News

  • Home
  • News
  • एनआरएनए युरोप क्षेत्रका महिला संयोजकहरुको बैठक सम्पन्नः

एनआरएनए युरोप क्षेत्रका महिला संयोजकहरुको बैठक सम्पन्नः



२३ अगष्ट २०२० ।

एनआरएनए युरोप क्षेत्रका महिला संयोजकहरुको बैठक अनलाईन मार्फत सम्पन्न भयो । बैठक युरोप क्षेत्रकी संयोजक योगिता थापाको अध्यक्षतामा भएको थियो। बैठकमा एनआरएनए महिला उपाध्यक्ष रबिना थापा, महिला संयोजक भोमा देवी लिम्बुको उपस्थित रहेको थियो। बैठकले विभिन्न १० वटा निर्णय गर्दै लकडाउन डायरी र महिला आवाज प्रकाशन गर्ने निर्णय गरेको छ।

बैठकमा उपाध्यक्ष रबिना थापाले महिला तथा युवा विभागका गतिबिधिबारे, महिला कल्याणकारी कोष र बिभागका परियोजना संबन्धि विषयमा जानकारी गराउनु भयो। साथै उपाध्यक्ष थापाले बैठकमा एनसीसी महिलाहरुको लागि कामको थप जिम्मेवारी पनि दिनुभयो। त्यसैगरी एनआरएनए महिला संयोजक भोमा देवी लिम्बुले महिला फोरमको सबै ६ वटा क्षेत्रमा भएका गतिबिधिहरु तथा बिशेष गरि महिला हिँसा र कोभिड १९ का बेला भएका समस्या र गरिएका गतिबिधिहरु बारेमा जानकारी गराउनु भएको थियो ।

बैठकमा हरेक एनसीसी महिला संयोजकहरुले आफ्नो देशको गतिबिधी र अन्य सरोकारका विषयमा जानकारी दिनुभयो। बिशेषगरी सो मुलुकहरुमा भएका महिला हिँसाको अवस्था, कोभिड १९ को अवस्था र अन्य नियमति गतिबिधिबारे जानकारी गराउनु भएको थियो । बैठकले गरेका मुख्य निर्णयहरु:

  • महिला तथा युवाहरुको लागि फण्ड संकलन कार्यक्रम गर्ने। यस्तो रकम महिला र युवाका अन्य गतिबिधिमा खर्च गर्ने। यसका लागि जर्मनीकी सुनिता थापा क्रान्हले संयोजन गर्ने ।
  • महिलाहरुको बिषय समेटेर कोभिड १९ लकडाउन डायरी प्रकाशन गर्ने यसकाल लागि युरोपमा योगिता थापाले संयोजन गर्ने ।
  • महिला आवाज (Women Voice) नियमति प्रकाशन गर्ने
  • सामूहिक ब्यबसाय गर्न छलफल र प्रयास गर्ने
  • महिला शसक्तिकरण र महिला चेतनशील कार्यक्रम संचालन गर्ने । यसको संयोजन फ्रान्सकी मिली उपाध्याय कोइरालाले गर्ने ।
  • क्षेत्रमा महिला डाटाबेस तयार गर्ने ।
  • बैदेशिक रोजगारी र अध्ययन गर्न आउने महिलाहरुको लागि संबन्धित देशबारे जानकारी मुलक कार्यक्रम संचालन गर्ने । यसको संयोजन योगिता थापाले गर्ने ।
  • यसबाहेक महिला नेतृव बिकासका लागि नियमित छलफल र गतिबिधि बढाइने र नेतृत्व बिकासको लागि आपसी सहयोग गर्ने ।
  • सबै बिषयलाई बृहत तथा सफल रुपमा संचालन गर्नको लागि युरोप क्षेत्रको अर्को बैठक छिट्टै गर्ने
  • एनसीसी महिला फोरम गठन नभएका देशमा सो को गठन गर्ने निर्णय गरियो ।

बैठकमा युरोप क्षेत्रका एनसीसी महिला संयोजकहरु दुर्गा थापा केसी-लक्जम्बर्ग, शुसिला खतिवडा-बेल्जियम, सुमी गुरुङ-स्पेन, सुशिला थापा-पोर्चुगल, सुनिता थापा क्रान्ह-जर्मनी, मिली उपाध्याय कोइराला-फ्रान्स हुनुहुन्थ्यो।

 

महिला फोरम

गैरआवासीय नेपाली संघ ।