News

  • Home
  • News
  • कतारमा अलपत्र कामदारलाई स्वदेश फर्काउन गैरआवासीय नेपाली संघको पहल

कतारमा अलपत्र कामदारलाई स्वदेश फर्काउन गैरआवासीय नेपाली संघको पहल



काठमाण्डौं, २०७३ असार १ । बिगत केही दिनयता कतारमा अलपत्र परेका १८५ जना नेपाली श्रमिकहरुको छिटो उद्धारका लागि गैरआवासीय नेपाली संघले पहल थालेको छ । संघका अध्यक्ष शेष घले नेतृत्वको प्रतिनिधिमण्डलले श्रममन्त्री दीपक बोहोरासंग बुधबार भेट गरी अलपत्र श्रमिकहरुको तत्काल फिर्तिमा कदम चाल्न आग्रह गरेको छ ।

 

सो अवसरमा संघका महासचिव डा. बद्री केसीले राष्ट्रिय समन्वय परिषद् कतारले नेपाली दूतावाससंगको सहकार्यमा राहतका समाग्रीहरु उपलब्ध गराई रहेको र हालसम्म १८५ मध्ये १७ जना नेपाल फर्कन सफल भएको अवगत गराउँदै पीडितले चाहाँदाचाहाँदै पनि कतार सरकारको निष्काशन अनुमति बिना फर्किन नसक्ने भएकाले सरकारी तहमै पहलको आबश्यकता रहेको बताउनु भयो । साथै पिडीत कामदारहरुको हवाई टिकट तथा न्यायोचित क्षतिपूर्तिको व्यवस्थाको लागि समेत पहल गर्न अनुरोध गर्नुभयो । माननीय मन्त्री दिपक बोहोराले यस बिषयमा श्रम सहचारीसंग समन्वय भइरहेको र पीडितहरुका केहि अतिआवश्यक विवरणहरु श्रम सहचारीसंग सहकार्य र समन्वय गरी संघका कतारका प्रतिनिधिहरुलाई जति सक्दो चाँडो उपलब्ध गराउन अनुरोध गर्नु भयो । प्राप्त विवरणहरुका आधारमा श्रमिकको वर्गिकरण गरिने र के कसरी फिर्ती हवाई टिकटको व्यवस्था गर्न सकिन्छ त्यसको निक्र्याेल गरी छिट्टै स्वदेश फिर्तीको व्यवस्था मिलाउने मन्त्री बोहोराले जानकारी दिनुभयो । त्यसपछि उचित क्षतिपूर्तिको लागि पहल गरिने उहाँले अवगत गराउनु भयो । उहाँले श्रम तथा रोजगार सचिव, बैदेशिक रोजगार बिभागका महानिर्देशक तथा काठमाण्डौं श्रम कार्यालयका प्रमुखलाई छिट्टै स्वदेश फिर्तीको व्यवस्था मिलाउन आवश्यक प्रकृया चाल्न निर्देशन दिंदै गैरआवासीय नेपाली संघको तर्फबाट सहजकर्ताको भूमिका खेल्न महासचिवलाई अनुरोध समेत गर्नु भयो ।

गैरआवासीय नेपाली संघ सचिवालय ।