News

  • Home
  • News
  • एनआरएनएद्धारा भरतपुर महानगरलाई १० थान अक्सिजन कन्सन्ट्रेटर र ९३ हजार थान मास्क हस्तान्तरण

एनआरएनएद्धारा भरतपुर महानगरलाई १० थान अक्सिजन कन्सन्ट्रेटर र ९३ हजार थान मास्क हस्तान्तरण



गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङले भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । एनसिसी हङकङले १० थान अक्सिजन कन्सन्ट्रेटर र ९३ हजार थान मास्क सहयोग गरेको हो ।

सोमबार एक कार्यक्रमकाबीच चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको संयोजनमा भरतपुर महानगरपालिकालाई एनआरएनए हङकङले आइसिसीमार्फत ती सामाग्री हस्तान्तरण गरेको छ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका अध्यक्ष डा. बद्री केसीले महानगरप्रमुख रेनु दाहाललाई  स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा आइसिसी उपाध्यक्ष भूषण घिमिरे, उपमहासचिव ओम गुरुङ र सचिव टिका गुरुङ,महिला सहकोषाध्यक्ष कञ्चन सुन्दर थापा, युरो संयोजक चिन्तामणी सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले र एनआरएनए हङकङ अध्यक्ष गोकर्ण ढकाललगायत एनआरएन अभियन्ताको सहभागिता थियो ।

एनआरएनएले हस्तान्तरण गरिएका १० थानमध्ये ७ थान भरतपुरलाई र ३ थान माडी नगरपालिकालाई उपलब्ध गराइने जनाइएको छ । ९३ हजार थान मास्क ट्राफिक प्रहरी तथा महानगरको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी लगायतलाई उपलब्ध गराइनेछ ।

एनआरएनए हङकङका अध्यक्ष ढकालले सबै स्वास्थ्य सामाग्री गरेर १५ लाख बरावरको रहेको बताउनु भयो । अध्यक्ष ढकालले कोभिडको समयमा हङकङबाट मात्रै ४ करोड बढीको सहयोग भएको र त्यसमध्ये अहिलेको सहयोग भरतपुरलाई गरिएको बताउनु भयो ।