News

  • Home
  • News
  • उच्चस्तरीय समितिको बैठक सम्पन्न

उच्चस्तरीय समितिको बैठक सम्पन्न



विश्वव्यापी प्रकोप बनेको कोरोना भइरसको सम्भावित संक्रमण र विस्तार रोक्ने नेपाल सरकारको अभियानलाई सहयोग गर्न गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति गठन गरेको छ । यस समितिको पहिलो बैठक हिजो १९ मार्चका दिन सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको संयोजकत्वमा बिहीवार बसेको उच्चस्तरीय अनुगमन समितिको बैठकमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको विश्वव्यापी प्रभाव र विदेशमा रहेका नेपाली समुदायमा पर्ने असरका वारेमा छलफल भयो ।
बैठकमा पूर्वस्वास्थ्यमन्त्री तथा सांसद र हालै गैरआवासीय नेपाली संघले कोरोना भाइरस संक्रमण विरुद्ध लड्नको लागि गठन गरेको उच्चस्तरिय समितिका सल्लाहकार गगनकुमार थापाले कोरोना भाइरसको महामारी नियन्त्रणमा विदेशमा रहेका नेपालीको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । थापाले कोरोना भाइरसको संक्रमणले मानव स्वास्थ्यमा मात्र नभएर आर्थिक तथा सामाजिक क्षेत्रमा समेत संक्रमण फैलिएको वताउँदै विश्वभर छरिएका नेपाली एकभएर यो महामारीबिरुद्ध लड्नु पर्ने बताउनु भयो । थापाले विश्वभर छरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को सञ्जालको प्रयोग गरेर विदेशमा सिकेको सिप र ज्ञानलाई समेत नेपालमा भइरहेको महामारीबिरुद्ध लड्न सदुपयोग गर्न सकिने बारे आफ्नव धारणा राख्नु भयो । उहाँले विदेशमा बस्ने नेपालीलाई परेको अप्ठ्यारो अवस्थामा नेपाल सरकारले तत्काल अल्पकालीन तथा दीर्घकालीन योजना ल्याउनु पर्नेमा समेत जोड दिनु भयो । साथै उहाँले संघका विश्वभर रहेका राष्ट्रिय समन्वय परिषद्हरुलाई आआफ्नो कोरोना भाइरसबाट कति नेपाली प्रभावित भएका छन् त्यसको तथ्यांक संकलन गर्नको लागि सुझाव दिनु भयो ।
वैठकमा उच्चस्तीरय समितिका सदस्य डा. श्रवण मिश्रले नेपालमा कोरोना भाइरसको प्रकोप कम गर्न र यस अभियान अन्तर्गत भईरहेको कार्यको बारेमा जानकारी दिनु भयो । मिश्रले नेपालमा भइरहेको कोरोना भाइरस टेष्ट (परिक्षण) विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप भएको बताउँदै सबैलाई सो परिक्षणप्रति आस्वस्थ हुन आग्रह गर्नु भएको थियो ।
संघका अध्यक्ष पन्तले कोरानो भाइरसको संक्रमणपछि संघको तर्फबाट भएका पहलहरुको जानकारी दिनु भयो । संघले पछिल्लो महामारीका कारण विदेशमा रहेका नेपालीलाई नेपाल जान लगाएको रोकले धेरै नेपालीहरुलाई समस्या परेको बताउनु भयो । उहाँले कोरोना संक्रमणले विदेशमा रहेका विद्यार्थी तथा बैदेशिक रोजगारमा रहेका नेपाली समुदायले चरम कठिनाई भोग्नुपर्ने आवस्था आउन सक्ने बताउँदै सम्वन्धित सबै पक्षलाई सहयोगको लागि अपील समेत गर्नु भयो ।
बैठकमा कोरोना भाइरसका कारणले मुलुकमा उत्पन्न हुने आर्थिक तथा समाजिक कठिनाईलाई केन्द्रीत रहेर अल्पकालीन तथा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायतका विषयमा छलफल भएको थियो । चीन बाट सुरु भएको कोरोन भाइरस विश्वका धेरै देशमा फैलिएपछि विश्व स्वास्थ्य
संगठनले अन्तर्राष्ट्रिय महामारी घोषणा गरेसँग मातृभूमिलाई सहयोग गर्न गैरआवासीय नेपाली संघले समेत आफ्नो सक्रियता देखाएको छ ।
बैठकले १ हप्ताभित्र कोरोना भाइरसबिरुद्ध रणनीति कार्यपत्र तयार गरेर नेपाल सरकार समक्ष पेश गर्ने निर्णय गरेको र सो कार्यपत्र तयार गर्न डा. सञ्जीव सापकोटा, डा. दोर्ण रसाली, डा. पुरु श्रेष्ठ, डा. हेमराज शर्मा, डा. सन्तोष सापकोटा रहेको कार्यदल गठन गरेको छ । सो कार्यदलले तयार गरेको कार्यपत्र नेपाल सरकार समक्ष पेश गरिने जानकारी दिएको छ । बैठकमा उच्चस्तरिय समितका सदस्य र सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ ।