News

  • Home
  • News
  • कैलाली भ्रमण वर्ष २०७५ कार्यक्रममा गैरआवासीय नेपाली संघको सहभागीताः

कैलाली भ्रमण वर्ष २०७५ कार्यक्रममा गैरआवासीय नेपाली संघको सहभागीताः



गत् २०१८ मे ५ देखी ६ सम्म प्रदेश नं ७ को कैलालीमा आयोजित कैलाली भ्रमण वर्ष २०१८ को शुभारम्भ समारोहमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारी भण्डारीको नेतृत्वको एक टोली सहभागी भएको थियो ।

 

 

यस क्षेत्रमा रहेका पर्यटकीय स्थल, धार्मिक सांस्कृतिक सम्पदा, प्राकृतिक एवं दुर्लभ वन्य जन्तुहरुको को संरक्षण र सम्बर्द्धन गरेर विश्व सामू पहिचान गराइ देशको समृद्धिमा योगदान गर्नु मुख्य उद्देश्य रहेको हुंदा कार्यक्रमको आयोजना गरिएको जानकारी मूल समारोह समितिले गराएको थियो ।

 

पूर्व पश्चिम राजमार्गको कर्णाली पूल रहेको चिसापानीमा कार्यक्रमको उद्घाटन गरिएको थियो । माननीय रक्षा मन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा पर्यटन मन्त्री, विभिन्न राजनैतिक दलका नेताहरुऽ सभासदहरु, ७ नम्वर प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री सभामुख, उपसभामुख, मन्त्रीहरु, उपमहानगरपालिकाका मेयर उपमेयर, यस क्षेत्रका अन्य नगरपालिकाका प्रमुख उपप्रमुखहरु, त्यस क्षेत्रका बासिन्दाहरु लगायत संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

 

उद्घाटन सत्र पछि कर्णाली नदिमा Rafting, जानकी गाविसमा थारु समुदायले मनाउने चार्ड पर्व र यसरी नै सोही दिन टिकापुरको राष्ट्रिय निकुन्जमा साँस्कृतिक कार्यक्रममा संघका प्रतिनिधहरुको सहभागीता रहेको थियो ।

 

यसैगरी भोली पल्ट ६ तारिखका दिन कैलालीको घोडाघोडी ताल र गोदावरीमा आयोजना गरिएको विविध कार्यक्रमहरुमा संघका प्रतिनिधहरुले सहभागीता जनाएका थिए । सोही दिन संघका उपाध्यक्ष राजभण्डारीसंग गएका प्रतिनिधिहरुले धनगढी प्रदेश उद्योग वाणिज्य संघ र गौरीगंगा नगरपालिकाका प्रतिनिधहरु संग भेटघाट गरी संघका मुख्य गतिविधिहरु बारे जानकारी गराएका थिए । यी दुवै छलफल कार्यक्रममा संघका उपाध्यक्ष राजभण्डारीले महिला फोरमले गरेका गतिविधिहरुका साथै लगानी र अन्य गतिविधिहरुबारे जानकारी गराउनु भएको थियो । उक्त दुवै छलफल कार्यक्रममा उद्योग वाणिज्य संघ र नगरपालिका प्रतिनिधिहरुले आर्थिक विकासको लागि सम्भावना भएका जलविध्दुत, हर्वल र पर्यटन क्षेत्रमा लगानी गर्नको लागि अनुरोध गरेका थिए । पर्यटन क्षेत्रमा टेवा पुर्याउनको लागि खप्तड सम्म केवलकारको निर्माण र लगानी क्षेत्रहरुको विस्तृत अध्ययन गरी सोको प्रस्ताव तयार गरी संघमा पठाउने जानकारी गराएका थिए ।

 

 

कैलाली भ्रमण वर्षमा संघका उपाध्यक्ष सपीला राज भण्डारी लगायत वैदेशिक रोजगरा समितिका सदस्य दामोदर नेपाल, एनसिसि युएइका पूर्व पदाधिकारी राजेन्द्र सापकोटा र जर्मनीका गैरआवासीय नेपाली शशी श्रेष्ठको सहभागीता रहेको थियो ।

 

गैरआवासीय नेपाली संघ ।