News

  • Home
  • News
  • अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकः

अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकः



गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैंठक संघको सचिवालयमा संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा हिजो कात्तिक १ गते सम्पन्न भयो । बैठकको सुरुवात अध्यक्ष भट्टले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरेर भएको थियो । उहाँले बैठको सुरुवात गर्दै आगामी कार्यकालमा गरिने कार्यहरु बारे विस्तृतमा जानकारी गराउनु भयो । यस बैठकको संचालन महासचिव डा बद्रि केसीले गर्नु भएको थियो । यस बैठकमा संघका पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

बैठकका केही मुख्य निर्णयहरु

            १.नयाँ अभियानको सुरुवात सबै हात एकै साथ भन्ने भावका साथ २०१७ १९ कार्यकाल अघि बढाउने ।

२.नेपाललाई उज्यालो बनाउने अभियान अन्तर्गत एक करोड एइडि बल्ब जडान गरी २०० मेघावाट भन्दा बढी विजुलीको खपत कम गराउने ।

            ३.अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलनको आयोजना गर्ने ।

            ४.जिर्णोध्धारको पर्खाइमा रहेको सिन्धुली गढीको संरक्षण गरी पर्यटन प्रवर्धनमा सहयोग गर्ने ।

५ .संघले संचालन गरेका मेघा परियोजना अन्तर्गतका लाप्राक नमूना वस्ती परियोजना र संघको भवन निर्माण कार्यलाई छिटो भन्दा छिटो सम्पन्न गर्ने ।     

६.संघको ८ औं विश्वसम्मेलनबाट पारित घोषणापत्रको कार्यान्वयन अगाडि बढाउने ।