News

  • Home
  • News
  • गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री श्री कृष्णचन्द्र नेपाली पोखरेलसंग भेटघाटः

गण्डकी प्रदेशका माननीय मुख्य मन्त्री श्री कृष्णचन्द्र नेपाली पोखरेलसंग भेटघाटः



गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापा र अध्यक्ष डा बद्री केसीको नेतृत्वको एक प्ततिनिधि मंडलले गण्डकी प्रदेशका मुख्यमन्त्री श्री कृष्णचन्द्र नेपाली पोखरेल संग भेटघाट गरेको थियो ।

यस कार्यक्रममा संघका कार्यकारी अध्यक्ष रविना थापाले गैरआवासीय नेपाली संघको अभियानका साथै संघको फ्ल्यागसिप परियोजना अन्तर्गतको मोबाईल ब्लडबस परियोजना बागमति र सुदुरपश्चिमा संचालन भईसकेको र निकट भविष्यमा नै बाकी रहेका प्रदेशमा संचालन गर्ने योजना रहेको जानकारी गराउँदै त्यसका लागि आवश्यक कार्यहरु भईरहेको बताउनु भयो । यसका साथै उहाँले नेपालका विभिन्न विद्यालयका ५ हजार विद्यार्थीहरुको लागि छात्रबृति उपलब्ध गराई सहयोग गर्ने जानकारी गराउनु भयो । यसरी नै नेपाल सरकार संगको साझेदारीमा विकासका कार्यहरुमा सहयोग गर्ने समेत बताउनु भयो ।

अध्यक्ष डा बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भएमा नेपालमा अत्यधिक मात्रामा लगानीका साथै ज्ञान सीप र प्रविधि भित्रिने बताउनु भयो । नेपालमा लगानी प्रबर्द्धन गर्नको लागि संघले नेपाल सरकारको सहकार्य तथा सहयोगमा एनआरएन नेपाल डेभलपमेण्ट फण्ड लिमिटेडको स्थापना भइसकेको छ । यसमा स-साना र ठूला पूजी संकलन गरेर १० अर्बको फण्ड व्यवस्थापन गर्ने कार्य अघि बढेको र यसलाई थप गर्दै लैजाने लक्ष्य रहेको बताउनु भयो । साथै उहाँले वैदेशिक रोजगारीमा गएर फर्केकाहरुको tracking पालिका मार्फत गरेर उनीहरुका सीप र पूँजीको उपयोग गर्नसके देश विकासमा  थप टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भयो । उहाँले वैदेशिक रोजगारमा जानेहरुका लागि नेपाल सरकार सामाजिक सुरक्षाकोष संग सम्झौता भई कार्य अघि बढिसकेको जानकारी गराउनु भयो । विद्यार्थी भिसामा नेपाल अध्ययन गर्न आउने नेपाली मूलका तथा विदेशी नागरिकहरुलाई विद्यार्थी भिसा प्रदान गर्न सके नेपालको पर्यटन तथा सामाजिक, सांस्कृतिक र आर्थिक पाटोमा सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो ।

यसरी नै युवा उपाध्यक्ष रोशन थापाले “मेरो बुबाको देश होइन मेरो देश हो” भन्ने भावना दोश्रो पुस्तामा ल्याउन सरकारको प्रमुख भूमिका रहन्छ भन्ने बताउँदै उनीहरुलाई नेपालको समग्र विकासमा सहभागीता गराउनको लागि आकर्षक कार्यक्रमहरु ल्याउन आग्रह गर्नु भयो । युवा सम्मेलन गण्डकी प्रदेशमा आयोजना गर्नको लागी आग्रह गर्नु भयो । गण्डकी प्रदेशमा रहेका  Vocational Training Centre को विकास र विस्तार गरी वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउनको लागि सहकार्य गर्न आग्रह गर्नु भयो ।

महिला सचिव राधिका गुरुङले संघको महिला फोरमले गरेका गतिविधिहरुको जानकारी गराउनु भयो । उहाँले संघले नेपालका पिछिडिएका महिलाहरुको लागि विविध विधामा सीप मूलक तालिमहरुको संचालन गर्नुका साथ पाठेघर सम्बन्धि समस्या भएका महिलाहरुको लागि निशुल्क स्वास्थ्य शिविरका साथै बालबालिकाहरुको स्वास्थ्यलाई लक्षित गरेर विविध कार्यक्रम संचालन गरेको र गरिने बताउनु भयो । महिलाहरुलाई उत्प्रेरणा दिने खालका कार्यक्रमहरु ल्याउनसके महिला विकासमा थप सुधार आउने राय व्यक्त गर्नु भयो । उहाँले महिलाको समृद्धिको लागि ससाना परियोजना ल्याउन सुझाव दिनु भयो । जेहेन्दार छात्राहरुलाई छात्रबृद्धि प्रदान गर्न र त्यसको लागि चाडै नै MoU गरेर कार्य अगाडी बढाउन सकेमा त्यसले दीगो सहकार्यमा टेवा पुर्याउने आशय व्यक्त गर्नु भयो ।

युवा संयोजक अब्दुल वासिदले प्रायजसो युवाहरु बेरोजगारी र उच्चशिक्षा आर्जन गर्ने कारणले विदेशिएका हुन् भन्ने बताउँदै अवैधानिक बाटो भएर विदेश नजानको लागि सरकारले आवश्यक नीति नियम बनाई जनचेतना फैलाउन आग्रह गर्दै युवाहरुलाई प्राथमिकतामा राखेर कार्य गर्न आग्रह गर्नु भयो ।

कार्यक्रमको अन्त्यमा गण्डकी प्रदेशका मुख्य मन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा भ्रमण गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो । संघका प्रतिनिधिहरुले राखेका विषयहरु प्रति चासो राख्दै यस प्रति उहाँ सकारात्मक रहेको बताउनु भयो । उहाँले Gandaki Institute of Technology र यहाँ रहेको  विश्वविद्यालय संग मिलेर सीप विकास कार्यक्रम गर्न आग्रह गर्नु भयो । साथै उहाँले संघले नेपालको समृद्धिका लागि गरेका कार्यहरु प्रति प्रशंसा व्यक्त गर्दै यस क्षेत्रमा पनि लगानी गर्नको लागि अनुरोध गर्नु भयो । साथै उहाँले प्रदेशले गरेका गतिविधिहरु बारे जानकारी गराउनुका साथै प्रदेशको विकासको लागि यहाँहरुसंग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

यस भेटघाट कार्यक्रमको संयोजन संघका महिला सचिव राधिका गुरुङले गर्नु भएको थियो । यस कार्यक्रममा मुख्यमन्त्रीका स्वकीय सचिव रन्जना पोख्रेल, मन्त्री परिषद सचिवालयका अधिकारी गोकुल पराजुली, संघका प्रमुख कार्यकारी अधिकृत