News

  • Home
  • News
  • कर्मचारी सञ्चय कोषका पदाधिकारीहरुसंग महासचिवको छलफल

कर्मचारी सञ्चय कोषका पदाधिकारीहरुसंग महासचिवको छलफल



असार ३ गते । कर्मचारी सञ्चय कोषको निमन्त्रण अनुसार संघका महासचिव डा. बद्री केसीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले कोषको वैदेशिक रोजगारीमा रहेकाहरुलाई कोषसंग आवद्ध गर्न गठित समितिका पदाधिकारीहरुसंग भेट गरी छलफल गर्‍यो ।

 

सो अवसरमा कोषका प्रतिनिधिहरुले कोषको सेवाहरुबारे अवगत गराउनु भयो र रकम संकलन गर्न सकिने माध्यमहरुबारे बिचार बिर्मश भयो । हाल कोषको कार्यविधिले दिर्गकालीन रुपमा रकम जम्मा गर्ने सेवाग्राहिहरुलाई मात्र समेटेकोमा अब अल्पकालिन सेवाग्राहिहरुलाई समेट्न सकिने सेवाहरु र कार्यविधिको निर्माण गर्न कोष लागिहरेको जानकारी कोषका प्रतिनिधिहरुले गराए । गैरआवासीय नेपाली संघसंग सहकार्य गर्न सकेमा आगामी दिनमा यसको सेवा र महत्व वैदेशिक रोजगारीमा गएकाहरुले समेत उपभोग गरी संकलित रकम राष्ट्र निर्माणमा उपयोग गर्न सकिने उहाँहरुको धारणा रहेको थियो । सो अवसरमा महासचिव डा. बद्री केसीले कोषले दुवै कानूनी तथा गैरकानूनी रुपमा वैदेशिक रोजगारीमा गएकाहरुलाई सेवा दिन पर्ने कुरामा जोड दिंदै संघ र कोष बीच एक सम्झौतापत्र गरी यस कार्यलाई अघि बढाउन पर्ने सुझाव दिनु भयो । उहाँले कोषको सेवा र कार्यविधिबारे जानकारी गराएकोमा कोषका प्रतिनिधिहरुलाई धन्यवाद दिंदै आगामी जुलाई २२ र २३ तारिख कतारमा आयोजना गरिएको मध्यपूर्व क्षेत्रिय बैठकमा वैदेशिक रोजगारीमा गएकाहरुलाई कोषसंग आवद्ध गराउने सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्न निमन्त्रणा दिनु भयो ।

गैरआवासीय नेपाली संघ सचिवालय,

काठमाण्डौ ।