News

  • Home
  • News
  • एनसिसि लक्जेम्बर्गद्वारा आयोजित अन्तर्कृया कार्यक्रम

एनसिसि लक्जेम्बर्गद्वारा आयोजित अन्तर्कृया कार्यक्रम



२४ डिसेम्वर २०१५ का दिन एनसिसि लक्जेम्वर्गद्वारा आयोजित अन्तर्कृया कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेको प्रमुख अतिथिको रुपमा सहभागीता रहेको थियो । यस कार्यक्रममा मुख्यतया उहााले गैरआवासीय नेपाली संघले महाभूकम्पबाट प्रभावित भएकाहरुका लागि भवन निमार्ण, हालै नेपालमा नाकाबन्दीका कारण अभाव भएको जीवन रक्षक औषधी नेपाल सरकारलाई उपलब्ध गराएको र संघले संचालन गरेका गितिविधिहरु बारेमा सहभागीहरुलाई जानकारी गराउनु भयो ।

 

सो कार्यक्रम एनसिसि लक्ज्मवर्गका अध्यक्ष रमेश तोयनाले अध्यक्षाता गर्नु भएको थियो भने कार्यक्रमको संचालन महासचिव बिमलबाबु उपाध्यायले गर्नु भएको थियो । सो कार्यक्रममा गैरआवासीय नेपाली संघ युरोपका क्षेत्रीय उपसंयोजक प्रेम गुरुङ्ग, आइसिसि सदस्यहरु जमुना गुरुङ्ग र हरी बहादुर खत्रीको साथै ५० जना भन्दा बढी गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।

रन्जु वाग्ले थापा

प्रवक्ता

अन्तर्रा्ष्टि्रय समन्वय परिषद

गैरआवासीय नेपाली संघ ।