनाहरु संघका अध्यक्ष लगायत उपाध्यक्षहरुको नेतृत्वमा अघि बढिरहेका छन् । यी सबै प्रोजेक्टहरुको स्टेरिंग कमिटी गठनभई तदारुकताका साथ कार्य संचालन भइरहेको छ ।

 

१)         लाप्राक नमूना वस्ती निर्माणका लागि अध्यक्षज्यूकै पहलमा नेपाली सेनाका ५० जवान बढाउने काम भएको छ र हाल प्रयोग भैरहेका निर्माण सामग्रीहरुमा थप सुधार गर्दै कामलाई द्रुत गतिमा अघि बढाइएको छ । महिला उपाध्यक्ष सपिला राजभण्डारीले यो आयोजनाको संयोजन गरिरहनु भएको छ । हालसम्म ३२७ वटा घरको डिपिसि सम्मको कार्य सम्पन्न भईसकेको र ३ वटा घर पूर्ण रुपमा निर्माण भइसकेको छ र यस बाहेक अन्य निर्माण सम्बन्धी कार्यहरु नियमित रुपमा भइरहेको छ । केही दिन अघिदेखि मौसमका कारणले काममा शिथिलता आएको थियो । तर मौसम सुधारसंगै काम पुनः सुचारु भएको छ ।

 

निर्माण कार्य समयमै सम्पन्न गर्न मौसमी कठिनाइ, निर्माणस्थलको कठिन भौगोलिक अवस्था स्थानीयवासीको सहयोग र कामदारको उपलब्धता प्रमुख चुनौति रहेको छ ।

 

२)    संघको कार्यालय भवन: भवन निर्माण कार्य तिव्र गतिमा भइरहेको छ । सकेसम्म छिटो निर्माण कार्य सम्पन्न गरी आफ्नै भवनबाट सचिवालयको कार्य सम्पादन गर्ने दिनको प्रतीक्षामा वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ । सचिवालय भवनको संयोजन उपाध्यक्ष कुमार पन्तले गरिरहनु भएको छ । पहिलो चरणको कार्य आगामी बैशाख सम्म सम्पन्न गरी सचिवालय आफ्नै भवनबाट संचालन गर्ने तयारी भैरहेको छ । पहिलो चरणमा सम्पन्न हुने उक्त भवनको लागि जग्गा सहित करिब २५ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ । उक्त भवनको दोस्रो चरणको निर्माण कार्यलाई  पनि निरन्तरता दिइने छ । यसका लागि स्रोत जुटाउनु पर्ने अवस्था छ ।

३)         शंखमुल पार्क : बागमती किनराको शंखमुल क्षेत्रमा संघले ३२ रोपनी जग्गामा पार्क निर्माण गरिरहेको छ । परोपकारी परियोजना अन्तर्गत निर्माण हुन लागेको यस परियोजनाको निर्माण लागत करीव २ करोड २५ लाख अनुमान गरिएको छ । संघले निर्माण गरिरहेको शंखमुल पार्कमा प्रयोग भैरहेका सामग्रीहरुको गुणस्तर कमसल देखिएकाले स्तरीय र मजबुत सामग्रीहरुको प्रयोग गरेर बनाउन संघले निर्देश गरेको छ । शंखमुल पार्कको संयोजन उपाध्यक्ष कुल आचार्यले गरिरहनु भएको छ । यो काम पनि आगामी केही महिना भित्रै सम्पन्न हुँदैछ । यी तीन ठूला आयोजनाहरुमा विगतमा संघका तर्फबाट सुपरिवेक्षण गर्ने प्राविधिक जनशक्तिको अभाव देखिएकाले संघकै तर्फबाट आन्तरिक प्राविधिक इन्जिनियर समेत व्यवस्था गरी अहिले उहाँकै निरिक्षणमा काम भैरहेको छ ।
४)     परोपकारी कार्यः यस अवधिमा विभिन्न मुलुकका एनसिसिहरुले नेपालका विविध जिल्लाहरु परोपकारीका कार्यहरु संचालन गरिरहेका छन् । यसै सन्दर्भमा हालै काबुलमा तालिवानको आक्रमणमा परी दिवगंत भएका ११ जना नेपालीहरुका परिवारलाई जनही १ लाखको सहयोग प्रदान गरिएको छ ।
५)     सिन्धुली गढीको सम्बर्धन र प्रवर्धनको लागि त्यहाँको स्थानीय सरकार कमलामाई नगरपालिका र संघवीच सिन्धुली गढीको पुनर्निर्माणको गुरुयोजना तर्जुमा गर्ने सम्बन्धी सहमती पत्रमा हस्ताक्षर भएको छ । यस संघले गढीको पुनर्निर्माणको गुरुयोजना तयार पार्न मद्दत गर्ने छ ।
६)     वैदेशिक रोजगारका लागि साउदी गएर जेल परेका थानेश्वर भुषाललाई जेलमुक्त गर्न नेपाली प्रवासी समन्व समितिसंगको सहकार्यमा रु १५ लाख ५० हजारको ब्लड मनि सहयोग गरिएको छ । यसमा एनसिसि साउदी अरेवीयाले २ लाख ५० हजार र मलेसियाले ५० हजार सहयोग गरेको थियो ।
७)    गैरआवासीय नेपाली संघले नेपाल इन्जिनियरिंग एशोसिएसन संग एक सहमति पत्र (MoU) मा हस्ताक्षर गरेको छ । Road Safety का सम्बन्धमा ज्ञान र सीपको आदान प्रदानमा सहयोग गर्ने उद्देश्यले गरिएको यो सहमति पत्रबाट नेपालका इन्जिनियर पेशाकर्मी संग गैरआवासीय नेपाली इन्जिनियरहरुलाई जोड्नेकाम हुनेछ । धेरै नेपाली इन्जिनियरहरु विदेशमा यस क्षेत्रमा कार्यरत भएकोमा यस्तो सहमतिले नेपालमा ज्ञान र प्रविधिको प्रवाहलाई सहयोग मिल्ने अपेक्षा हाम्रो छ ।
सडक सुरक्षाकै सन्दर्भमा नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसंग पनि संवाद भइरहेको छ । पृथ्वी राजमार्गको काठमाडौं मुगलिङ खण्डको एक-दुई निश्चित ठाउँमा Model परियोजनाका रुपमा सुरक्षा अवस्थामा सुधार ल्याउने उद्देश्यले ससाना सुधार गर्ने र सडक सुरक्षामा जागरुकता बढाउने हाम्रो लक्ष्य छ । यस सम्बन्धमा संघको Travel Safety and Road का संयोजकले सरोकारवालाहरुसंग समन्वय पनि गरिरहनु भएको छ ।
८)     यसै बीचमा संघले कतिपय नयाँ पहलहरु पनि गरेको छ । संघले विशेष गरी नेपालमा लगानी प्रवर्धन गर्ने उद्देश्यले एक लगानी कोषको निर्माण गर्ने योजना अघि सारेको छ । गत् हप्ता लण्डनमा लगानी कोष सम्बन्धी कार्यशाला गोष्ठि भएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवि नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यशालामा यो योजना अघि सारिएको हो । यस योजना अन्तर्गत नेपालमा नै एक लगानी कोष दर्ता गरिने छ र उक्त लगानी कोषमा रु १० अर्व जम्मा गर्ने हाम्रो लक्ष्य छ । यस काममा कार्यक्रममा सहभागी र अन्य युरोपका साथीहरुले हामीलाई उत्साहित गर्नु भएको छ । यस कामका लागि हामीले विशेषज्ञबाट अध्ययन गराइसकेका छौं र अब नेपालको सम्बन्धित निकायमा दर्ता गरी रकम संकलन कार्य थालिने छ ।
९)     भेटघाट कार्यक्रमः यस विचमा संघका अध्यक्षको नेतृत्वको एक प्रतिनिधि मण्डलले नेपाल सरकारका अर्थ सचिव, राजश्व सचिव, परराष्ट्र सचिव, नेपाल धितो पत्र बोर्डका अध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय योजना आयोगका सदस्यहरु र लगानी सम्बन्धी सरोकारवालाहरुसंग भेट गरी नेपालमा लगानी भित्र्याउने सम्बन्धमा छलफल गरेको छ।प्रदान गरियो ।हरुका परिवारलाई जनही १ लाखको सहये
गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि नै गैरआवासीय तथा नेपाल भित्रका पत्रकार मित्र तथा संचारकर्मी साथीहरुको उल्लेखनीय योगदान छ । विशेषगरी आर्थीक पत्रकारहरुले ठूलो सहयोग गर्नु भएको छ । यहाँहरु सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौं । संस्थाको सम्पूर्ण कार्यहरु पारदर्शी गराउने हाम्रो लक्ष्य संचारकर्मी साथीहरुको सहयोगले मात्र पुरा हुनसक्छ । संस्था सम्बन्धी कुनै पनि समाचार प्रकाशन प्रशारण गर्नु अघि आधिकारिक व्यक्ति अथवा सचिवालयमा सम्पर्क गरी पुष्टी भएपछि मात्र सम्प्रेशण गर्न समेत अनुरोध गर्दछौं ।
संघले आगामी दुई बर्षीय कार्यकालमा तय गरेका कार्यक्रम र योजनाहरु सम्पन्न गर्न सम्पूर्ण चुनौतीप्रति सचेत रहँदै संमृध्द नेपाल निर्माणको अभियानमा उल्लेख्य भूमिका निभाउन कार्यसमिति पूर्णत प्रतिबध्द रहेको पनि यसै अवसरमा अवगत गराउन चाहन्छौं ।
भूषण घिमिरे
प्रवक्ता
गैरआवासीय नेपाली संघ
अन्तर्राष्ट्रिय समन्वय परिषद ।