News

  • Home
  • News
  • एनआरएनए भवनका लागि युकेमा १ करोडभन्दा बढी संकलन

एनआरएनए भवनका लागि युकेमा १ करोडभन्दा बढी संकलन



२७ डिसेम्वर २०१५ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा बेलायतमा सम्पन्न एक भव्य कार्यक्रममा काठामाण्डौंमा बन्न लागेको एनआरएनए भवनका लागि एक करोड भन्दा बढी रकम उठेको छ । यसअघि ३७ लाख रुपैयाा संकलन गरी भवन निर्माणका लागि पठाइसकेको एनआरएन युकेले अध्यक्ष घलेको उपस्थीतिमा थप रकम संकलन गरी निर्धारित लक्ष्यअनुसार एक करोड रुपैयाा संकलन गर्न सफल भएको छ ।  शेष घले दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएयताको सबैभन्दा विशाल र ऐतिहासिक कार्यक्रममा सातसय भन्दा बढी सहभागीहरुले हल खचाखच भरिएको थियो । कार्यक्रममा विशाल जनसमुहलाई सम्बोधन गर्दै अध्यक्ष्य घलेले अब गैरआवासीय नेपाली संघमा ‘रिफर्म’ अर्थात सुधारको टड्कारो खाँचो रहेको र सुधारविना संस्था सोचेजस्तो गरी अघि बढ्न नसक्ने बताउनु भयो ।

 

‘अबको बीस–तीस बर्षमा नेपालको सामाजिक, आर्थिक क्षेत्रमा योगदान दिन सक्ने गौरवपुर्ण संस्था बन्न अहिलेदेखि नैं न्यु भिजन, रोडम्याप र एक्सन प्लान बनाउन आवश्यक छ ।’ अध्यक्ष घलेले भन्नुभयो–‘संस्था विगत १२ बर्षदेखि एउटै मोडलमा चलिरहेकोले अब यसमा सुधार जरुरी भइसक्यो ।’ सुधारको आबश्यकताबारे प्रष्टाउादै अध्यक्ष घलेले भन्नुभयो–‘हामीले अगाडी सारेका एजेण्डाको कार्यन्वयनका सन्दर्भमा देखिने चुनौतीको सामना गर्न तथा गैरआवासीय नेपाली संघको विकाश र विस्तारका असर गर्ने परिवर्तनहरुलाई बुझ्न र आत्मसात गर्न पनि सुधार जरुरी छ ।’ उहााले संस्थाको सार्मथ्य पहिचान गर्दै मुख्य प्राथमिकता क्षेत्रमा ध्यान केन्द्रीत गर्न र खासगरी विकाश साझेदार बन्ने लक्ष्यलाई हाासिल गर्न पनि एनआरएनमा सुधार अत्याबश्यक रहेको बताउनुभयो ।  सामाजिक संस्था होस् वा व्यवसायिक कम्पनी, त्यसलाई समयको मागअनुसार परिवर्तन गर्नुपर्ने भन्दै अध्यक्ष घलेले भन्नुभयो– ‘एनआरएनएमा पनि शुरुवातको मोडलमै जसरी हामी हिंडिरहेका छौं, अब भविष्यमा गएर हामीले परिकल्पना गरेकोजस्तो नेपालको आर्थिक र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउन सक्ने बलियो संस्था बनाउनका लागि यसमा सुधार र परिमार्जनको खांचो छ ।’ अध्यक्ष्य घलेले आगामी २० बर्षपछि यो संस्था कस्तो हुनेछ भन्ने परिकल्पना आजै गर्नुपर्ने भन्दै त्यसका लागि आफु निरन्तर लागिरहेको बताउनुभयो । कार्यक्रममा घलेले एनआरएन भवनका लागि रकम संकलन गर्न आफुले विश्वव्यापी भ्रमण गर्दा जापानमा टुरिष्टदेखि अष्ट्रेलियामा विद्यार्थी सम्मले आफुलाई रकम सहयोग गरेको र सो रकम जतिसुकै भएपनि त्यसमा उनीहरुको भावना मिसिएको चर्चा गर्नुभएको थियो । वीर गोर्खाहरुको भुमी मानिने बेलायतमा घलेले पटक–पटक गोर्खा समुदायका हित, हकलाई सुनिश्चित गर्न आफु हरतरहले लागि पर्ने बताउादा कार्यक्रम हलमा सहभागीहरु निकैं भावुक बनेका थिए । आफ्नो सम्बोधनमा अध्यक्ष्य घलेले एनआरएनए र विभिन्न देशमा खुलेका नेपालीहरुका संघसंस्थाहरुबीचको सम्बन्धका बारेमा पनि चर्चा गर्नुभयो । बेलायत भ्रमणका क्रममा यहााका नेपाली संघसंस्थाहरुले एनआरएनएबाट धेरै आशा गरेको पाइएको तर सो विश्वासलाई कायम गर्न एनआरएनए आफैं सबल र विश्वसनीय हुन जरुरी रहेको घलेको धारणा थियो ।

सोही विश्वास जित्ने चरणमा एनआरएनए भवन एउटा कदम रहेको उहांले बताउनुभयो । संसारभर छरिएका नेपालीहरु एनआरएनएको सदस्य भएपनि नभएपनि काठमाण्डौंमा बन्ने एनआरएनए भवन सबै एनआरएनहरुको हो भन्न्ने विश्वास दिलाउंदै अध्यक्ष घलेले आफु पैसाको भन्दा पनि गैर आवासीय नेपालीहरुको मन जित्न र भावनको संकलन गर्न बेलायत आएको बताउनुभयो । अबको ४० देखि ५० बर्षमा हाम्रो नयाँ पुस्ताले आफ्नो रुट खोज्दै जाादा हामीले गर्वका साथ देखाउन सक्ने संयुक्त राष्ट्रसंघजस्तो संस्था एनआरएनए हुनसक्ने आफ्नो भिजनको बारेमा बताउंदै घलेले भन्नुभयो– यी कामहरु सम्पन्न गर्नसकें भने आगामी नेतृत्वलाई योजनाहरु अघि बढाउन सजिलो पर्नेछ ।’ विभिन्न सांस्कृतिक कार्यक्रमहरुबीच सम्पन्न सो कार्यक्रममा बेलायतका लागि नेपाली कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीले आफु र दुतावास सधैं एनआरएनएका कार्यहरुप्रति सकारात्मक रहेको बताउनुभयो । एनआरएनए युके अध्यक्ष्य मुछेत्र गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बेलायत बाहिरबाट समेत एनआरएनए आइसिसिका पदाधिकारीहरुको व्यापक उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा आइसिसि संरक्षक दिल गुरुङ, आइसिसि सल्लाहकारद्धय डा. हेमराज शर्मा र विश्वआदर्श पण्डित, आइसिसि सचिव अर्जुनकुमार श्रेष्ठ, युरोप संयोजक कुल आचार्य, अमेरिका संयोजक सोनाम लामा, युरोप उपसंयोजक प्रेम गुरुङ लगायतका वक्ताहरुले एनआरएनए भवनको महत्वबारे चर्चा गरेका थिए । आइसिसि अध्यक्ष शेष घले तथा श्रीमती जमुना घलेलाई पाइपर धुन र पन्चकन्याको पुष्पगुच्छाले भव्य स्वागत गरिएको थियो ।

 

रन्जु वाग्ले थापा

प्रवक्ता,

अन्तर्राष्ट्रिय समन्वय परिषद

गैरआवासीय नेपाली संघ ।