News

  • Home
  • News
  • उपराष्ट्रपति, गृह,रक्षा र स्वास्थ्य मन्त्रीसंग भेटघाट

उपराष्ट्रपति, गृह,रक्षा र स्वास्थ्य मन्त्रीसंग भेटघाट



संघका अध्यक्षद्वारा सम्माननीय उपराष्ट्रपतिसंग भेट

 

२०७२ कार्तिक २६ का दिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनसंग भेट गरी समसामयिक विषयमा छलफल गर्नुभएको छ । 

 

सर्वप्रथम अध्यक्ष घलेले राष्ट्रलाई पुराएको योगदानको कदर स्वरुप उहाँ यस गरिमामय पदमा पुग्न सफल भएकोमा बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना दिनु भयो । अध्यक्ष घलेले उपराष्ट्रपतिलाई गैरआवासीय नेपाली संघका बारेमा अवगत गराउँदै यसका उदेश्य, यसले हाासिल गरेका उपलब्धीहरु र विश्वभर फैलिएका नेपालीहरुलाई एकिकृत गरी बिकास गरेको नेपालीहरुकै एक मात्र अन्तर्राष्ट्रिय संजाल भएकोले यसको महत्व र उपयोगिताबारे प्रकाश पार्नुभयो । विश्वभर रहेका गैरआवासीय नेपालीहरुको चहाना र माग अनुसार भारतीय नाकाबन्दीका कारण देशमा आई परेको बिषम् परिस्थिति र यसले निम्त्याएका मानविय समस्याहरु न्यूनिकरण गर्न संघले कस्तो भूमिका खेल्नेछ र के कस्ता योजनाहरु बनाइरहेको छ भन्ने बारे  सम्माननीय उपराष्ट्रपतिलाई अवगत गराउँदै अध्यक्ष घलेले सुझाव समेत माग्नुभयो । उपराष्ट्रपतिले गैरआवासीय नेपाली संघको कृयाकलापहरुलाई निकै रुचिपूर्वक हेरिरहेको र भूकम्पताका गरेको उद्धारले संघ नेपाल र नेपालीको एक सच्चा साझेदारको रुपमा प्रमाणित भएको धारणा राख्नुभयो ।  संघले निर्माण गर्न लागेको १००० घर मात्र नभई यसमा थप गरी सामाजिक भवनहरु समेत निमार्ण गरिदिन अनुरोध गर्नुभयो । गैरआवासीय नेपाली संघको स्थापनाले विश्वभर रहेका नेपालीहरुलाई एकआपसमा आबद्ध भई समृद्ध नेपाल निर्माणमा सहभागी हुने अवसर प्रदान गरेको र यसले राष्ट्रसंग माग्न भन्दा पनि राष्ट्रलाई दिनु पर्छ भन्ने भावनाको विकास गरेको आफूले महसूश गरेको बताउनु भयो ।उहाँले राष्ट्रले प्राप्त गरेको संविधान दक्षिण एसियाकै उत्कृष्ट भएको र देशमा नयाँ बिहानी छाएको भन्दै यस संविधानको देश भित्रबाट, अन्तर्राष्ट्रिय तवरमा र बिदेशमा बस्ने नेपालीहरुको समर्थन पाएकोले यसको उत्कृष्टता स्वयंसिद्ध भएको बताउनुभयो । संविधान निरन्तर परिवर्तन हुने दस्तावेज रहेकाले यसबाट कोहि पनि अहात नहुन पर्ने बिचार व्यक्त गर्नुभयो । उहाँले एक नेपालीलाई दु:खपर्दा अर्को नेपालीको मन दुख्ने हाम्रो मान्यतालाई अहिलेको यस आन्दोलनले बिर्सेको औंलाउँदै समग्रमा नेपाल र नेपालीको हकहितमा लड्नु हामी सबैको दायित्व भएको र यसप्रति सबै नेपालीहरलाई सचेत रहन समेत आग्रह गर्नु भयो ।

 

उपप्रधान तथा रक्षा मन्त्रीसंग भेट

यसैगरी सोही दिन संघका प्रतिनिधि मण्डलले उपप्रधान तथा रक्षामन्त्री, भिम रावलसंग भेट गरी राष्ट्रलाई आईपरेको यस बिष्म परिस्थितिमा संघले के कस्तो भूमिका खेल्न पर्छ र कसरी सहयोग गर्न सक्छ भन्ने बिषयमा छलफल तथा बिचार बिमर्श गर्‍यो । 

 

सो अवसरमा उपप्रधान तथा रक्षा मन्त्री रावलले नाकाबन्दीको अन्तर्राष्ट्रियकरण गर्ने योजनाले नेपालको अन्तर्राष्ट्रियस्तरमा आफ्नो पक्षमा लभि गर्ने क्षमता निकै वृद्धिभएको र यसमा गैरआवासीय नेपाली संघको ठूलो योगदान र भूमिका रहेको बिचार व्यक्त गर्दै नेपाली कुटनीतिक नियोगहरु भएको स्थानहरुमा सहकार्य गर्न समेत सुझाव दिनुभयो । यस बिषयलाई अन्तराष्ट्रियकरण गर्दा खास गरी जर्मनी, जापान, बेलायत, रसिया तथा अमेरिकालाई प्रथामिकतामा राख्न समेत सुझाव दिनुभयो । उहाँले संघले गर्दै आएका समाजिक कार्यहरुको प्रशंसा गर्दै सुदूरपश्चिमाञ्चललाई प्राथमिकतामा राख्न समेत अनुरोध गर्नु भयो ।

 

स्वास्थ्य मन्त्रीसंग भेट

सोही दिन अध्यक्ष घलेले दिपावलीको बिदाको अवसर पारेर स्वास्थ्य मन्त्री रामजनम चौधरीसंग भेट गरी गैरआवासीय नेपाली संघ राष्ट्रलाई आईपरेको यस कठिन र अकल्पनिय घडिमा हरप्रकारको सहयोग गर्न तत्पर रहेको वताउनु भयो ।

 

 उहाँले यस अघोषित नाकाबन्दीका कारण देशमा देखापरेको अतिआवश्यक औषधीहरुको आबश्यकता परिपूर्ति गर्न संघ इच्छुक रहेको जानकारी गराउँदै त्यस्ता औषधीहरुको नाम उपलब्ध भएमा संघको संजालको सहयोग मार्फत के कस्ता सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिने वताउनु भयो । मन्त्री चौधरीले गैरआवासीय नेपाली संघको बारेमा आफूले धेरै सुनेको र यस संस्था प्रति आफ्नो मात्र नभई सारा नेपालीको विश्वास र भरोसार बढेको वताउँदैं संघसंग सहकार्य गर्न स्वास्थ्य मन्त्रालय उत्साहित रहेको वताउनु भयो । उहाँले मन्त्रालयले अतिआवश्यक औषधीको सूची तयार पारिसकेको र संघलाई उपलब्ध गराउने जानकारी दिंदै स्वास्थ्य मन्त्रालय विश्वभर फैलिएर रहेको नेपालीहरुको संजाल गैरआवासीय नेपाली संघसंग नेपालीहरुको बृहत्तर बिकासको लागि सहकार्य गर्न इच्छुक रहेको वताउनु भयो ।

 

गृह मन्त्रीसंग भेट

कार्तिक २५ का दिन गैरआवासीय नेपाली संघका अध्यक्षको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले माननीय गृह मन्त्री शक्ति बस्नेतसंग भेट गरेको छ । भेटका अवसरमा अध्यक्ष घलेले यस संवेदनशिल घडिमा गृहमन्त्री जस्तो महत्वपूर्ण पदमा नियुक्त हुनु भएकोमा शुभकामना तथा वधाई दिनुभयो ।

 

 

 

उहाँले गृह मन्त्रालय अन्तर्गत गैरआवासीय नेपालीहरुका केहि सरोकारका बिषयहरु जस्तै अध्यागमन सहजिकरण, संविधान २०७२ ले व्यवस्था गरे अनुसार गैरआवासीय नेपाली नागरिकता एनेको व्यवस्था, मानव बेचबिखन तथा दैवि प्रकोपमा उद्धार जस्ता बिषय गाँसिएकोले यसलाई संवोधन गर्न तथा यस कार्यहरुमा सहकार्य गर्न संघ सधैं तयार रहेको वताउनु भयो । हाल देशलाई आईपरेको यस बिषम् परिस्थितिमा संघले गरेका र आगामी दिनमा गर्ने कार्यहरु बारे माननीय मन्त्रीलाई जानकारी गराउँदै मातृभूमिका हरेक दु:खसुखमा गैरआवासीय नेपालीहरु सामेल हुन्छन् तथा आफ्नो हैसियत अनुसारको सहयोग गर्न संधै तयार रहनेछन् भन्नेमा बिश्वास दिलाउनु भयो । यसै अवसरमा सहभागीहरुले बैदेशिक रोजगारीमा अफ्रिका, मध्यपूर्व तथा पापुवा न्यूगिनीमा देखिएका समस्याहरुबारे मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै यसलाई सम्वोधन तथा सहजिकारण गर्न गृह मन्त्रालयलाई अनुरोध गरे । गृह मन्त्रीले गैरआवासीय नेपालीहरुको सहयोग र साथले राष्ट्रमा आईपरेको यस समस्याको समाधान गर्न नैतिक बल मिलेको भन्दै अघोषित नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्न भूमिका खेलेकोमा धन्यवाद दिनुभयो । यस कार्यले गैरआवासीय नेपालीहरुको महत्व अझ प्रगाढ रुपमा दर्शाएको उहाँको भनाई थियो ।  गैरआवासीय नेपालीहरुको दु:खमा परेका राष्ट्रबासीहरुलाई सहयोग गर्ने चाहना र प्रयत्नले नेपालीहरु जहाँ गए पनि उनीहरुको मातृभूमि प्रतिको लगाव र आस्था यथावत रहेको पुष्टी गरेको वताउँदै यसका लागि पनि धन्यवाद दिनुभयो । गृह मन्त्री बस्नेतले नागरिकता सम्बनिध ऐन उच्च प्राथमिकतामा परेको र आवश्यक कार्यहरु गर्न आफूले निर्देशन गरिसकेको वताउनु भयो । मानव बेचबिखन सम्बन्धि बिषयमा संघसंग सहकार्य गरिने तथा दैवि प्रकोपका समयमा राहत तथा उद्धार कार्यहरुमा संघको विश्वभर फैलिएको संजाल तथा सुरक्षा निकायको नेपाल भित्रको संजाल र जनशक्तिवीच समन्वय र सहकार्य भएमा यो निकै प्रभावकारी र नतिजामुखि हुनेमा बिश्वस्त रहेको वताउनु भयो । उहाँले यस भेटघाटमा उठान गरेका बिषयहरु प्रति आफ्नो ध्यानाकर्षण भएको र यसलाई व्यबस्थित, विश्वासनिय, उत्तरदायी तथा उपभोगतामुखी वनाउन प्रयत्नरत रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।