News

  • Home
  • News
  • एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको तयारी पूरा

एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको तयारी पूरा



गैरआवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठकको सबै तयारी युगान्डाको राजधानी सहर कम्पालामा पूरा भएको छ । आयोजक राष्ट्र एनआरएनए एनसिसि युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार यही २९ – ३० डिसेम्बर २०१८ मा सम्पन्न हुने कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको छ । बैठक कम्पाला सहरको आकासिया मलमा रहेको सभाकक्षमा सम्पन्न हुदैछ भने सहभागीहरुलाई इम्पेरियल होटेलमा आबासको ब्यबस्था गरिएको छ ।

बैठकको उदघाटन युगान्डा सरकारका राष्ट्रपति कार्यालय हेर्ने मन्त्री इस्थर बुलाकुबुजा बायोले गर्ने र बन्द सत्रमा समेत युगान्डा सरकारका पर्यटन राज्यमन्त्री र निजि क्षेत्रका प्रतिनिधि बाट युगान्डाको आर्थिक विकास, उद्योग, पर्यटन र नेपाल सङ्ग साझेदारीका सम्भावना बारे कार्यपत्रहरु प्रस्तुत हुने छन । गैरआवासीय नेपाली बिज्ञहरु द्वारा अफ्रिका क्षेत्रका ठुला विकास निर्माणका परियोजनाका आफ्ना अनुभव समेत प्रस्तुत हुने छ । बैठकमा नेपालमा प्रविधि र लगानीका साझेदारी र अनुभव साटन सकिने विषय माथी समेत छलफल हुनेछ । त्यसैगरी अफ्रिकामा नेपाली कामदारहरुले भोग्नु परेका समस्या, श्रम स्वीकृति र पासपोर्ट नविकरण, दलालहरु द्वारा ट्रान्जीटमा अफ्रिका पुराइने नेपाली र मुजुराका लागि लैजाने नेपाली चेलीबेटीका बारेमा समेत गहन छलफल हुने कार्यक्रम छ ।

बैठकमा कायरो स्थित नेपाली दुतावासका राजदुत झबिन्द्र अर्याल समेत संघका अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, पुर्ब अध्यक्ष तथा संरक्षक जीवा लामिछाने लगायत पदाधिकारीहरुको उपस्थिती रहने भएको छ । मुल कार्यक्रम बाहेक नेपाली, युगान्डीयन र अफ्रिकिन सास्कृतिक कार्यक्रम समेत प्रस्तुत हुने र नेपाली साहित्य गोष्ठीको पनि आयोजना गरिने भएको छ ।
तेश्रो अफ्रिका क्षेत्रीय बैठक
कम्पाला युगान्डा ।