News

  • Home
  • News
  • अन्तर्राष्ट्रिय समन्वय परिषद्का (२०२१ –२०२३) गतिविधिहरु

अन्तर्राष्ट्रिय समन्वय परिषद्का (२०२१ –२०२३) गतिविधिहरु



नवनिर्वाचित कार्यसमितिको पहिलो तथा ८४ औँ अन्तराष्ट्रिय समन्वय परिषद्को बैठक सम्पन्न

२८ मार्च २०२२

गैरआवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिको पहिलो तथा ८४ औँ अन्तराष्ट्रिय समन्वय परिषद्को बैठक भएको छ । बैठकले आगामी कार्यकालका लागि आवश्यक विभिन्न रणनीतिमा छलफल गरी सोही अनुसार अघि बढ्ने निर्णय गरेको छ । बैठकले संघको आगामी कार्यकाल सञ्चालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा २ जना महासचिव गौरीराज जोशी र डा केशव पौडेल, प्रवक्ता सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरिएको छ।

परोपकारी परियोजना अन्तर्गत काठमाडौँ स्थित पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण गर्ने निर्णय अनुरुप यस परियोजना सम्पन्न गर्नको लागि नवनिर्वाचित अध्यक्ष कुल आचार्यको १ करोड तथा बैठकमा सहभागी अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट २,५६,५०, २२२ गरी जम्मा ३,५६,५०,२२२ (तीन करोड छपन्न लाख पचास हजार दुइ सय बाइस)  को प्रतिबद्धता प्राप्त भएको छ । संघका राष्ट्रिय समिति (एनसीसीहरुमा) भएका समस्या समाधानका लागि महासचिवद्वय गौरीराज जोशी र डा केशव पौडेललाई क्षेत्रीय संयोजकहरुसँग समन्वय गरी समाधान गर्ने जिम्मा दिने निर्णय भएको छ । 

यसैगरी संघका नव निर्वाचित अध्यक्षहरुद्वारा यस कार्यकाल २०२१- ०२३ कार्यकालका पदाधिकारी तथा आइसीसी सदस्यहरुलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरियो ।

प्रधानमन्त्री देउवासँग भेटवार्ता

२९ मार्च २०२२

गैरआवासीय नेपाली संघको नवनिर्वाचित पदाधिकारीहरुको प्रतिनिधि मण्डलले सम्माननीय प्रधानमन्त्री शेरबहादर देउवासँग विशेष भेटवार्ता गरेको छ । संघका कार्यकारी अध्यक्ष कुल आचार्च सहित अर्का अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहित नवनिर्वाचत अन्य पदाधिकारीहरुले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । सो अवसरमा पदाधिकारीहरुले गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपाली परिचय पत्र, वैदेशिक रोजगार, वृद्धाश्रम परियोजना लगायत अन्य महत्वपूर्ण विषयवस्तुमाथि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री देउवाले पनि गैरआवासीय नेपालीहरुको मागप्रति सरकार सचेत रहेको र आगामी दिनमा पनि सरकारको  साथ, सहयोग र सहकार्य यथावत रहने प्रतिवद्धता जनाउनुभयो । साथ, सहयोग र सहकार्य यथावत रहने प्रतिवद्धता जनाउनुभयो

 

 

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता

२९ मार्च २०२२

 

गैरआवासीय नेपाली  संघका कार्यकारी अध्यक्ष कुल आचार्य तथा अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीको नेतृत्वमा संघका नवनिर्वाचित पदाधिकारीहरुले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेका छन् । सो अवसरामा  मुख्यतया गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपाली परिचय पत्र, वैदेशिक रोजगार, वृद्धाश्रम परियोजना लगायत महत्वपूर्ण  विषयमा संघका तर्फबाट ध्यानाकर्षण गराइएको थियो । भेटमा माओवादी अध्यक्ष दाहालले गैरआवासीय नेपाली संघले विपद तथा महामारी लगायत विषम् अवस्थामा  नेपाल र नेपालीका लागि गरेको सेवा सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सरकारले गैरआवासीय नेपालीका माग पूरा गर्दै आएका र बाँकी विषयमा पनि सरकार सकारात्मक रहेको उहाँको भनाई थियो ।

 

कानून मन्त्री दिलेन्द्र बडुसँग भेटघाट

३० मार्च २०२२

 

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य तथा अर्का अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीको नेतृत्वमा संघका नवनिर्वाचित माननीय कानून मन्त्री दिलेन्द्र बडुसँग भेटघाट गरेका छन् । सो अवसरमा मुख्यतया गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय नेपाली परिचय पत्र लगायत नेपालमा लगानीका लागि देखा परेका कानूनी अड्चन समाधान गरि सहजीकरण गरिदिन संघका तर्फबाट ध्यानाकर्षण गराइएको थियो ।गैरआवासीय नेपाली संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडूले ‌सवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरु मागहरु कानुन र नियमावली निर्माणबाट सम्बोधनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।

 

सञ्चार तथा सूचना मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीसँग भेटघाट

३० मार्च २०२२

 

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य तथा अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहित अन्य नवनिर्वाचित पदाधिकारीहरुले माननीय सञ्चार तथा सूचना मन्त्री माननीय ज्ञानेन्द्र बहादुर कार्कीसँग भेटघाट गरेका छन् । भेटमा संघका तर्फबाट ५ बुँदे ध्यानाकर्षण पत्र समेत बुझाइएको थियो । जसमा गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय परिचय पत्र लगायत वैदेशिक रोजगार, सामाजिक कल्याणकारी कोष  लगायतमा सरकारको ध्यानाकर्षण गराइएको थियो । भेटमा सञ्चारमन्त्री कार्कीले सरकार गैरआवासीय नेपालीका माग पूरा गर्न सकारात्मक रहेको बताउनुभयो ।

 

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेट

३० मार्च २०२२

 

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य तथा अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहित अन्य नवनिर्वाचित पदाधिकारीहरुले माननीय शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग भेट गरि ५ बुँदे मागपत्र  बुझाएका छन् । मन्त्री झाँक्रीसँग पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त वृद्धाश्रम बनाउन जग्गा उपलब्ध गराई दिन आग्रह गर्दै विकासका लागि गैरआवासीय नेपालीसँग सहकार्य गर्न संघका तर्फबाट आग्रह गरिएको थियो । सो अवसरमा मन्त्री झाँक्रीले संघसँग सहकार्यका लागि सरकार तयार रहेको र यसअघि साझेदारीमा भइरहेका र अब हुने सबैखाले विकास निर्माणका कार्यमा सकेसम्म सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट

३० मार्च २०२२

 

गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको छ । एनआरएनए अध्यक्ष कुल आचार्य, रविना थापा र डा बद्री केसीसहितको नवनिर्वाचित कार्यसमितिको टोलीले भक्तपूरको बालकोटस्थित ओली निवास पुगेर भेटघाट गरेका हुन् । ज्ञापनपत्र बुझ्दै पूर्व प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा कोरोना महामारीका  समयमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।  गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक आफू नेतृत्वको सरकार देखि नै संसदीय प्रक्रियामा रहेको बताउँदै केही समय ढिला भए पनि यथाशिघ्र दलीय सहमतिमा टुंगो लगाइने आश्वासन दिनुभयो ।

      

माननीय पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता झलनाथ खनाल संग भेटघाट

३० मार्च २०२२

गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल लगायत समाजवादी पार्टीका नेतासँग भेटघाट गरेका छन् । उक्त भेटघाट कार्यक्रममा खनालसहित नेकपा एकीकृत समाजवादीका नेताहरुले  संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान, बधाई तथा शुभकामना दिएका थिए ।पूर्व प्रधानमन्त्री खनालसँग पनि संघको टोलीले नागरिकता, वैदेशिक रोजगारीका समस्या र एनआरएन फण्डलगायतका विषयमा ध्यानर्कषण गराएको थियो । गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा र नेपाल बाहिर गरेका गतिविधिको  प्रशंसा गर्दै खनालले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेकोले  यथाशिघ्र यसलाई टुंगो लगाइने आश्वासन दिनुभयो । 

 

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्दिमान तामाङसँग भेटघाट

३० मार्च २०२२

 

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यसहित अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहितका नवनिर्वाचित पदाधिकारीहरुले नेतृत्वमा संघका नवनिर्वाचित पदाधिकारीहरुको राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्दिमान तामाङसँग भेटघाट गरेका छन् । भेटमा संघका तर्फबाट ५ बुँदे मागपत्र बुझाइएको थियो । सो क्रममा गैरआवासीय नेपालीका माग सम्बोधन गर्न आवश्यक पहल चाल्न आफ्नो पार्टी सकारात्मक रहेको प्रतिक्रिया उपाध्यक्ष तामाङले दिनुभयो ।

गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता

३० मार्च २०२२

 

 

गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुहरुले गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् । संघको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूसँग गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री बालकृष्ण खाँणले नेपालको संविधान २०७२ राजनीतिक दलबीचको सहमतिबाट संशोधन र परिमार्जन गर्न सकिने भन्दै, संविधान संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकता लगायतका सहुलियत दिन सरकार सकारात्मक रहेको बताउनुभयो ।नेपालको राज्य प्रणालीले गैरआवासीय नेपालीलाई विदेशी मान्न तयार नरहेको भन्दै राज्य गैरआवासीय नेपाली कहिले नेपाल फर्किन्छन् भन्ने प्रतिक्षामा रहेको बताउनुभयो । गैरआवासीय नेपालीलाई नेपालसँग जोडिरहन संविधानमा गैरआवासीय नेपालीबारे विभिन्न व्यवस्था गरिएको उहाँको भनाइ थियो । त्यस्तै गैरआवासीय नेपालीहरूलाई नेपाल आउन र नेपालबाट बाहिर जान सहज बनाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेस्क’ स्थापनाको तयारी सरकारले गरिरहेको बताउनुभयो । भेटमा गृहमन्त्री खाणलाई एनआरएनएका तर्फबाट ५ बुँदे मागपत्र बुझाइएको थियो । मागमा गैरआवासीय नागरिकलाई गैरआवासीय नागरिकता दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने र फर्किनेलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सहज वातावरण निर्माण गरिनु पर्ने, जन्मस्थान नेपाल लेखेका राहदानी बाहकलाई नेपाल प्रवेशाज्ञामा सहज बनाइदिनुपर्ने लगायत उल्लेख छ ।

 

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाश शरण महतसँग भेट

३१ मार्च २०२२

 

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्षत्रय कुल आचार्य, रबिना थापा र बद्री केसीको को नेतृत्वमा नवनिर्वाचित पदाधिकारीको टोलीले नेपाली काँग्रेस पार्टीका प्रवक्ता डा प्रकाशशरण महतलाई भेटेको छ । जसमा गैरआवासीय नेपाली नागरिकता, गैरआवासीय परिचय पत्र लगायत वैदेशिक रोजगार, सामाजिक कल्याणकारी कोष लगायतमा सरकारको ध्यानाकर्षण गराइएको थियो । सो क्रममा प्रवक्ता महतले गैरआवासीय नेपालीका माग सम्बोधन गर्न आवश्यक पहल चाल्न आफ्नो पार्टी सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

 

 

 

 

 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट

३१ मार्च २०२२

गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरि ५ बुँदे ज्ञापनपत्र बुझाएका छन् । सो अवसरमा नेता पौडेलले गैरआवासीय नेपालीका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको र आफ्नो पार्टीले पनि सकारात्मक पहल गर्ने आश्वासन दिनुभयो ।

 

 

गैरआवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरुद्वारा सम्माननीय प्रधानमन्त्री लगायत विभन्न राजनैतिक दलहरुका अध्यक्ष र नेपाल सरकारका मन्त्रीहरुसँगको भेटघाटमा बुझाएको ५ बुँदे ज्ञापनपत्रमा समेटिएका विषयहरु

 

  • नेपालको संविधान २०७२ मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर संसदबाट छिट्टै पारित गरिदिने सम्बन्धमा ।
  • वैदेशिक रोजगार सुरक्षा कार्यक्रम संचालनमा ल्याउनका लागि पहल गरिदिने सम्बन्धमा ।
  • पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त एक श्रद्धाश्रम ९वृद्धाश्रम० बनाउन जग्गा उपलब्ध गराई दिने सम्बन्धमा
  • कम्तीमा १० अर्बको एनआरएन नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका बाधा व्यवधान हटाउने सम्बन्धमा ।
  • वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति अमेरिकन डलर २ पैसा संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नको लागि सहजीकरण गरिदने सम्बन्धमा ।
  • गैरआवासीय नेपाली सम्बन्धि ऐनको धारा ४ मा उल्लेख भए बमोजिम गैरआवासीय नेपाली परिचयपत्र बाहकले प्राप्त गर्ने १० वर्ष अवधि भएको भिसालाई पहिलेको जस्तै व्यवस्था गरिदिने सम्बन्धमा ।
  • वैदेशिक रोजगारीमा जाने र फर्किने श्रमिकहरुलाई अध्यागमनमा सहज वातावरण बनाइदिने सम्बन्धमा ।
  • राहदानीमा जन्मस्थान नेपाल लेखिएका विदेशी राहदानी वाहकहरुलाई पर्यटकको रुपमा नेपाल भ्रमण गर्नु पर्दा निकै असहज महशुस हुने गरेकोले ‘जन्मस्थान नेपाल’ लेखिएका सबै राहदानी बाहकहरुलाई प्रवेशाज्ञार भिसा मा सहजीकरण गरिदिने सम्बन्धमा ।
  • खाडी मुलुक, मलेसिया, कोरिया लगायतका मुलुकहरुबाट नेपाली श्रमिकहरुले निकै मिहेनत गरेर बचाएको कमाईबाट स्वदेश ल्याउन लागेको सामाग्रीहरुमा अत्याधिक भन्सार महशुल लगाई दुख दिने गरेको पाईएकोले त्यस्तो कार्य बन्द गरी नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आएका नेपाली श्रमिकहरुलाई सम्मानपूर्ण व्यवहार गर्ने सम्बन्धमा ।
  • यस लगायत गैरआवासीय नेपालीहरुका सरोकारका विषयमा छलफल भएको थियो । भेटघाटका क्रममा गैरआवासीय नेपालीहरुले राखेका विषयहरु प्रति सकारात्मक रहेको र राखिएका मागहरुलाई पहल गरिदिने आश्वासन दिनु भएको थियो ।
  • पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासँग भेटघाट

३१ मार्च २०२२

 

गैरआवासीय नेपाली संघको नवनिर्वाचित पदाधिकारीहरुले कार्यकारी अध्यक्ष कुल आचार्यको नेतृत्वमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापासँग भेटघाट गरी वृद्धाश्रम निर्माणका लागि जग्गा अधिग्रहणबारे छलफल गरेको छ । सो क्रममा थापाले कानूनी सबै मापदण्ड एवं प्रक्रिया मिलाएर सरकारको अनुमतिका साथ कार्य थाल्न सकिने र त्यसमा कोषको सहकार्य रहने बताउनुभयो ।

 

पर्यटन मन्त्री संग भेटघाट

  • ३ अप्रिल २०२२ का दिन गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यसहित अध्यक्षद्वय रबिना थापा र डा बद्री केसीसहितका नवनिर्वाचित पदाधिकारीहरुले नेतृत्वमा संघका नवनिर्वाचित पदाधिकारीहरुको माननीय पर्यटन मन्त्री प्रेम आ तामाङसँग भेटघाट गरेका छन् । भेटमा संघका तर्फबाट ५ बुँदे मागपत्र बुझाइएको थियो ।
  • नेपालको संविधान २०७२ मा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकतालाई छुट्टै विधेयक बनाएर संसदबाट छिट्टै पारित गरिदिने सम्बन्धमा ।
  • वैदेशिक रोजगार सुरक्षा कार्यक्रम संचालनमा ल्याउनका लागि पहल गरिदिने सम्बन्धमा ।
  • पशुपति क्षेत्रमा एक सय कोठाको आधुनिक सुविधायुक्त एक बृद्धाश्रम बनाउन जग्गा उपलब्ध गराई दिने सम्बन्धमा
  • कम्तीमा १० अर्बको एनआरएन नेपाल विकास कोषको कार्यान्वयनमा देखिएका बाधा व्यवधान हटाउने सम्बन्धमा ।
  • वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रति अमेरिकन डलर २ पैसा संघको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नको लागि सहजीकरण गरिदने सम्बन्धमा ।

गैरआवासीय नेपाली संघले उठाएका मागहरु प्रति माननीय मन्त्रीज्यू साकारात्मक रहेको र उहाँले सुविधा सम्पन्न  बृद्धाश्रमको लागि पशुपति क्षेत्रमा जग्गा उपलब्ध गर्नको लागि पहल गरिदिने बारे जानकारी गराउनु भयो । साथै उहाँले संघका अध्यक्ष डा बद्री केसीले सबै एनसिसिका अध्यक्षहरुलाई सम्बन्धित मुलुकको पर्यटन दूतमा नियुक्त गर्न दिनु भएको सुझावलाई उहाँले हाललाई केही मुलुकहरुमा यसको पहल गरिने जानकारी दिनु भयो

 

परराष्ट्र मन्त्रालयका सहसचिव तथा एनआरएन डेस्का प्रमुख भरत रेग्मी संग भेट

 

३ अप्रिल २०२२

संघका अध्यक्षहरुको नेतृत्वमा गएका एक प्रतिनिधि मण्डले परराष्ट्र मन्त्रालयका सहसचिव तथा एनआरएन डेस्का प्रमुख भरत रेग्मी संग भेट गर्यो । सो अवसरमा कार्यकारी अध्यक्ष कूल आचार्यले मन्त्रालयबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दै मन्त्रालय र संघ बीच भएका असमझदारी समाप्त भएको वताउनु भयो । अध्यक्ष रविना थापाले संघसंग आवद्धभएको विध्ययार्थीहरुको व्यवस्थापन गर्न पर्ने बताउनु भयो । अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नियमावलीको धारा १६ मा उल्लेख भए अनुसार संघको अनुगमन गर्ने अधिकार मन्त्रालयलाई दिएकोमा यसको कार्यविधि बनाई अनुगमन गर्न पर्ने बिचार व्यक्त गर्नु भयो । सो अवसरमा निवर्तमान अध्यक्ष कुमार पन्तले मन्त्रालय संग केहि विमत्ति रहेता पनि यसलाई समाधान गरी संघ अगाडी बढ्न तयार रहेको अवगत गराउनु भयो ।

सहसचिव भरत रेग्मी संघले १०औं महाधिवेशन र विश्व सम्मेलन सफलतापूर्वक सम्मपन्न गरेकोमा वधाई दिंदै नवनिर्वाचित समितिलाई सफलताको कामना दिनु भयो । उहाँले संघले राष्ट्रलाई पुर्याउदै आएको योगदानको कदर गर्दै आगामी दिनहरुमा यसलाई अझ प्रभावकारी र परिमाणमूखी वनाउन अनूरोध गर्नु भयो । उहाँले संघ र मन्त्रालय बिचको सम्बन्धलाई अझ मजवूत वनाई संघसंग सम्बन्धित सम्पूर्ण कार्यहरु मन्त्रालयले नै गर्ने वातावरण वनाउन पर्ने सुझाव दिनु भयो ।

सो भेटको अवसरमा संघका उपाध्यक्ष द्वय डा. हेम राज शर्मा र गोविन्द श्रेष्ठको सहभागिता रहेको थियो ।

विविध :

२८ मार्च २०२२ का दिन नवनियुक्त अध्यक्षज्यूहरु लगायत पदाधिकारीहरुको पशुपतिमा पूजाआजा कार्यक्रम सम्पन्न भयो ।